आषाढ़ १० गते, २०७२ बिहिवार 25th June, 2015 Thu०९:०५:०७ मा प्रकाशित
प्रिय छोरा,
मेरो देश यति बेला मानव निर्मित ठुलो विपत्तीमा फसेको छ । मेरो देश यस्तो विपत्तिको अवस्थामा फस्नुमा हाम्रा आफ्नै क्रियाहरु जिम्मेवार छन् । मेरा पिताका पुस्ताले विगत ३० बर्षमा लिएका निर्णयहरु र उहाँहरुले त्यतिबेला देखाउनु भएको भविष्य, मेरो आजको वर्तमान हो ।
मेरो देशको आजको दुर्भाग्य भनेको नै अथवा भनौं हामीले हाम्रा जति पनि आफ्न्तहरु गुमायौं त्यसको कारण पनि हामी स्वयम् नै हौं । हाम्रा आफन्त गुम्नुको कारण पनि हाम्रा आफ्नै विगतका क्रियाहरु हुन् जसको प्रतिक्रिया हामीले अहिलेको वर्तमान समयमा भोगी रहेका छौं । यी ती क्रियाहरु हुन् जसको प्रतिक्रिया हामीले जता ततै देख्न सक्छौं ।
उदाहरणः
क्रिया– कांग्रेस/एमाले/राजा र माओवादी लडाई । प्रतिक्रिया– १६ हजार नागरिकको मृत्यु ।
क्रिया– झूर सडक । प्रतिक्रिया– विगत दश वर्षमा १० हजार नेपालीको मृत्यु ।
क्रिया– जस्तो पायो त्यस्तै (अव्यवस्थित) भवन निर्माण । प्रतिक्रिया– ९ हजारको मृत्यु (अझ धेरै मृत्युको मुखमा) । यी सबै क्रियाहरु मेरो बा र उहाँको पुस्ताका क्रियाहरु हुन्, जसको प्रतिफल हाम्रो वर्तमान पिंढीले भोगी रहेको छ ।
हिजोका हाम्रा बाका पुस्ताले गरेको क्रियामा हामीले आज प्रश्न सोध्दै छौ र सोच्दै पनि छौं । त्यस्तै भोली तिम्रो पुस्ताले पनि २०–३० बर्ष पछि मलाई सोध्ने छ– हाम्रो पुस्ताले के ग¥यो ? भूकम्पको यस घडीमा जति बेला हामी ठुलो विपत्तिमा फसेका छौं, जहाँ ९ हजारको मृत्यु, २३ हजार घाइते र ३ लाख घरहरु क्षतिग्रस्त भएका छन् त्यसपछि मैले के गरेँ ? र गर्न सकेँ ? हामीले वर्तमान समयमा कस्ता क्रियाहरु गर्नेछौ जसले तिम्रो भावि पुस्ता र समाजले हामी माथि फेरी प्रश्न उठाउन नपरोस, यही मेरो कोशिस पनि हो ।
मेरो ऋण
आज मेरो सरकार भिखारीले बोक्ने जस्तो कटौरा लिई साष्टाङ्ग दण्डवत् गरी रहेको छ । यसको सोच र नियत दुबै सोझो छ– अन्तर्राष्ट्रिय समूदायको अगाडी माग्ने, माग्ने र माग्ने । मागेर नभए उधारो लिएर भए पनि राष्ट्रिय सरकारको नाममा त्यही पैसामा राष्ट्रिय बैधानिक लुट मच्चाउने यसको चाहाना र उद्देश्य सोझो र सपाट छ ।
केही अंकहरु हेरौं– हाम्रो बैदेशीक ऋण ४ विलियन अमेरिकी डलर अर्थात ४ खर्ब नेपाली रुपैया (एक हजारको बिटा बनाई तौलने हो भने करिब साढे ३ टन नेपाली रुपैयाँ) छ ।
हामी प्रत्येक बर्ष २ सय १५ मिलियन अमेरिकन डलर अर्थात साढे २१ अर्ब नेपाली रुपैयाँ वार्षिकरुपमा वैदेशिक ऋण तिर्न खर्च गर्ने गर्दछौं । (मलाई थाहा छैन् यसको कति भाग सावाँ र कति भाग ब्याज हो)
ड्ड म र मेरो पुस्ताले हरेक दिन ६ लाख अमेरिकन डलरको अनुपातमा ऋण तिर्दा पनि अझै २० बर्षसम्म यो ऋण तिरेर पनि सकिदैन । (म सोच्छु यति पैसाले दिनको कति वटा नेपालीहरुको घर बन्दो हो )
मेरो सरकारमा रहेका व्यक्तिहरु यस्तो ऋणको दलदलमा फँसेका नेपाली नागरिकहरुका लागि अझै २ विलियन अमेरिकी डलर अर्थात २ खर्ब नेपाली रुपैया भूकम्प पछि पुनर्निर्माणमा लाग्ने अनुमान गरी दाता सम्मेलन बोलाउँदै छन् । मलाई थाहा छैन तिम्रा बाजे र जिजुवाजेले विदेशी ऋण साहुहरुसँग लिएको यो ऋण तिर्न तिम्रो भावि पुस्तालाई अझ कति बर्ष लाग्ने छ ।
मेरा मुख्य साहुहरु
विश्व वैंक १.५ विलियन अमेरिकन डलर अर्थात १ खर्ब ५० अर्ब नेपाली रुपैयाँ ।
एशियाली विकास बैंक १.४४ विलियन अमेरिकन डलर अर्थात १ खर्ब ४४ अर्ब नेपाली रुपैयाँ ।
जापान १३३ मिलियन अमेरिकन डलर अर्थात १३ अर्ब नेपाली रुपैयाँ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ६४ मिलियन अमेरिकन डलर अर्थात ६ अर्ब ४० करोड नेपाली रुपैयाँ ।
यस्ता अन्य कैयौं साहुहरुको लामो फेहरिस्त छ ।
मेरो समय
विगत २४ वर्षको प्रजातान्त्रिक सरकारले आन्तर्राष्ट्रिय साहुहरुसँग माग्ने काम मात्र गरेको छैन् यो प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक सरकारहरुले हामीलाई चुर्लुम्म ऋणमा पनि डुबाएको छ, जुन तिर्न हामीलाई दशकौं लाग्नेछ । प्रतिशतको आधारमा गरिवी घटेको देखाइएता पनि वास्तविक गरिबको संख्यामा झनै बृद्धि भएको छ ।
मेरो राष्ट्रले विगत १० बर्षदेखि संक्रमणकालको नाममा दुःख पाएको छ । चार झुण्ड–सरदारहरु ‘मिलिजुली अधिनायकबाद’को अभ्यासमा चुर्लुम्म डुबेका छन् । मेरो राष्ट्र, मेरो समाज र मेरो वर्तमान समयलाई संक्रमित बनाइएको छ । आज यही रोगी राष्ट्रका भूकम्प पीडित, बाढी÷पहिरो पीडित र महामारी पीडित रोगी, अशक्त र विरामी नागरिकहरुको फोटो देखाएर पुनः ऋण बोकाउने योजनामा मेरो सरकार तल्लिन छ ।
मेरो देशले जनयुद्धको नाममा संक्रमणकाल अघि १० बर्ष दुःख पाएको छ । नेपाली नागरिकहरुलाई आ–आफ्नो चोलो पहि¥याएर नेपाली कांग्रेस÷एमाले एकातर्फ र माओवादी अर्को तर्फभै नेपालीलाई मर्ने र मार्ने बनाइयो । यी व्यक्तिहरु जो भूकम्पको नाममा अहिले भिख माग्दैछन् यी तीनै व्यक्तिहरु हुन् जसले केही समय अघिसम्म आतंकबाद विरोधी युद्धको नाममा संसारभरी भिख मागी रहेका थिए । यीनीहरुले एक आपसमा युद्ध गर्दा त्यसबाट सृजित बिनासको तथ्यांक अहिले मसँग छैन् । मैले ती विनासका तथ्यांकहरु पाएपछि तीमीलाई अर्को पटकको पत्रमा उल्लेख गरुँला ।
म सोच्छु, यी बाजेहरुको सरकारले मेरो, मेरो देश र हामी यहाँका बासिन्दाको नाममा लिइ सकेको ऋणको कति भाग त अन्तर्राष्ट्रिय सुधखोर (लोन सार्क), गिद्धेकोष (भल्चर फन्ड) लाई बेची सकेका होलान । हालको ऋण सेकन्डरी मार्केटमा कसरी किनबेच भएको छ ? के त्यसलाई हामीले कहिलै पच्छ्याएका छौ ? हामीले कसरी अर्जेन्टिना, पेरु, क्यामारुन, जाम्बिया र कंगो लगायतको नियती भोग्नु नपर्ने हो ? के हामीले सोचेका छौं ?
मेरो समयमा हामी नेपालीहरुलाई ऋण चुक्ता गराउन विदेशमा गई काम गर्न बाध्य बनाईएको छ । मेरो देशका यी चार झुण्ड–सरदारहरुलाई म यो सोध्न चाहन्छु– अब लिन लागिएको ऋण तिर्ने योजना के छ ? यसको समय सिमा कति हुनेछ ? यी र यस्ता कयौं सवालहरु छन् जसको प्रतिउत्तर अहिले मसँग छैन् ।
केही प्रश्नहरु छन् जसको जबाफ म बाजेहरुको राष्ट्रिय सरकारसँग सोध्छु–
ऋणसँग सम्बन्धित तपाईको योजना के हो ? कृपया सप्रशंग व्याख्या गर्नुहोला ?
आफ्ना योजना कार्यान्वयन गर्नका लागि कति पैसा चाहिन्छ ?
तपाईको योजना कति समय भित्र पुरा हुन्छ ?
तपाईको स्रोत (मान्छे, पैसा, र जमिन) के हो ?
पैसा खर्च गर्ने अधिकार र दायित्व कस्को हुन्छ ?
नयाँ ऋणको नयाँ सर्तहरु के–के हुनेछन् ?
तपाईले लिने उधारो पैसाको कति भाग विदेशबाटै सामान आयात गर्न खर्च हुनेछ ?
तपाईले लिएको पैसाले कति जना नेपाली नागरिकले रोजगारी पाउने छन् र उनीहरुको न्युनतम ज्याला कति हुनेछ ?
तपाईले लिएको उधारोको पैसाको कति भाग नेपाल भित्रै बस्नेछ ?
मेरो सरकारको तर्फबाट ऋण दिने साहुहरुसँग वार्ताको नेतृत्व कसले गर्नेछ ? (मेरो अर्थमन्त्री संयुक्त राष्ट्रसंघको भूतपूर्व कर्मचारी तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका बोर्ड सदस्य हुन) यो अवस्थामा कफ्क्ट अफ इन्टेस्टलाई कसरी सम्बोधन गर्ने, ताकि त्यो वार्ता हाम्रो राष्ट्रको पक्षमा हुन पुगोस ।
२५ जिल्लामा भएको क्षतिको पुनर्निमाणका लागि वाँकी ५० जिल्लाले त्यसको ब्ययभार किन लिने तथा हालै मात्र निर्णय गरिएको ८ प्रादेशीक सरकारहरुले यो ऋण किन लिने र किन तीर्ने ? यो मात्र होइन हाल लिन लागिएको ऋणकाबारे भावि बन्ने प्रादेशीक सरकारहरुको योजना कस्तो हुनेछ ?
हाल भन्ने गरिएको पुनर्वास, पुनःस्थापना तथा भूकम्पीय क्षतिको पुनर्निमाण गर्नु भन्दा अघि जनयुद्धबाट प्रभावित नागरिकहरुको पुनर्वास तथा पुनःस्थापना गरिएको भनिएको ‘रिपोर्ट कार्ड’ कहाँ छ ? किनकी सरकारले यस्तै पुनर्वास पहिला पनि गराउछु भनेको थियो ।
ऋण साहुहरुको सम्मेलन कुन भवनमा गराउने विचार गर्नु भएको छ ? जहाँ भूइचालो गएको खण्डमा भागा– भाग गर्नु नपरोस । कि त्यो पनि पालमा नै गराउने हो ?
ऋण साहुहरुको निम्ती प्रश्न–
हाम्रो वास्तविक ऋण कति छ ? (मेरो सरकारलाई त्यसको यकिन जानकारी नै छैन्)
हाम्रो कति ऋण माफ गर्ने विचार छ ? कि कुनै विचार नै छैन् ?
हाम्रो राष्ट्रिय कमाईको ६ देखि ७ प्रतिशत पैसा तपाईहरुको व्याज तिर्दै ठिक्क हुन्छ, अब आउने पाँच बर्ष तपाईलाई कति तिरे हुने ?
इतिहास स्मरणः यी जुन बाजेहरुसँग तपाई वार्ता गर्दै हुनुहुन्छ ती बाजेहरु ह्यावियर पेरेज दि कुइयार संयुक्त राष्ट्रसंघका महासचिव, सिनियर जर्ज बुस अमेरिकी राष्ट्रपति, विश्वनाथ प्रताप सिंह भारतीय प्रधानमन्त्री र याङ साङकुन चिनिया राष्ट्रपतिको समयमा भित्तामा झुन्ड्याइएका पुराना तस्विरहरु हुन् ।
विगत १६ बर्षदेखि स्थानिय प्रशासन चलाउन नसकेको सरकारलाई किन र कुन आधारमा पैसा दिन लागेको ?
नेपाल राज्यभरी एक सय मिटरको पक्की सडक पनि बनाउन असक्षम सरकारलाई कुन योग्यताको आधारमा पुरै देशको पुनर्निमार्णको जिम्मा दिने ?
प्रिय छोरा
जब तिमी १८ बर्षको हुनेछौं म चाहन्छु यो देश ऋण मुक्त होओस । ऋणमा डुबेको समाज कहिलै पनि स्वतन्त्र समाज हुदैन र ऋणमा डुबेको व्यक्ति मुक्त मानव हुँदैन । स्वतन्त्र बजारमा केही हदसम्मको ऋण स्विकार योग्य हुन्छ तर यदि तिमीले अन्तर्राष्ट्रिय साहु महाजनबाट अत्याधिक ऋण लिएमा त्यसलाई चुक्ता गर्नका निम्ती तिमी र तिम्रो पुस्ताका लागि बर्षो लाग्नेछ ।
अहिलेका बाजेहरु अझै धेरै ऋण लिन चाहन्छन् । तर म यिनीहरुलाई त्यतिबेलासम्म त्यसो गर्न दिने छैन जब ऋण चुक्ता गर्ने यीनीहरुको निश्चित योजना र समय सिमा हुने छैन् । यदि मैले यो भिख र उधारोको संस्कृति रोकिन भने यसले यति भयावह ऋणको भुमरी पैदा गर्दै जानेछ कि त्यसबाट उम्कन तिमी र तिम्रो सन्ततीलाई असम्भव प्रायः हुनेछ ।
देशको शासनको बागडोर भिखारीहरुले आफ्नो हातमा लिएका छन् । यो रोक्नु मेरो समयको सबै भन्दा ठुलो चुनौती हो ।
झुण्ड–सरदारहरुले भरिएको सरकारले लिन लागेको ऋणको भारीले देश एकातर्फ ऋणको भूमरीमा फस्दै गैरहेको छ भने अर्को तर्फ यिनीहरु विकास र निर्माणको नाममा झनै ठुलो ऋण राषि लिन लागि परेका छन् । के उनीहरुले गर्ने व्यक्तिगत निर्णय मान्न हामी बाध्य छौं ? हामीले संविधान निर्माण गर्नका लागि चुनेर पठाएकाहरु विकास र पुनर्निमाणका नाममा रुमल्लिएका छन् । यिनिहरुले जतिसक्दो छिटो संविधान निर्माण गरेर चुनाव गर्नुपर्छ । त्यसपछिको निर्वाचित संसद र सरकारले विकास निर्माणको कार्य गर्नेछ ।
यो लिन लागिएको ऋणको उत्तरदायी यी बाजेहरु छैनन् । त्यसैले म यो वर्तमान र भावि पुस्ताको भविष्य धुमिल पार्ने गरी ऋण लिन दिन्न । जबरजस्ती ऋण लिएको खण्डमा हामीहरु त्यो ऋण तिर्ने छैनौं । यो मेरो चेतावनी हो मेरा विदेशी ऋण साहुहरुलाई ।
हाम्रा समस्याहरु विकराल छन् । जिवन पद्धती भयावह छ । तर हामीले अब आफैसँग सही प्रश्न गर्न सिक्यौं भने शायद हाम्रा उत्तरहरु यो दुःखमा मलहम हुन सक्ने छन् र हाम्रा घाउहरु पुरिने छन् ।
तिम्रो पहिलो जन्मदिनको शुभकामना ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: