Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

सफल हुनु छ भने चाणक्यका यी सुत्रलाई सधैं ख्याल गर्नुहोस्

चाणक्यको नाम सम्झने वित्तिकै एउटा टुप्पी भएको उज्यालो अनि कठोर अनुहारको मान्छेको चित्र दिमागमा बन्दछ । उनै चाणक्य कुनै एक समयका महान बुद्धिमान व्यक्ति थिए । उनी कुटनीति अनि राजनीतिको ठुलो ज्ञाता हुनुको साथै उनमा जीवन दर्शनसँग सम्बन्धित राम्रो ज्ञान थियो । उनले आफ्नो जीवनबाट प्राप्त अनुभवको संकलन गरि जुन कुरा लेखेका थिए त्यसैलाई मानिसहरु चाणक्य नीति भन्छन् । चाणक्य नीतिको धेरै कुरा आदर्शबाट प्रभावित भएर लेखिएको होइन्, यो त जीवनको वास्तविक चित्र हो । यहाँ तपाईंले चाणक्य नीतिको यस्तो कुरा जानकारी पाउनुहुन्छ जसले जीवनको बाटो नै बदल्न सक्छ :

१. जो समय बितिसकेको छ, त्यसलाई सम्झेर पछुताउनु व्यर्थ हो । यदि तपाईबाट कुनै त्रुटी भएको छ भने त्यसैबाट शिक्षा लिएर वर्तमानलाई राम्रो बनाउन प्रयास गर्नुपर्छ, ता कि भविष्यलाई उज्जल बनाउन सकियो ।

२. जुन धन धेरै दुःख कष्ट पछाडि मिल्छ, जसको लागि आफ्नो धर्म नै त्याग्नुपर्छ, जसको लागि शत्रुलाई खुसी पार्दै उसैको अधिनमा पर्नुपर्छ, त्यस्तो धनको कहिल्यै पनि मोह गर्नु हुँदैन । त्यो धनले व्यक्तिलाई हानी नै गर्छ ।

३. कुनै कार्यको सुर गर्नुपूर्व यी तिनकुरालाई सधैं ध्यानमा राख्नु – यो काम किन गर्न चाहन्छु ? यसको परिणाम के होला ? के यसले मलाई सफलता दिलाउँछ ?

४. कसैको अधिनमा हुन जति कष्टदायक हुन्छ त्योभन्दा बढि कष्ट गलत व्यक्तिको घरमा रहँदा हुन्छ । तैभएर दोब्बरै फाइदा देखाए पनि गलत व्यक्तिको घरमा नरहनु ।

५. जो मीत्र तपाईंको अगाडि मिठो–मिठो कुरा गर्छ अनि पछाडि काम बिगार्छ । उससँगको सम्बन्ध तोड्न आवश्यक हुन्छ । त्यो मित्र त्यो भाँडा जस्तो हो जसको मुनि खतरानाक विष अनि माथि दुध छ ।

६. जसरी कुनै पशुको बच्चा हजारौं भीडबाट पनि आफ्नो आमालाई खोज्दै जान्छ । त्यसैगरि मानिसले गरेका गलत कर्मको पनि परिणाम पनि उसलाई खोज्दै आउँछ । त्यै भएर गल कर्म गर्नु अगाडि धेरै पटक सोंच्नु पर्दछ ।

(अजबगज्जबबाट अनुवाद गरिएको)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy