Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

विवादित विधेयक अलपत्र

काठमाडौं । झन्डै ६ महिनाअघि प्रतिनिधिसभामा दर्ता भएको लोकसेवा आयोगसम्बन्धी विधेयक जहींको त्यहीं छ। पुस २४ गते सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकप्रति लोकसेवा आयोगले नै आपत्ति जनाएपछि अघि बढ्न सकेन। राष्ट्रियसभामा दर्ता भएलगत्तै सर्वत्र विरोध भएपछि गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लियो।

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ - पत्रकार महासंघले आन्दोलन गरेपछि सत्तारूढ नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धता जनायो। विधेयक संसद्को प्रक्रियामै प्रवेश हुन पाएन।

गत फागुन २९ गते दर्ता भएको मानवअधिकार आयोग विधेयकले आयोगको स्वतन्त्रता र स्वायत्तता नै समाप्त पार्न खोजेको भन्दै आलोचना भएको थियो। आयोगले नै विरोध जनाएपछि विधेयक प्रतिनिधिसभामा पेस हुन सकेको छैन। आयोगले गरेको अनुसन्धान वा छानबिनबाट कुनै व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनुपरे घटनाको अनुसन्धान प्रतिवेदन र मुद्दा चलाउन आवश्यक पर्ने प्रमाण महान्यायाधिवक्ता कार्यालयमा पठाउनुपर्ने विधेयकको प्रस्तावप्रति आयोगले आपत्ति जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को अधिकारलाई कुण्ठित गरी सेना परिचालनसम्बन्धी अधिकार प्रधानमन्त्रीले लिन खोजेको भन्दै विवादमा परेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयक पनि अघि बढ्न सकेको छैन। शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा प्रस्तावित विधेयकले सीडीओलाई अधिकार दिएको भन्दै प्रदेश सरकारले विरोध जनाएपछि उक्त विधेयक अघि बढ्न नसकेको हो।

प्रशासकीय अदालतसम्बन्धी विधेयक जेठ २८ गते नै राष्ट्रियसभाले पारित गरे पनि प्रतिनिधिसभामा पेस हुन सकेको छैन। राहदानी संशोधन विधेयक प्रतिनिधिसभाले एकलौटी पारित गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी थिइन्।

विभिन्न विधेयक सरकारले संसद्मा दर्ता गरे पनि प्रक्रियामा जान सकेका छैनन्। बर्खे अधिवेशनको मूल काम बजेट पारित भइसकेकाले संसद् अब कानुन निर्माणमा जुट्नुपर्नेछ। यदाकदा सांसदहरुले दर्ता गरेका विभिन्न सार्वजनिक महत्त्वका प्रस्तावमाथि छलफल हुने भए पनि अबको कार्यदिशा कानुन निर्माण हुने संसद् सचिवालयका अधिकारी बताउँछन्।

‘सरकारले संसद्मा दर्ता गर्दैमा विधेयक अघि बढ्दैन,’ संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले अन्नपूर्णसँग भने, ‘सरकार तयार नभएसम्म दर्ता भएका विधेयक प्रक्रियामा जाँदैनन्। विधेयक अघि बढाउन सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ।’ सरकारले संसद्मा विधेयक दर्ता गर्दैमा कोही पनि आत्तिन नहुने तर्क गर्छन् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ। ‘सरकारले संसद्मा विधेयक ल्याएपछि जनताको बीचमा आएको बुझ्नुपर्छ,’ नेम्वाङ भन्छन्, ‘जनताको प्रतिनिधिले केकस्तो कानुन बनाउने भनेर छलफल गर्छन् र जनताको आवश्यकताअनुसार कुनै पनि विधेयक संशोधन र परिमार्जन हुन्छन्।’ विवादित विधेयकमाथि सरोकारवालासँग छलफल गरी आवश्यकताअनुसार अघि बढाउने तयारी भइरहेको सरकारको भनाइ छ। बिउबिजन, बिरुवा संरक्षण, खानेपानी तथा सरसफाइ र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दु्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि दर्ता भएर संसद्को प्रक्रियामा प्रवेश पाएका छैनन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE