Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

जापानमा नेपाली कामदार लैजाने तयारी : असोजमा भाषा र सीप परीक्षा हुँदै

पहिलो चरणमा केयरगिभर लैजाने जापानको तयारी
काठमाडौं । जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।

मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ । ‘जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर ९नर्सिङ केयर० मा कामदार लैजानेछ’, उनले भने । सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।

कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।

कामदार जापान लैजाने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार विभागमा जापान रोजगार युनिट स्थापना गर्ने तयारी अन्तिमचरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँले परीक्षा सञ्चालनका लागि गृहकार्य सुरु भएको बताए । जापान युनिटका लागि सम्पर्क व्यक्तिका रूपमा गुरागाई तोकिएका छन् । कुनै विषय आएमा विभागबाट गर्नुपर्ने काम उनकै नेतृत्वमा हुनेछ । जापानले नेपालसहित ९ देशबाट आगामी ५ वर्षभित्र नौ मुलुकबाट ३ लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले ती देशसँग श्रम समझदारी गर्दै आएको छ ।

जापानले पहिलो चरणमा फिलिपिन्स, नेपाल र भियतनामबाट कामदार लैजान लागेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ । यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा अवसर पाउनेछन् ।

जापानले नेपालगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै वर्किङमा सिफ्ट गरेर अवसर दिने तयारी गरेको छ । जापानमा नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा तुलनात्मक रूपमा बढी अवसर पाइनेछ । जापान जानका लागि एन फोर तहको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । वृद्ववृद्वासँग प्रत्यक्ष संवादमा रहनुपर्ने भएकाले व्यवहारिकरूपमा एन थ्री तहको भाषा चाहिन सक्ने जापानी अधिकारीले बताउँदै आएका छन् । भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले जापानी नागरिकसरह सेवासुविधा पाउनेछन् । जापानमा मासिक २ लाखभन्दा बढी पारिश्रमिक पाउँछन् ।

सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभवी श्रमिक बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउनेछन् । तर, दोस्रो वर्गका श्रमिकका लागि उच्च तहको सीप आवश्यक पर्छ । त्यस्ता श्रमिकको कार्यविधि थप हुनुका साथै परिवारका सदस्यलाई समेत जापान लैजान पाउनेछन् । जापानले विदेशी श्रमिकलाई अभिमुखीकरण, भाषा, स्वास्थ्य सेवा र काम परिवर्तन गर्न पाउने सुविधा दिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE