त्यसो त हाम्रामा बिपीदेखि सिपीसम्म पुष्पलालदेखि पुष्पकमलसम्म आफ्नो राजनैतिक वैश तलै गुजारे । ओलीदेखि माधवसम्म तलको हावाका पहरेदार बने । यो हाम्रो उँधोप्रेमी राजनीतिको जग हो । जुँगाको रेखी बस्न नपाउदैँ हाम्रा पुर्खाहरु लाहुर झर्ने भन्थे । केही समय अगाडिसम्म घरको छानामा टिन सजाउन चेलीलाई बम्बईमा पठाउने हाम्रो बाध्यता थियो, नभए कसैले घिसारेरै पनि लैजान्थ्यो । हाम्रो चलन नै उधोमुखी थियो । विचरा मुनामदनका मदन मात्र उकालो के लागेका थिए उनी वैराग्गिएर बिते ।भूकम्पले हामीलाई हल्लायो । हामी फेरी उँधो फर्कियौं । उँधोंवाट केही थान हेलिकप्टर हामीलाई तृप्ति दिन भनेर फाल हाल्दै आइपुगे । एक दिनका पाउना राम्रा देखिए पनि नियतमा शंका लागेपछि भोलीपल्टदेखि पट्टयार लाग्दा बने । उँधोका मिडियाको मिठाइले हामीलाई पखाला लाग्यो तैपनि दाता सम्मेलनका नाममा हामी अझै पनि उँधोको प्रतिक्षा गरिहेका छौं । त्यसो त मुलुकमाथिका अनिष्टहरु पनि उँधोबाटै आएका हुन् । बेलायतीहरु त्यतैबाट आए । सीमादेखि पानीसम्मका अतिक्रमण तलबाटै हुने गरेका छन् । तैपनि हाम्रो उँधो प्रेममा कुनै कमी आएको छैन । उँधो हाम्रो बानी हो, हामी हाम्रा आँगनलाई बहुत प्रेम गर्छौ । अक्सर आँगनहरु उँधों नै हुने गर्छन । आँगनको डिलमा उम्रने सबै झारपात तुलसी नैं होलान् भन्ने अनुमान हाम्रो वंशज मनोविज्ञान हो । उँधो मनोविज्ञानले उँभो लागिंदैन । राजनीति गर्नेहरुले यो मनोविज्ञान नबुझेका होलान् भन्नु गलत होला । विश्वका सबैभन्दा चतुर, बहादुर र इमान्दार भनिएकाहरु नै हाम्रो राजनीतिको शीर्षस्थानमा छन् । ती मध्ये कोही एक सीमापारीको मुलुकका प्रमुख भएको भए तिनले विश्व हल्लाउँथे । अनुमान नै सही कोही हिटलर हुँदा हुन् कोही रुजवेल्ट हुँदा हुन् त कोही लेनिन र गान्धी । तर, यिनीहरुलाई वंशको अंशले ठग्यो र अभावको गद्दी उत्तराधिकारी बने ।
तिनका उपायहरुले समस्या सल्टाओस भन्ने अपेक्षा नागरिकता बोकेकाहरुको हक हो । तर, खै हाम्राहरु राम्रा देखिएनन्, प्रधान उपप्रधान दुवैले पैसो छैन भने तर हाम्रा ‘जस्ता मन्त्री’भन्दै छन्, मुलुकले विकास बजेटको आधा रकम पनि खर्च गर्न भ्याइएन । यो द्दिविधाको सुविधा हाम्रोमा मात्र उपलव्ध छ ।यतिबेला भूकम्पका कारण मुलुक तहसनहस छ, अभाव र गरिबी छ । मानांकमा एकै दिन सात लाख परिवार गरिब बने । यो बिपतमा अरुले हाम्रा घाउमा मल्हम लगाओस भन्ने अपेक्षा नराम्रो होइन तर चौकिल्ला ठोकेर त्यस भित्रको अधिपति भएको घोषणा गरेपछि तिनका पनि दायित्वहरु हुन्छन् । तिनले पनि भोगाइमा यसको महसुस गरिदिनुपर्छ । तिनका उपायहरुले समस्या सल्टाओस् भन्ने अपेक्षा नागरिकता बोकेकाहरुको हक हो । तर, खै हाम्राहरु राम्रा देखिएनन्, प्रधान उपप्रधान दुवैले पैसो छैन भने तर हाम्रा ‘जस्ता मन्त्री’ भन्दै छन्, मुलुकले विकास बजेटको आधा रकम पनि खर्च गर्न भ्याइएन । यो दुविधाको सुविधा हाम्रोमा मात्र उपलव्ध छ । खर्च नभएको रकमको यो आकार ठूलो हो । यो रकम मात्रैले हामी हाम्रा करिब दुईलाख नगरिकलाई एकवर्ष पाल्न सक्छौ । योजना आयोगका मान्छे भन्दै छन् दाता सम्मेलनमा करिब नौ खरबको सहयोग प्रतिवद्धता आउने छ । त्योसँग के–के आउने हो त्यो भने अहिल्यै नखुल्ला । सहयोगसँग हामीले हाम्रो स्वाभिमान साट्नुपर्ने अनिवार्यता अवस्य आउने छ । हाम्रा नेताले यसलाई दलीय एकताको उपलब्धी भन्लान, सम्मेलनमा मोदी आउलान् र मिठो भाषणमा प्रेमको आशक्ति देखाउलान् । सम्भव छ हाम्रा नेताले त्यस भित्रको भयानक आशय बुझ्ने छैनन् । अरुको भरमा कुनै पनि मुलुक बनेका छैनन् र होइनन । जो आफ्नै तागतले बनेका छन् ती टिकेका छन् । तर हाम्रोमा हाम्रो पाखुरीमा गर्व गर्न सक्नेहरु निस्कन जरुरी छ ।
यसका लागि युवा जागरण र सीमाविहीन संयुक्त परिचालन आजको आवश्यकता हो । होइन भने भूकम्पले आहत वस्तीका हाम्रा चेलीहरु अफ्रिकाकै डान्सवारमा पुर्याइने छन । युवाहरु नेता सराप्दै खाडीतिरै लस्कर लाग्नेछन् । भूकम्पले हल्लाएका पहाडहरुबाट माटा बोक्दै पानी तलतिरै हाम फाल्ने छ । हामीसँग चट्टान मात्र हाँसेका भयानक पहाडहरु मात्र हुनेछन् । युवाहरु र युवा संगठनहरुले बेलैमा सोचुन् ,अवेर हुँदा हाम्रा छिमेकीले हामीलाई फेरि थपेर भन्ने छन्– पानी, नानी र जावानी पहाडमा अडिंदैन ।नेपालमा यतिबेला राजनैतिक दलहरुकाबीच दीर्घकालीन मुद्दामा वाहेक तत्कालीन मुद्दामा खासै बहस छैन । फरक राजनैतिक सिद्धान्तकाबीचमै पनि दलहरुबीच कायम रहेको यो दुरीवाद र पतिवादका हिसाबले इतिहासमै सबैभन्दा साँघुरो हो । मुलुकको नवनिर्माणका बारेमा पनि तिनका बीचमा सहमति छ भलै मोडलका बारेमा भने केही बहसहरु अवशय छन् । हाम्रो राजनीतिक लडाईका सर्वश्रेष्ठ हस्तीहरु युवाहरु नै हुन् । यो तागत मुलुकको गतिशिलताको तागत पनि हो । यो तागतको महत्वपूर्ण हिस्सा बिदेशका गल्लीहरुमा रेमिट्यान्सको पीडाले भत्भतिए पनि देश छोड्न नसकेको वा उपयुक्त अवसर नपाएको युवाहरुको विशाल पंक्ति अद्यपी मुलुकभित्रै छ । यसको परिचालन आजको आवश्यकता हो । राजनैतिक खिचातानी र पैरवीमा हाम्रा युवा नेताहरु जव्वर छन् । उनीहरुलाई आफूले जित्नु छ, भूकम्प पछाडि तिनीहरु अर्कोे निर्वाचनका लागि जसरी भोटको बैना लगाउनका लागि गाँउ गाँउमा पसे त्यसमा परिणाम स्यावासी योग्य देखिएपनि नियत भने सफा देखिन नसकेको कुरा सत्य हो । उनीहरुले टहरा बनाए र बम्किए । विश्वले वुझेको युवाहरु भनेका सपनाका सर्जक हुन् ,अव्वल योजना र कार्यका इन्जिन हुन् । यति हुँदाहुँदै पनि कुनै युवाले यो भूकम्प पछाडि भावी नेपालको विकास योजनाको नक्सा प्रस्तुत गरेन । कुनै युवा संगठनले मुलुक निर्माणको दायित्व माग गरेन । गणेशमान, गगन र रविन्द्रहरु सबै यसमा पराजित भए । युवा मन्त्रालयवाट त झन् यो सपनाको प्रक्षेपण नै संभव थिएन न त सरकार नै यसका लागि अग्रसर थियो ।
समाजमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुुन नपाउँदा आफुलाई खिन्न महसुस गर्ने मनोविज्ञान बनोस् । डाक्टर इन्जिनियरहरुले यो कार्यमा सहभागी हुँदा इज्जत बढेको महसुस गरुन् । चोकमा गैतीबेल्चा बोकेको युवा देख्दा शिर श्रद्धाले निहुरिउन् तव नवनिर्माण अभियान संभव हुनेछगणेशमान, गगन र रवीन्द्रहरु बाहिर जति सुन्दर छन् तिनका अन्तर्यमा त्यो सुन्दरता सायद छैन की ? मानिसहरुले गर्ने गरेको यो आशंकाबाट मुक्त हुने हो भने उनीहरुले मुलुक निर्माणको स्पष्ट योजना दिन सक्नु पर्र्दछ । अहिले मुलुकसँग जुन श्रोत र साधन छ त्यसकै परीचालनवाट यो मुलुकको नवनिमाण गर्नुपर्दछ । हाम्रोेमा युवाको केन्द्रिकरण राजनीतिक दलका युवा संगठनमा छ । तिनको निर्देशनमा देशभरिका युवाकोे परिचालन संभव छ । यसको निम्ति देशका मुख्य तीन युवा संगठनको संयुक्त भेला बोलाउन आवश्क छ । त्यो भेलामा तीनवटै युवा संगठनले छ महिनाका लागि राज्यको गाँसमा स्वयंसेवी बनेर काम गर्ने कार्यकर्ताको संख्या किटानी गरी मुलुकको पुर्न निर्माणमा लाग्नु नै पुर्ननिमार्णको नेपाली विकल्प हो । यसरी पहल गर्ने हो भने एक लाख युवा स्वयंसेवीको छ महिने टिमवद्ध परिचालन संभव छ । युवा संगठनले अर्थ मन्त्रालयसँग कुराकानी गरुन् । अर्थ मन्त्रालयले स्वयंसेवीको खानपिनको जिम्मा लेओस् । शिक्षा मन्त्रलयले श्रमयोग्य विद्यार्थीको उमेर र वा योग्यता हेरी शैक्षिक प्रतिष्ठानलाई तिनको १५ दिने परिचालन अनिवार्य बनाओस् । यसरी बनाइने समूहमा सेना र प्रशासनका तर्फवाट जनशक्ति जोडियोस् । तिनको कमाण्ड युवा संगठनका नेताहरुले गरुन । औद्योगिक प्रतिष्ठानका मजदुरहरु पनि त्यसमा जोडिन सकुन् । यो वातावरण युवा संगठनहरुले बनाउन पर्छ की पर्दैन ? हामीलाई मुलुकको भावी नेतृत्वको विराटरुप यो संकटको चक्रभित्रवाटै हेर्नू छ । युवाहरु गफ मात्रै वर्जाछन की काम पनि गर्छन् यसको सही जवाफ जनतालाई चाहिएको छ ।
चोकमा पुनर्निर्माण अभियानका हिरोहरु अभिनन्दन हुने श्रृखला नै चलोस् । नागरिकले राज्य भेट्टाओस् र भनोस् नेपाल यही रहेछ । तस्बिरहरु पुर्नस्थापित होउन् र गाँउहरुले मुहार फेरुन् । यसका लागि युवा जागरण र सीमाविहीन संयुक्त परिचालन आजको आवश्यकता हो ।मुलुकलाई पुनर्निर्माणको गती चाहिएको छ । यो हाम्रा युवाबाटै संभव छ, फगत संस्कार बनाउने कुरामा ध्यान दिनु पर्दछ । समाजमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुुन नपाउँदा आफुलाई खिन्न महसुस गर्ने मनोविज्ञान बनोस् । डाक्टर इन्जिनियरहरुले यो कार्यमा सहभागी हुँदा इज्जत बढेको महसुस गरुन् । चोकमा गैतीवेल्चा बोकेको युवा देख्दा शिर श्रद्धाले निहुरिउन् तव नवनिर्माण अभियान संभव हुनेछ । मिडिया तिनका प्रायोजित युवा नेताको कद खतरामा पर्ला की भन्ने भयले नआत्तिई गैतीबेल्चा बोकेको स्वयंसेवीको तस्बिर छापेर बजार पठाउन मन्जुर होउन् । चोकमा पुनर्निर्माण अभियानका हिरोहरु अभिनन्दन हुने श्रृखला नै चलोस् । नागरिकले राज्य भेट्टाओस् र भनोस् नेपाल यही रहेछ । तस्बिरहरु पुर्नस्थापित होउन् र गाँउहरुले मुहार फेरुन् । यसका लागि युवा जागरण र सीमाविहीन संयुक्त परिचालन आजको आवश्यकता हो । होइन भने भूकम्पले आहत बस्तीका हाम्रा चेलीहरु अफ्रिकाकै डान्सबारमा पुर्याइने छन्, युवाहरु नेता सराप्दै खाडीतिरै लस्कर लाग्नेछन् । भुकम्पले हल्लाएका पहाडहरुबाट माटो बोक्दै पानी तलतिरै हाम फाल्ने छ । हामीसँग चट्टान मात्र हाँसेका भयानक पहाडहरु मात्र हुनेछन् । युवाहरु र युवा संगठनहरुले बेलैमा सोचुन् ,अवेर हुँदा हाम्रा छिमेकीले हामीलाई फेरि थपेर भन्ने छन् पानी, नानी र जवानी पहाडमा अडिंदैन ।
प्रतिकृया लेख्नुहोस्: