भारत । एकातिर भारत आफ्नो चन्द्रयानलाई चन्द्रमामा अवतरण गराउने तयारी गरिरहेको छ । त्यहीँ अर्कोतिर भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेर बसेको छ ।
दोद्धिगुँटा भन्ने एउटा सानो गाउँ छ, जहाँ ४५ सय मानिस बसोबास गर्छन्। यो गाउँ आन्ध्र प्रदेश राज्यको पूर्वी गोदावरी जिल्लाको रँगमपेटा मन्डलमा पर्छ । यहाँका मानिसको मुख्य आयस्रोतको रूपमा कृषि छ । यो गाउँमा मात्र एउटा मावि तहको विद्यालय छ। यहाँका धेरै मानिसहरू खेतीपातीको काममै व्यस्त हुन्छन् ।
सानो यो गाउँ त्यतिबेला चर्चामा आयो, जब एउटा निजी टेलिभिजन च्यानलले यो गाउँमा भएको विशेष इनारको पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने समाचार प्रशारण गर्यो। अहिलेसम्म उक्त इनार यहाँका मानिसले पिउने पानीको प्रमुख स्रोत बनेको छ ।
यदि कोही बाहिरी व्यक्ति यो गाउँमा गयो भने थुप्रै जुम्ल्याहा बच्चाहरू खेलेको घुमेको देख्न सकिन्छ । तर, यो गाउँमा जुम्ल्याहा बच्चा कति जना छन् भन्ने आधिकारीक तथ्यांक भने छैन। अदापा वैकटेश भन्ने व्यक्ति यस गाउँको मुखिया हुन्। उनका अनुसार यहाँ लगभग ११० जुम्ल्याहा बच्चाहरू छन् । इनारको पानी पिउनाले यति धेरै जुम्ल्याहा बच्चा जन्मेको कुरा पनि उनले बताए। साथै उनले भने, ‘तपाईँ मेरो घरमा विभिन्न उमेरका जुम्ल्याहाहरू देख्न सक्नुहुन्छ, यसै कारणले हाम्रो गाउँ अहिले चर्चामा छ ।’
यो सबै कहिलेदेखि सुरु भयो त ?
बिबिसीसँग कुरा गर्दै वेकट भन्छन्, ‘करिब १५ वर्षभन्दा पहिले एकजना अध्यापक जनगणना लिनका लागि गाउँ आएका थिए । उनले नै सबैभन्दा पहिले यहाँ भएका जुम्ल्याहा बच्चाको संख्याबारे विचार गरेका थिए। उनको पछि यहीँ सरुवा भयो। जब उनको श्रीमतीले यहीँ गाउँमा बच्चा जन्माइन्, उनीहरू पनि जुम्ल्याहा नै थिए । उनको श्रीमतीले त्यहीँ इनारको पानी पिएका कारण आफ्नो पनि जुम्ल्याहा बच्चा जन्मेको खबर स्थानीय मिडियालाई जानकारी दिएका थिए। अध्यापकद्वारा दिएको यही भनाइपछि यो गाउँ चर्चामा छ ।’
चर्चामा आएसँगै अहिले यो गाउँमा बाहिरी गाउँहरूबाट इनारको पानी लिन आउनेको भीड लाग्ने गरेको छ। हेदरावादबाट गाउँमा पानी लिन आएकी अनिताले बिबिसीलाई भनिन्, ‘मेरो बिहे भएको चार वर्ष भइसकेको छ, अझैसम्म बच्चा भएको छैन। धेरै डाक्टरलाई देखाए कुनै उपाय लाग्न सकेन। अब यही इनारको पानी एउटा र अन्तिम विकल्प हो ।’
लक्ष्मी यही गाउँमा बस्छिन्। उनले पनि ९ महिना पहिले जुम्ल्याहा बच्चा जन्माएकी हुन। लक्ष्मीलाई पूर्ण विश्वास छ कि गाउँको यही इनारबाट पानी पिउनाले आफू जुम्ल्याहा बच्चाको आमा बनेको। यसबाहेक उनी यो पनि मान्यता राख्छिन् कि यो इनारको पानीले धेरै रोगहरूबाट पनि मुक्त गर्छ। उनका अनुसार गाउँमा यस्ता घरहरू पनि छन्, जहाँ पानी तान्ने कल गाडेको छ तर, पिउनलाई यही इनारको पानी लैजान्छन् ।
विशेषज्ञ चिकित्सक यो कुरालाई मान्न तयार छैनन् । वैज्ञानिक तथ्य र आधार नभएका कारण यो कुरामा कुनै सत्यता नभएको धेरै चिकित्सक बताउँछन्। हाइड्रोजन र अक्सिजन तथा केही लवणहरुको मिश्रणबाट बनेको हुन्छ पानी। क्याल्सियम कार्बोनेट, आइरन र क्याल्सियम पानीमा पाइन्छ तर, यसले गर्भाधानमा मद्दत मिल्दैन भन्छन्, चिकित्सक । उनीहरूका अनुसार यसले केही बिरामीलाई हटाउन सक्छ तर, जुम्ल्याहा बच्चा हुनेमा विश्वास छैन ।
स्त्री रोग विशेषज्ञ डा. पद्यजाका अनुसार पानी र गर्भाधारणबीच कुनै पनि सम्बन्ध छैन । उनले भने, ‘पानीले बच्चा हुने होइन । बच्चा जुम्ल्याहा जन्मने आधार जिन र वंशाणुगत हुन्छ। त्यसैले यो बेग्लै कुरा हो र यसमा कुनै सत्यता छैन।’
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: