Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

अब कम्पनीबाटै हेलिकप्टर पाइलट तालिम

१७ देखि २० लाख वायुसेवाले दिने, तालिम सकेपछि सम्बन्धित कम्पनीकै हेलिकप्टर उडाउनुपर्ने सर्त
काठमाडौं । हेलिकप्टर उडाउने पाइलटको अभाव भएपछि सम्बन्धित वायुसेवा कम्पनीले नै पाइलट तालिम दिन थालेका छन् ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ वायुसेवा कम्पनीमा पाइलट अभाव हुन नदिन, आफ्नो कम्पनी चलाउन आफैँले तालिम दिन थालेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए ।

उनका अनुसार वायुसेवा कम्पनी बढेको बढ्यै छन्, भएका पाइलट अवकाश पाउने, विस्थापित हुने र दुर्घटनाका कारण घटेकाले हेलिकप्टर उडानमा समस्या हुन थालेको छ ।

इन्जिनियरिङ र अन्य प्रशासनिक कर्मचारी अभाव नभए पनि पाइलट भने दक्ष, तालिम प्राप्त हुनुपर्ने र उत्पादन गर्न पनि समय लाग्ने हुन्छ । यसका निम्ति ५ वर्षसम्म सेवा गर्ने सर्तमा तालिममा पठाउन थालेको शर्माले बताए ।

एभरेस्ट हेलीका प्रमुख कार्यकारी अधिकृत रहेको कँडेलले हेलिकप्टरका निम्ति २ जनालाई तालिममा पठाएको र अर्को एक जना पठाउने तयारी गरिरहेको बताए । उनका अनुसार हाल ५ जना पाइलटको निम्ति तालिम तय भएको छ ।

सिम्रिक एयरले ३ जना क्यानडा पठाउने तयारी गर्दै छ भने हेली एभरेस्टले एक फिलिपिन्स र एक अमेरिका पठाइसकेको छ । अब एक जनालाई पाइलट अध्ययनमा पठाउने तयारी रहेको हेली एभरेस्टले जानकारी दिएको छ । अल्टिच्युड एयरले पनि एक जना पाइलट तालिमको निम्ति पठाउने तयारी गरेको सोसाइटीले जानकारी दिएको छ ।

पाइलट तालिम लिन चाहने व्यक्तिको विवरण संकलन गरेर पछिल्लो किस्ता वायुसेवा कम्पनीले तिरिदिने सर्तमा पठाइएको हो । कम्तीमा १७ देखि २० लाख रुपैयाँ वायुसेवाले दिने र पाइलटले तालिम सकेपछि सोही वायुसेवामा हेलिकप्टर उडाउनुपर्ने सर्त राखिएको छ । शर्माका अनुसार हेली एभरेस्टले रोजगारीको ग्यारेन्टी गर्ने र हेलिकप्टर उद्योगकै निम्ति नयाँ जनशक्ति तयार हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

सोसाइटीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति स्वीकृति गराएर तालिममा पठाएको उल्लेख छ । विदेशबाट लिइने न्यूनतम १५० घण्टाको तालिमपछि प्राधिकरणबाट अनिवार्य रूपमा पाइलट लाइसेन्सको परीक्षमा उत्तीर्ण हुनुपर्छ ।

निजी क्षेत्रले धमाधम जहाज थपिरहेका कारण पाइलट अभाव भएको उल्लेख छ । जहाज संख्याको तुलनामा पाइलट उत्पादन ज्यादै कम छ । जहाजको तुलनामा पाइलट उत्पादन अत्यन्त कम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

पाइलट उत्पादन नहुने भएकाले विदेशबाटै तालिम लिएर आउनुपर्छ । हाल नियमित उडानका पंखाजडित जहाज ९फिक्स विङस०लाई क्याप्टेन र चार्टर उडान गर्ने हेलिकप्टरलाई सीपीएल अभाव हुन थालेको छ । पाइलट अभावका कारण निजी वायुसेवालाई जहाज उडाउन समस्या भएको सोसाइटीको भनाइ छ ।

विदेशबाट कम्तीमा २ सय घन्टा तालिम लिएर आउने सीपीएल पाइलट पछिल्लो २÷३ वर्षयता न्यून संख्यामा मात्रै छन् । २ वर्षअघिसम्म विदेशबाट २ सय घन्टाको तालिम लिएर आएका कमर्सियल पाइलट लाइसेन्स ९सीपीएल०लिने बेरोजगारको समस्या बढेको थियो । पछिल्लो समय अध्ययन गर्न कम गएका कारण उत्पादन नै नभएको प्राधिकरणको भनाइ छ ।

पछिल्लो समय सरकारी र निजी दुवैले कम्पनीले जहाज थपेका कारण पुराना सबै चालक खपत भएका छन् । नयाँको उत्पादन नहुँदा एउटा कम्पनीबाट अर्कोमा तानातान हुन थालेको छ । नेपालमा पाइलट नपाउने समस्या भएकाले अन्तर्राष्ट्रिय पाइलट प्रशिक्षण केन्द्रमा सीधै सम्पर्क गर्नुपर्ने अवस्था छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE