Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

तयारी विनाकोे अपरिपक्क कार्यक्रम

\"\"पम्परागत रुपमा संसदमा अनौपचारिक शैलीमा भएपनि छलफल गरेर सुझाव माग्ने गरिन्थ्यो । तर सरकारले अहिले नीति तथा कार्यक्रम सिधै ल्याएको छ । यसको अर्थ यसपटक सरकार पूर्ण विस्वस्त छ । उसले कसैसँग सल्लाह सुझाव लिएको छैन् । थपघट गर्नुपरे प्रक्रियाबाट आउन आह्वान गरेको छ । यसले सरकारको आत्मविश्वास बढि छ भन्ने संकेत गर्छ । यसमा आएको कार्यक्रमकै कुरा गर्दा, कतिपय विगत कै छन् । कतिपय यही चालु आ.व.को योजनाहरुलाई पनि नजरअन्दाज गरिएको पाइयो । एक दशकदेखि बन्दै आएको हुम्ला र डोल्पामा सडक जोडिने छ भनिएको छ । यो पनि पहिलादेखि भन्दै आएको कुरा हो । मुलुक साक्षरतामय हुनेछ भनिएको छ । यो सारक्षता भन्ने कुरा कहिल्यै पनि सकिने देखिएन । यी यस्ता उदाहरणले नीति तथा कार्यक्रम कति दुरदर्शी भन्ने चाहीं संकेत गर्छ । केहि राम्रो पक्ष पनि छन् । पूर्वाधारहरुलाई सैद्धान्तिक जोड दिइएको छ । सँगै समस्या सतही कुरा गरिए जस्तो पनि देखिन्छ । जस्तो पानीको डाइभर्सन भनिएको छ । धेरै नदीहरुमा डाइभर्सन गराई जमिनलाई हराबरा बनाउने भनिएको छ । साथै यसमा प्रस्तुत गरिएको यति उति क्षेत्रफलको कृषियोग्य जमिनलाई सिंचाई गरिने भनिएको कुरा अलि मेल नखाने खालको पनि छ । यहाँ सिंचाई योग्य जमिनको ८० प्रतिशतमा भू–भागमा सिंचाई पुगेको भनिएको छ । यो कहिंको तथ्यांकसँग पनि मिल्दैन । जसरी खानेपानी ८० प्रतिशत जनतालाई पु¥याइएको छ अब ९० प्रतिशतलाई पु¥याइन्छ भनिएको छ नि । यो सिंचाईको कुरा पनि त्यस्तै हो । यहिँ काठमाडौंका मान्छेले पानी नपाएर कुन हालत छ । पाईप जोडेको वर्षौं हुँदासमेत एक थोपा पानी झरेको छैन् । त्यस्ता गफलाई मान्छेले कति पत्याउने ? नीति तथा कार्यक्रमको सामाग्री बडो गन्जागोल छ । कतिपय एउटै विषयवस्तुलाई दुई तीन ठाउँमा जोडिएको छ । जस्तो एक ठाउँमा महिला हिंसाको कुरा गरेको छ, बीचमा महिलाको हक अधिकारको कुरा गरेको छ, एक ठाउँमा महिलाको स्वास्थ्यको कुरा गरेको छ । यो यस्ता विषय त क्रमिक रुपमा एकै ठाउँमा राख्न मिल्थ्यो नि । तर तयारी नपुगेजस्तो, अध्ययन नपुगेजस्तो, ध्यान नपुगेजस्तो देखियो । रोजगारीको कुरो पनि बडो अच्चम्मसँग मानिसलाई भुलभुलैयामा पार्ने खालको छ । एक ठाउँमा आगामी वर्ष पाँच लाखलाई थप रोजगारीको व्यवस्था गरिनेछ भनिएको छ । र फेरी अर्को बुँदामा तीन लाखलाई ४ वर्षभित्र गरिनेछ भनिएको छ । यो के हो ? तथ्यांक पनि भुलभुलैयामा पार्न खोजे जस्तो देखिन्छ । सरकार पनि प्रष्ट नभएको देखियो । यो नीति तथा कार्यक्रम व्यवस्थित ढंगबाट राम्रोसँग अध्ययन विमर्ष गरेर ल्याए जस्तो पटक्कै देखिन्न । एकदमै कच्चा जस्तो छ । जस्तो सडकमै आपतकालिन अवस्थामा जहाज उतार्ने भनिएको छ नि, यो त पुरै स्वैर कल्पना हो । यहाँ मोटर चल्नलाई त कुन हालत छ थाहा छैन् ? एउटा राम्रो पक्ष नीति तथा कार्यक्रमले देशमा भ्रष्टचार छ, ढिलासुस्ती छ, अकर्मण्ड्यता छ भन्ने कुरा स्वीकार गरेको छ । म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु । भन्ने पनि शब्द परेको छ । अर्कोतर्फ पुँजीगत खर्च गर्न नसकेको वास्तविकता छ भनेर पनि स्वीकार गरेको छ । फेरि पनि वास्तवमा यो विना तयारी ल्याएको कुनै संका छैन । हुनत् सम्माननिय राष्ट्रपतिले भ्रमणको एकदिने कार्यक्रम नै छुट्याएर आउनु भएको छ । उहाँको ठूलो जिम्मवारी थियो । उहाँले त्यत्रो पढ्नुपर्यो । तर नीति तथा कार्यक्रमको भित्रि विषयवस्तुले तयारी नभएको प्रष्ट पार्छ । (अर्थविद् क्षेत्री पूर्व गर्भनरसमेत हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending