Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

भारतले हारेपछि कप्तान विराट कोहलीले यस्तो भने…..

एजेन्सी । आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराह कोहलीले न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् ।

भारतीय कप्तानले सुरुवाती ४०–४५ मिनेटदेखि नै खेलको ढाँचा परिवर्तन भएको बताएका छन् ।

उनका अनुसार न्यूजिल्याण्डको शानदार बलरका कारण टिम दबाबमा परेको र गल्ती गर्न बाध्य भए ।

यद्यपि, उनले भारतीय समूहले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।

भारतीय कप्तानले खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘हामी हारेपछि निराश पक्कै छौं तर हाम्रो आत्मविश्वास अलिकति पनि खस्किएको छैन ।’

‘गल्ती स्विकार्न लाज लाग्दैन’

भारतीय कप्तानले भने, ‘आजको हारपछि अहिले नै तुरुन्त केही भन्नु ठिक छैन । पछि फुर्सदमा कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर समीक्षा गर्न सकिन्छ ।’

उनले न्यूजिल्याण्डका बलरको खुलेर तारिफ गर्दै भने, ‘केही शट पक्कै पनि राम्रा थिएनन् तर रोहित शानदार बलिङमा आउट भए । म पनि राम्रो बलिङमा नै आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागिरहेको थियो कि सजिलै यसलाई परिवर्तन गर्न सक्नेछौं । तर न्यूजिल्याण्डले बलिङ गर्न सुरु गरेबित्तिकै उनीहरुलाई हामीलाई सुरुवाती ८ ओभरमा शट खेल्ने मौका नै दिएनन् । उनीहरुले हामीलाई दबाबमा पारे । हामीलाई यो कुरा स्विकार गर्न कुनै लाज लाग्दैन ।’

तर यसको अर्को पाटो पनि हेरिनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो खेलमा हामीले राम्रो प्रदर्शन गरेका छौं । रोहितले शानदार ब्याटिङ गरेका छन् । बुमराह र जडेजाको पनि प्रदर्शन निकै राम्रो रह्यो । हामीले शानदार क्रिकेट खेल्यो र पूरा मेहनत गरेका छौं ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending