काठमाडौं। काठमाडौं, बारा, बाजुरा, कैलाली, धनुषा, मुगु, कास्की, डडेल्धुरा, सिन्धुली र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बा २५ प २२६७ नम्बरको मोटरसाइकल र ना. ८ ख १५५२ नम्बरको लहरी शुक्रबार राति एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पेप्सीकोला बस्ने सिन्धुपाल्चोक ठोकर्पा गाउँपालिका ५ का ३५ वर्षीय गणेश खत्रीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा युपी ६५ बिजी ३१३२ नम्बरको नम्बरको बसले ना.१२ प १३७८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ बस्ने ३५ वर्षीय नर बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय संजित लामा घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल मकवानपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका ५ दाङसाङस्थित सडकमा लु ४ त ७८१ नम्बरको ट्याक्टर शुक्रबार दिउसो अनियन्त्रित भई सडकमा पल्टँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका(७ बस्ने २१ वर्षीय डपेन्द्र खडकाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित सडकखण्डमा युपी ३१ पि ४ ८१७ नम्बरको भारतीय ट्रिपरले से ६ प ३२१७ नम्बरको स्कुटरलाई शुक्रबार साँझ ठक्कर दिंदा स्कुटर चालक सोही उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय टेकु बलायरको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रिपर चालक भारत लखिमपुर खिरीमैलानी थाना ५ बस्ने २६ वर्षीय रबि शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको लम्की चुहा नगरपालिका १० स्थित पूर्वपश्चिम राजमार्गमा से २ प ७३०६ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई से १ त ९८८४ नम्बरको ट्याक्टरमा ठोक्किन जाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दगोरीया गाउँपालिका ४ बस्ने २७ वर्षीय मनोज न्यौपानेको मालिका अस्पताल लम्की हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा ज १ त ७५५३ नम्बरको ट्याक्टरले ज ६ प २०१३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने जहरु राईनको छोरा ४ वर्षीय जनाम मियाको कर्जन्हा अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालक ४० वर्षीय असरुल मियाले उक्त ठाउँमा ट्याक्टर रोकी खाजा खान गएको अवस्थामा केही बालबालिका ट्याक्टरमा चढी खेल्ने क्रममा ट्याक्टर अगाडि बढन गई रोकी राखेको उक्त मोटरसाइकलमा ठक्कर खाँदा ट्याक्टरमा चढेका जनाम लडेर गम्भीर घाइते भएपछि उपचारको लागि उक्त अस्तपाल लगिएको थियो ।
यसैगरी धनुषाकै जनकपुर उपमहानगरपालिका ८ स्थित सडकमा ज ५ ख १५२० नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ज १० प ६४४७ नम्बरको मोटरसाइकलमा सवार जनकनन्दनी गाउँपालिका १ फुलवरीया बस्ने ४० वर्षीय श्रीलाल यादवको जानकी हेल्थ केयर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिररहेको छ ।
त्यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका ६ कोटीलास्थित सडकमा बा २ च ५७६९ नम्बरको बलेरो जिपले शुक्रबार साँझ सोही ठाउँ बस्ने टोप बहादुर ऐडीको १० वर्षीय छोरा जगत बहादुर ऐडीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका १४ चाउथेस्थित सडकमा ग १ क २६६६ नम्बरको मिक्स्चरमा ग १५ प २५८६ नम्बरको स्कुटर ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बेगनास बस्ने २५ वर्षीय अजय भट्टराईको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुबै सवारी साधन सहित मिक्स्चर चालकलाई प्रहरीले नियन्त्र्णमा लिएको छ ।
त्यसैगरी डडेल्धुराको अजयमेरू गाउँपालिका १ स्थित सडकमा कंचनपुर कृष्णपुर नगरपालिका ५ गुलरीया बस्ने २५ वर्षीय नरेश चौधरीले चलाएको लु २ त १४०५ नम्बरको ट्याक्टर पल्टँदा गम्भीर घाइते भएका चालक नरेशको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ९ लच्कास्थित बिपि राजमार्गमा ना १ ज ७४६१ नम्बरको सुमो गाडी शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ओखलढुंगा सुनसरी नगरपालिका ४ बस्ने ४० वर्षीय सिंहध्ज तामाङको जनसेवा अस्पताल बर्दिबास महोत्तरी हुँदै धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सप्तरीको सुरुङगा नगरपालिका १ हस्पिटल चोकस्थित कदमहा गाईघाट सडकखण्डमा रोकी राखेको ट्याक्टरमा स १० प ५८८७ नम्बरको स्कुटर शनिबार बिहान ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षीय प्रबिण चौधरीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा आवश्यक उद्धार गर्नुका साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: