Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

महिला–पुरुष ‘मितेरी’ सम्बन्ध', १० वर्षपछि टिकाटालो

काठमाडौं । करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिकरुपमा जोडिएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाएको छ ।

थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन संवाद गरिरहने क्रममा नजिक बनेका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए । उनीहरुले भने, “सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।”

रेडियो कार्यक्रममा हुने फोन संवादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरुले दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्छन्, “हामी १० वर्षदेखि एउटा परिवारजस्तै भएका छौँ, विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।”

नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भएपछि आफूहरु पारिवारिकरूपमा पनि नजिकिँदै गएको बताउँदै उनीहरु भन्छन्, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।”

गिरी भन्छन्, “रेडियोमा नाम सुने, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उनलाई मितिनीको नाता लगाएँ, केहीले शङ्का गरे, मैले त्यो शङ्कालाई प्रष्ट्याए, हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

“हाम्रा सोचहरु अझै नकारात्मक विचारहरुले भरिएका छन्, हामी अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्छौँ, हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ”, चौधरी भन्छन्, “हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ, मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।”

चौधरी भन्छन्, “सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौँ, मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन, महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो, सामाजिक विभेदको अन्त्य आफँैबाट शुरु गर्नुपर्छ ।”

सबैले समान लिङ्गबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे पाण्डे भन्छन्, “मलाई अनौठो लागिरहेको छ, महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।” रेडियो कार्यक्रमबाट नजिक बन्नुभएका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

“मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिएँ, मलाई आफँै पनि अनौठो लागिरहेको छ”, पण्डित इन्द्रप्रसाद उपाध्यायले भने, “मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु, उहाँहरुको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ, म उनीहरुलाई शुभकामना दिन्छु ।”

यसरी भयो चिनजान

आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ वर्षीय श्याम आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी छन् । साथीभाइसँग सहजै निकटता बनाउन सक्ने उहाँको खुबी हो । उहाँ नयाँ साथीसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा उनले फोन गरेर अन्तरक्रिया गरिरहेका छन् ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उहाँको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले मितिनीको नाता गासे ।

बाँके बैजापुरकी श्यामकुमारीको रेडियोमोह पनि उस्तै छ । उहाँ पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहन्छन् । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी ३० वर्षीया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् । पढाइमा स्नातक गर्नुभएका उहाँले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेका छन् । स्नातकसम्मको पढाइ पूरा गरेर श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिन्छन् । सामाजिक विभेदविरुद्धका अभियानमा उहाँको सहभागिता छुट्दैन् । उनी दुवै जनाको उमेर अन्तर करीब १९ वर्ष छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy