काभ्रे । तीन नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले अन्य विद्यालयलाई हेरेर नमुना विद्यालय बनाउने सपना नदेख्न आग्रह गरेका छन् । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित कुमारी माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन हस्तान्तरण तथा नृत्य प्रतियोगिता २०७६ लाई शुक्रबार सम्बोधन गर्दै उनले भने, \'‘नमुना विद्यालय अरुको हेरेर बनाउने होइन, कुनै विद्यालयलाई हेरेर तपाईले नमुना विद्यालय बनाउन खोज्दै हुनुहुन्छ भने तपाईले उसको विद्यालयको संरचना निर्माण गरुन्जेल उसले अर्कै बनाइसक्छ, तपाईको विद्यालय नमुना बन्न सक्दैन’ उनले भने, ‘नमुना अरुको हेरेर होइन, आफैँले बनाउने हो ।’ \'
तीन नम्बर प्रदेशका स्थानीय तहमध्ये खानीखोला र महाभारत गाउँपालिका विकासको पहिलो हकदार भएको बताए । ३ नम्बर प्रदेशका १ सय ५९ स्थानीय तहमध्ये खानीखोला र महाभारत विकासको पहिलो हकदार भएको बताए ।
‘हामीले ३ नम्बर प्रदेशका १० विकट गाउँपालिकाको नाम निकाल्दा खानीखोला र महाभारत गाउँपालिका पनि परेको छ’ उनले भने, ‘अब यी दुई वटै गाउँपालिकालाई विकसित बनाउन हामी लागि पर्छौं ।’
नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री दुलालले मुलुकका सबै क्षेत्रको नेतृत्व सामुदायिक विद्यालयबाट उत्पादित व्यक्तिहरुबाट नै भएको बताए । उनले भने, ‘सामुदायिक विद्यालयबाट उत्पादन भएकाहरुबाटै सबै क्षेत्रको नेतृत्व गरिरहेको हामीले देख्न सक्छौँ, तसर्थ सामुदायिक विद्यालयलाई नराम्रो भन्ने होइन, राम्रो बनाउने हो ।’
कुमारी माध्यमिक विद्यालयले ८ कोठे नयाँ भवन प्राप्त गरेको छ । भुकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको क्रममा नेपाल सरकार पुनर्निर्माण प्राधिकरण (शिक्षा) मार्फत् निर्माण भएको ८ कोठे भवनको मन्त्री दुलालले उद्घाटनका साथ हस्तान्तरण गरे ।
यसैबीच जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित खानीखोला गाउँपालिका वडा नम्बर चारस्थित जगथलीसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । यसको मन्त्री दुलालले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: