काठमाडौं । आसाम र बिहार राज्यमा भारी वर्षाको कारण आएको बाढीले ठूलो जनधनको क्षति बनाएको छ । दुवै राज्यमा बुधबारसम्म मर्नेको संख्या ९४ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बिहारको १२ जिल्लाका ४६ लाख मानिस बाढिबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीमा परि बिहारमा मात्रै ६७ जनाको मृत्यु भएको छ । यता, आसामका २९ जिल्ला बाढीबाट प्रभावित भएका छन् । बाढीमा परि ५७ लाखभन्दा बढि मानिसहरु प्रभावित हुन पुगेको जनाइएको छ । आसाममा बाढीमा परि २७ जनाको ज्यान गएको छ ।
आसाममा डेढ लाख मानिस घरबारबिहिन
भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारी वर्षासँगै आएको बाढीमा परि आसाममा मात्रै डेढ लाख मानिस घरबार बिहिन भएका छन् । ब्रह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदिले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठुलो क्षति निम्ताएको छ । राज्य सरकारले अलर्ट जारी गरेको छ ।
बिहारको सीतामण्ढीमा सबैभन्दा गम्भिर अवस्था
बाढीको कारण बिहारको सीतामण्ढीमा १७, अररियामा १२, मधुबनीमा ११, शिवहरमा ९, पूणियामा ७, दरभंगामा ५, किशनगंजमा ४ र सुपौलमा २ जनाको मृत्यु भएको छ । सबैभन्दा गम्भिर अवस्था सीतामण्ढीको छ । जहाँ १७६ पञ्चायतका १७ लाख मानिस बाढीका कारण प्रभावित भएका छन् । अररियाको प्रखंडोको १२४ पञ्चायत जलमग्न छ । त्यहाँ ९.२४ लाख मानिस बाढीको चपेटामा परेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: