काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सरकारको नीति तथा कार्यक्रमले लिन खोजेको बाटो प्रष्ट नभएको बताएका छन् । सोमबार संसदमा बोल्दै गिरीले सरकारको कदम अलमलिएको टिप्पणी गरे ।
गिरीले भने ‘कदम कतातिर चालिँदैछ ? पूर्व कि पश्चिम ? समाजवादो उन्मुख कि दलालवादो उन्मुख ?’ हजार कोषको यात्रा पनि एक कदमबाट चाल्नु पर्छ भन्दै गिरीले यात्रा कतातिरको हो प्रष्ट हुनुपर्ने बताए ।
उनले आलोचनाको विरुद्धमा फेरि आलोचना गर्ने भन्दा पनि जनताको भावना बुझ्न सरकारलाई सुझाएका छन् । ‘मेरो सरकार’ शब्दप्रति उठेको आलोचनालाई संकेत गर्दै गिरीले शब्दले निर्माण गरेको मनोविज्ञानलाई बुझ्न सुझाएका हुन् । ‘नयाँ परिस्थितिमा मुलुकले कस्तो राष्ट्रपति खोजेको छ ? कस्तो प्रधानमन्त्री खोजेको छ ? कतै सादगी, सरल, समाजवादसँग कुनै सम्बन्ध खाजेको हो कि ?’ गिरीको प्रश्न छ ।
अगाडि गाडी, पछाडि गाडी, माथि हेलिकप्टर तल पानीजहाज । भूँइमा टेक्दै नटेक्ने मन्त्री प्रधानमन्त्रीहरुको व्यवहार राजा र महाराजालाई पनि लज्जित गर्ने खालको भएको उनको टिप्पणी छ । ‘एकपटक–एकदिनको लागि पनि गृहमन्त्री हुनै हुन नहुने । गृहमन्त्री भयो कि कालो सिसा भएको जीप, अगाडि गाडी पछाडि गाडी माथि हेलिकप्टर, तल पानी जहाज । चढ्नै पर्ने ?’ गिरीले प्रश्न गरे ।
‘प्रधानमन्त्रीलाई त के भन्ने ? अगाडी साइरन, पछाडि साइरन माथिको निगरानी बाँकी छ क्यारे । यो देखेर पीडित भएर मान्छेले विलकुलै संसदीय शब्द प्रति पनि आपत्ति गरेका हुन है प्रधानमन्त्री ज्यू महोदय ।’ जसलाई सरकारकै पार्टीका विवेकशिल सदस्यहरुले पनि बारम्बार विरोध जनाएको गिरीले बताए ।
उनले ‘मेरो सरकार’ भन्ने शब्दप्रति परेको संशोधनलाई भोट नगराई मान्न पनि सरकारलाई सुझाएका छन् । ‘राष्ट्राध्यक्षले बेलायत, भारतलगायत अन्य मुलुकमा भएको गणतन्त्रको परम्परा अनुसार पनि मेरो सरकार भन्न सक्नुहुन्छ । तर नेपालको नयाँ परिस्थितिमा सबैले गणतन्त्र गणतन्त्र भनेका छन् ।‘ गिरीले भने ।
गिरीले प्रधानमन्त्री हेर्दा नजानेजस्तो नबुझेको जस्तो भएपनि सबै शास्त्रको ज्ञान भएको मान्छे भएको कारण भाषा र शब्दको अर्थ बुझने समेत बताए । वर्षौं वर्ष जेल बसेको मान्छेले शब्दले उठाएको भावनालाई गम्भिरतापूर्वक लिन आग्रह गरेका छन् ।
उनले सरकारलाई बुझेर योजना ल्याउन समेत सुझाए । ‘जुन योजनाले विदेशमा डुलेका युवालाई नेपाल फर्काउन सकिन्छ । त्यसलाई समाजवाद उन्मुख प्रगतिवाद उन्मुख भन्न सकिन्छ ।’ राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो चाहनालाई जनताको चाहना भनेर कार्यक्रम नल्याउन समेत गिरीको सुझाव छ । गिरीले पानीजहाज ल्याउन भन्दा अगाडि हवाईजहाज व्यवस्थित गर्दै, रेल चलाउने योजना ल्याउन सुझाए । उनले सरकारलाई मनोगत पाराले नभई वस्तुगत पाराले अवस्थालाई हेर्न आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: