Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् ।

गहिरो राजनीतिक संकटसँग जुधिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मुदुरोका छोरा गुयरा ४ दिनदेखि नेपालमा छन् ।

नेपालको सत्ताधारी पार्टी नेकपाको भातृ संगठन युवा संगठन नेपालको निम्तामा नेपाल आएको १५ सदस्यीय टोलीका नेता भने गुयरा होइनन् । राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज ९कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी० का प्रमुख हुन्। यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ। उनी पार्टी र संसद्मा समेत छन्ने

कपाको युवा संगठनको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलको युवा संगठन जेपीएसयुभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोली नेपाल आएको हो।
सो टोलीमा राष्ट्रपति मादुरो पुत्र गुयरा, सहायक शिक्षामन्त्री र नेपालका लागि भेनेजुएली राजदूत कोरोमोतो गेदाई पनि सहभागी छन्।

वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथमा नेकपाको युवा संगठन र भेनेजुयलाको जेपीएसयुभी दुवै आवद्ध छन् । सोही सम्बन्धका आधारमा उनिहरुलाई युवा संगठनले नेपाल भ्रमणका लागी निम्त्याएको हो ।

\"\"

जुलाई १३ राति नेपाल आएको टोलीसँग जुलाई १४को विहान होटल याक एण्ड यतिमा युवा संगठनले एक अन्तकृर्या कार्यक्रम आयोजना गरी स्वागत गरेको थियो भने नेकपाका सचिवालय सदस्य झलनाथ खनाल सो अन्तकृर्याका चिफ गेृष्ट थिए ।

सोही विहान अर्का नेता वामदेव गौतम लगायतका किसानका नेतासँग अन्तर्कृया गरेको टोलीले दिउसो अर्का नेता नारायणकाजी श्र्रेष्ठसँग भेटवार्ता गरेको थियो । नेकपाको विद्यार्थी संगठनले ललितपुरको समिट होटलमा आयोजना गरेको लन्च बैठकमा सहभागी भएको सो टोली साँझ युवा संगठनले डिल्लीबजारको भोजनगृहमा आयोजना गरेको डिनर तथा कल्चर कार्यक्रममा सहभागी भयो ।

१५ जुलाईको विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगेर भेटेको टोलीले विहान नै दुवै सदनका प्रतिनिधि संसदहरुसँग भेटेको थियो । दिउँसो काठमाडौं रमणियस्थल चन्द्रागिरी पुगेर लन्च गरेको टोलीले साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको थियो ।

युवा संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ का अनुसार उनीहरु युवाहरुको निम्तामा नेपाल आएका हुन् । राष्ट्रपतिका छोरा नेपाल आएको र उनी भेनेजुयलाको प्रतिनिधि मण्डलको सदस्य रहेको उनले पुष्टी गरे ।

ल्याटिन अमेरिकी देश भेनेजुएला राजनीतिक संटकको अवस्थामा छ। विश्वको धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि घट्दो मूल्य र अव्यवस्थाको कारण ठूलो आर्थिक संकट सामना गरिरहेको छ। गत वर्ष भएको चुनावमा निकालोस मादुरो पुनस् राष्ट्रपतिमा निर्वाचित भएपछि संकट झनै गहिरिएको छ। विपक्षी दलको नेता हुँवा गुइदोले संसदबाट अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएला लगभग गृहयुद्धको अवस्थामा पुगेको छ।

गुइदोलाई अमेरिकासहित ५० वटाभन्दा बढी देशले अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गरेका छन्। मदुरोलाई चीन, रुस, टर्कीसहितका देशले समर्थन गरेका छन्। भेनेजुएलाको विवादमा गत माघमा नेपाल पनि मुछिएको थियो। नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले कडा शब्दको विज्ञप्ति जारी गरेपछि नेपालस्थित अमेरिकी दुतावासले नेपाल सरकारको धारणा माग गरेको थियो। नेपाल सरकारले भेनेजुएलामा बाह्य हस्ताक्षेतबाट सत्ता परिवर्तन गर्ने कार्यको विरोध गरेको थियो।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending