नेपालीहरू दैनिकरूपमा कम सकारात्मक अनुभव गर्नेहरू मध्येमा पर्ने एउटा अध्ययनले देखाएको छ। संसारका १४० देशका १,५०,००० भन्दा बढी मानिसहरूमा गरिएको अध्ययनमा नेपाल कम सकारात्मक अनुभव गर्ने राष्ट्रहरूको सूचीमा छैठौं स्थानमा छ।
वार्षिक \'ग्यालप ग्लोबल इमोशन्स रिपोर्ट\' ले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरूबारे सोध्ने गर्छ।
ग्यालपका अनुसार अफगानिस्तान, बेलारूस, यमन, टर्की र लिथुएनिया सबैभन्दा कम सकारात्मक अनुभव गरिने देशहरू हुन्। दक्षिण एशियाको बांग्लादेश पनि सो सूचीमा आठौं स्थानमा रहेको छ।
कम सकारात्मक अनुभव हुने देशहरूमा राजनीतिक वा आर्थिक वा अन्य कुनै प्रकारको उथलपुथल भइरहेको अध्ययनमा बताइएको छ।
एक हजार जनामा अध्ययन
अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन्।सहभागीहरूलाई \'के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो\' र \'के तपाईँलाई सम्मानजनक व्यवहार गरियो\' भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन्।
ग्यालपले नेपालमा गत वर्ष जून २२ देखि जुलाई २३ सम्म १,००० जना मानिसहरूसँग प्रत्यक्ष भेटेर नेपाली भाषामा सोधिएको प्रश्नको जवाफको आधारमा सो नतिजा निकालेको हो।
विश्व खुशी कम, तनाव धेरै
विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको सो अध्ययनले देखाएको छ।उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन्। प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो।
सकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू
नकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू
ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन्। ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो।
अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन्। चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन्।
चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ।
५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ। बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: