Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चटपटे खानेहरु सावधान ! यसमा हालिन्छ खतरनाक एसिड

\"chatpate+2\"७ असार, इलाम । अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ । चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्को  लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पु¥याइरहेको छ । भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर ९एसिड० अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ । जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पु¥याउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले समेत यसमाथि निगरानी बढाउन थालेको छ । आइतबार सहायक प्रजिअ सुजन फागोको नेतृत्वमा ट्याक्सी स्टेन्ड, बसपार्क, टुंडिखेल, थेबेचोक, धोवीधारा, जिरोकिलोमिटर, नारायणस्थानलगायतका तीन दर्जन चटपटे पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशमा स्वास्थ्यमा असर गर्ने भेनेगर अमिलो प्रयोग गरेको पाइएको थियो । अनुगमनका क्रममा भेटिएका चटपटे पसलमा प्रयोग गरिरहेका भेनेगरलाई तत्काल सोही ठाउँमा नष्ट गरिएको र पसलमा राखिएका भेनेगरलाई तत्काल हटाउन सहायक प्रजिअ फागोले निर्देशन द्रिए । ‘भेनेगर एसिड हो, यसले मानिसलाई असर गर्छ’ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फडिन्द्र बरालले भने, ‘यो खानु स्वास्थ्यका लागि एकदमै हानिकारक हो ।’ अनुगमन टोलीले पहिलो पटक चटपटे पसलको अनुगमन गरेको हुनाले सचेत गराइएको बताइएको छ । दोस्रोपटक अनुगमन गर्दा भेटिएमा एक लाखसम्म जरिवाना र सार्वजनिक ऐनअन्तर्गत मुद्दा समेत दर्ता हुने प्रशासनका नायब सुब्बा रामप्रसाद उप्रेतीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending