काठमाडौं । कार्यकाल सकिन एक वर्ष मात्र बाँकी हुँदा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूले शपथ लिएका छन् । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको समितिमा ५४ सदस्य छन् । बिहीबार ४९ सदस्यले शपथ लिएका हुन् । १२औँ महाधिवेशनपछि पार्टीका विभाग र भ्रातृ संस्थाहरू प्रभावकारी नभएको भनेर पार्टीभित्रै आलोचना हुँदै आएको थियो । तत्कालीन उपसभापति रामचन्द्र पौडेल नेतृत्वको प्रतिष्ठान भने सबैभन्दा बढी सक्रिय थियो । सभापति देउवा निर्वाचित भएपछि उपसभापति चयन हुनै दुई वर्षभन्दा बढी लाग्यो । उपसभापति पदेन प्रमुख हुने यो प्रतिष्ठानले बल्ल पूर्णता पाएको छ । प्रतिष्ठानले पार्टीका नीति, आदर्श, सिद्धान्तबारे देशव्यापी प्रशिक्षण लैजाने तयारी गरेको छ ।
सातवटै प्रदेशमा प्रशिक्षण
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शपथपछि बसेको बैठकले सातवटै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । ‘हामी अब जागरण अभियान कार्यक्रमसँग समन्वय गरेर सातवटै प्रदेशमा प्रशिक्षण चलाउँछौँ,’ दाहालले भने, ‘प्रदेशका सांसदसँग नीति, प्रशिक्षणबारे छलफल गर्ने, सांसदको भूमिकासहितका विषयमा सातवटै प्रदेशमा प्रशिक्षण चलाउँछौँ ।’ कांग्रेसले जितेका प्रमुख र उपप्रमुखलाई, शुभेच्छुक र भ्रातृ संस्थालाई एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई पनि प्रशिक्षण दिने कार्यक्रम रहेको दाहालले बताए ।
दाहालका अनुसार जनतासँग कांग्रेसलाई जोड्ने र कांग्रेसलाई मजबुत बनाउने विषयमा प्रशिक्षण दिन पाठ्यक्रमको तयारी भइरहेको छ । ‘कांग्रेसको सिद्धान्त आदर्शभन्दा बाहिर प्रतिष्ठानको कार्यक्रम लक्षित हुँदैन । नेताकेन्द्रित होइन नीति, सिद्धान्त र कार्यक्रमकेन्द्रित हुन्छ । हामीले आचरण र व्यवहारलाई ज्यादा महत्व दिएका छौँ,’ दाहालले भने, ‘प्रभावकारी नीति र कार्यक्रमलाई हामीले सुरु गरेपछि अर्कोले अघि बढाउँदा हुन्छ । राम्रा कार्यक्रम जोसुकै नेताले पनि गर्ने ठाउँ हुँदा ढिलाइ भएको मान्नुहुँदैन ।’ प्रतिष्ठानले मतदाता र जनतामा पार्टीको बुझाइबारे अनुसन्धान गर्न लागेको पनि दाहालले बताए ।
चुनाव जित्ने नीति बनाउनुस् : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जित्ने गरी प्रभावकारी नीति बनाएर प्रशिक्षण चलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका सदस्यहरूको शपथग्रहणमा सभापति देउवाले पार्टीले बनाउने नीतिकै आधारमा चुनावमा जितिने भन्दै प्रभावकारी नीतिसहित प्रशिक्षण अघि बढाउन प्रतिष्ठानलाई निर्देशन दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: