Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कामचलाउ र कर्मकाण्डी कार्यक्रम

\"\"सरकारले आफ्नो पहिलो वर्षलाई विकास र समृद्धि तर्फको जग तयार पार्ने वर्ष भनेको थियो । त्यसमा आम जनताको अपेक्षा पनि थियो । सरकारलाई विश्वास गरेर जनमत पनि दिएका थिए । तर, ऐतिहासिक बलियो सरकारले विकास समृद्धिको लागि नयाँ छलाङ्ग मार्ने कार्यक्रम ल्याएन । कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रमा चलनचल्तीको बजेट, कार्यक्रम र कार्यशैली देखियो । यसले तात्तिक कुनै फरक आउनेवाला देखिएको छैन् । प्रधानमन्त्री केपि शर्मा ओलीले विकास र समृद्धि हाम्रो सोंच भनेर जसरी भन्नुहुन्छ त्यसको कार्यान्वयनमा जान धेरै संरचनाहरुमा परिर्वतन ल्याउनु पर्दछ । नीतिगत, संस्थागत र कार्यशैलीमा संरचनागत परिवर्तनको आवश्यकता हुन्छ । यसले चलन चल्तीको भन्दा फरक कानूनको, छुट्टै कर्मचारी प्रशासनको माग गर्दछ । तर यो नीति तथा कार्यक्रममा त्यसको ढाँचा आएन । अर्कोतर्फ, सरकारले संघीयता कार्यान्वयनमा जाँदै गर्दा ठुलो अवसर पनि पाएको थियो । तर सरकारले संघीयता कार्यान्वयनलाई अवसर होइन बोझको रुपमा कामचलाउ गरायो । कर्मचारी समायोजन र बजेट छर्नेमै गएको हो कि भन्ने जोखिम देखिएको छ । सरकारले साँचो सुशासन, सार्वजनिक सेवालगायतमा विषयमा अहिलेको नीति तथा कार्यक्रममा खास समेट्न सकेको देखिएन् । साँच्चिकै भन्दा यो चलनचल्ती र एकदमै कर्मकाण्डी खालको मात्रै देखिएको छ । यसमा कुनै नयाँ विकासका योजनाहरु कार्यान्वयन गर्न नयाँ शैली, नयाँ कानूनी व्यवस्था, नयाँ संरचना भन्ने कहिँ पनि देँखिदैन् । सरकारको सोंच नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको पनि पाइएन । यसरी हेर्दा सरकार कता–कता थाकेको हो कि जस्तो देखिन्छ । नीतिगत प्रस्थान विन्दु पहिल्याउने, छुट्टै मौलिक विकासको मोडेल तयार पार्ने काम हुनुपर्ने हो । केहि समय अगाडि १५ औं पञ्चवर्षीय योजनाको आधार पत्र आयो त्यो त पहिलाकै भन्दा पनि कर्मकाण्डी छ । त्यसैले अहिलेको सरकारको नीति र कार्यक्रममा पनि कता–कता थाकेको जस्तो देखिन्छ । जनताले जुन आकांक्षा गरेका थिए, सरकारले जुन दाबी गरेको थियो त्यसमा कता–कता हतोत्साहित भएर थाकेको जस्तो देखियो । पहिलाकै शैली, पहिलाकै विषयवस्तु तिनैलाई निरन्तरता मात्रै छ । त्यसले नयाँ परिवर्तन त आउँदैन । १५÷२० वर्षदेखिको हाम्रो विकासको सन्दर्भलाई हेर्नुभयो भने त त्यो त खस्किदैं खस्किदैं आएर भएको बजेट पनि खर्च गर्न नसक्ने अवस्थामा पुगेका छौं । सरकारले जुन सोंच बनाएको छ त्यसलाई परिणाममुखी बनाउन गर्नुपर्ने कुरा के–के हुन भन्नेमा प्रष्टता भएको भए नीति र कार्यक्रम पनि लयबद्ध हुन्थ्यो । तर ल्याइएको नीति तथा कार्यक्रम आशा लाग्दो देखिएन । (पुर्वाधार विद् आचार्य साझा विवेकशिल पार्टीका प्रवक्ता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending