Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

हाम्राे नेतृत्वमा बन्दैछ राष्ट्रिय सहमतिको सरकार : रावल

\"Bhim_Rawal\"१ असार, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान जारी भएपछि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बाेल्दै रावलले उनले राष्ट्रिय सहमतिको सरकारमा एमालेले प्रधानमन्त्री पद सम्हाल्ने मौखिक सहमति भइसकेको समेत दावी गरे ।
एमाओवादीका सचिव वर्षमान पुनले भने सरकार आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आफूहरु पदको बाँडफाँडमा नलागेको प्रष्ट्याए । द्रुतमार्गबाट संविधान निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख चार दलबीच गत जेठ २५ गते संविधान निर्माणका विषयमा भएको सोह्रबुँदे सहमतिअनुसार असार दोस्रो साताभित्र संविधान जारी हुनेमा आफू विश्वस्त रहेको रावलले बताए । सोह्रबुँदे सहमतिप्रति असहमत दललाई पनि सहमतिमा ल्याउनु चुनौतीपूर्ण रहेको भन्दै उनले संविधानका निम्ति सबैले प्रयास गर्नैपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो पार्टीले संविधान जारी भएपछि राष्ट्रपति पद पाउने भए त्यसमा दलित वा जनजाति समुदायबाट उम्मेदवार बनाउने बताए ।

“आजको आवश्यकता भनेको राष्ट्रिय सहमति हो,” उनले भने– “अहिले यो दल वा त्यो दल भन्नुभन्दा पनि भूकम्पपीडित दलका रुपमा मुलुकको पुनर्निर्माण र राष्ट्रिय सरकार बनाउनु मुख्य काम हो ।” उनले सोह्रबुँदे सहमति ठूलो उपलब्धि भएको बताउँदै सहमति वा विमति लोकतन्त्रमा भइरहने भन्दै त्यसैकाे बीचबाट सहमति हुनु ऐतिहासिक भएकाे बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending