Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

'नयाँ मन्त्री' भट्टराईका दुख !

काठमाडाैं । नवनियुक्त मन्त्री योगेश भट्टराईले सामान्य अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सम्हाल्ने निर्णय लिएका छैनन् । यतिबेला परिस्थिति उनको प्रतिकूल छ । अझ भनौं उनी बाध्यतावश औसत मन्त्रीभन्दा माथि हुनै पर्नेछ ।

मन्त्री बनेको अनुभव शून्य भएका भट्टराईले मन्त्रालयमा काम हुने तरिकाको बारेमा थाहा नपाएसम्म त्यसलाई बदल्न सक्दैनन् । २२ वटा मन्त्रालयमध्ये सबैभन्दा बढी विवादित हुने मन्त्रालय सम्हालेका छन् भट्टराईले यतिबेला । उनीसँग राजनीतिक दृष्टिकोण प्रष्ट छ तर प्रशासनिक संरचनाका बारेमा अनविज्ञ छन् ।

पर्यटन मन्त्रालय मन्त्रीलाई नै छलेर घोटाला हुने मन्त्रालय हो भन्ने कुराको पुष्टि वाइडबडी काण्डले देखाइसकेको छ । हुन पनि पर्यटन लगायत अन्य सबै मन्त्रालयमा कर्मचारीहरूको पकड यति धेरै छ कि सामान्य अवस्थामा मन्त्रीलाई सूचना नपुगेका उदाहरणहरू नेपालमा धेरै छन् ।

एउटा उदाहरण हो, सीमामा विषादी परीक्षण गर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका मातृका यादवले आफूलाई सचिवहरूले गुमराहमा राखेको भन्दै असन्तुष्टि पोखे । भारतीय दूतावासबाट आएको पत्र लुकाएको भन्दै प्रधानमन्त्रीले सार्वजनिक भाषण नै गर्नुपर्यो ।

एयरलाइन्स सुधार्ने र फ्लाइङ स्कूल संचालन गर्ने
मन्त्रीको सपथ खाएर पदभार ग्रहण गर्ने क्रममा भट्टराईले आम जनतालाई नेपाल एयरलाइन्सको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसपछि पटक-पटकका कुराकानीमा उनले एयरलाइन्सको सुधार नै आफ्नो मुख्य अर्जुनदृष्टि रहेको दोहोर्याएका छन् ।

बुधवार उनले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरे । आफ्नै मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले ५० लाख भन्दा बढी खर्च गरेर विदेशमा पाइलट पढ्न जानुपर्ने अवस्था सुध्रिने आशा देखाउँदै कम खर्चमा देशभित्रै गुणस्तरीय पाइलट उत्पादन गर्ने आफ्नो योजना रहेको बताए ।

लगानीका सन्दर्भमा भट्टराईले केही लगानी सरकारले गर्ने र अन्य लगानी वायुसेवा कम्पनीहरूबाट जुटाउने आफ्नो योजना रहेको सुनाए । भट्टराईमा आत्मविश्वास देखिन्छ । तर धेरैको आशंका भट्टराईले काम गर्नुभन्दा पहिला आशा र भरोसा बाँड्ने नेपाली नेताहरूको इतिहास बदल्ने कोशिस भने गरेनन् ।

जनता केही कुराबाट आजित छन् भने त्यो हो, नेताहरूको गफ । भट्टराईका योजनाहरूबारे अहिल्यै केही भन्नु छिटो हुनेछ, तर उनलाई जनताले जनताले शंकाको सुविधा भने दिनेछैनन् ।

\'पर्यटन मन्त्रालयमा पहिल्यैदेखि दर्जनौं अध्ययन अनुसन्धान र फाइलहरू अड्किरहेको विषयमा उहाँ पक्कै पक्कै पनि जानकार हुनुहुन्छ,\' एक पूर्व सचिव भन्छन्, \'उहाँका सामू केही गरेर देखाउनै पर्ने चुनौती छ । मन्त्रालयमा दर्जनौं फाइलहरू छन्, सयौंपटक अध्ययन हरू छन् र एयरलाइन्स लगायत समग्र देशको पर्यटन सुधारसम्बन्धी प्रतिवेदनहरू पनि छन् । उहाँको मुख्य चासो तिनीहरूको अध्ययन हुनुपर्छ ।\'

पहिल्यैदेखि भइरहेका अध्ययन, अनुसन्धान, त्यसको निष्कर्ष र पहिल्यैदेखि तयार गरिएका कार्ययोजना हेर्नु मन्त्रीको मुख्य काम हुने उनको दाबी छ । \'ति डकुमेन्टहरू सही भए त्यही अनुसार जाने र गलत भए त्यसलाई सच्याएर नयाँ कार्ययोजना तयार गर्ने उहाँको मुख्य काम हो,\' उनले भने, \'तर बिडम्बना के छ भने अन्य मन्त्रीहरू जस्तै नयाँ नयाँ आशा देखाउनतिर उहाँ लाग्नुभएको छ । यो मोडेल नेपालको सन्दर्भमा फेल भइसक्यो ।\' 

काम गरेर देखाउने जोश !
मन्त्री भट्टराईमा केही गरेर देखाउने जोश छ । १५ साउनमा मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री भट्टराईले हरेक दिनजसो नेपाल वायुसेवा निगमका अधिकारीहरूसँग छलफल गरेका छन् । जानकार व्यक्तिहरूसँग सुझाव मागेका छन् । सञ्चारकर्मीहरूसँग सहयोग मागेका छन् भने हप्तादिन नबित्दै केही योजनाहरू सार्वजनिक गरिसकेका छन् ।

भट्टराई नेपाल वायुसेवालाई विश्वकै नमुना बनाउने भन्दै दाबी गर्छन्,\' म नेपाल वायुसेवा निगमलाई जहाजकै उचाईमा पुर्याउँछु ।\'

उनी थप्छन्, \'गाउँतिर कालिज मार्न भरुवा बन्दुक लिएर जान्छन्, अब भरुवा बन्दुक लिएर जाने होइन । एक महिनाभित्र निशाना जहाँ लगाउने हो त्यहीँ लगाउने गरी काम गर्न निर्देशन दिएको छु ।\' तत्काल एक्सनमा जाने भट्टराईको योजना छ । उनले निगमको कार्यकारी अध्यक्ष लगायत कर्मचारीलाई विजनेश प्लान, आन्तरिक उडानका लागि ल्याइएका ग्राउण्डेड जहाज उडान गर्न र विमानस्थलमा सुविधायुक्त अत्याधुनिक बस संचालनमा ल्याउन निर्देशन दिइसकेको बताए ।

भट्टराईले मंगलवार एनएसीको पुर्नसंरचनालाई अघि बढाउनकै लागि भनेर पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय सुधार अध्ययन कार्यदल गठन गरिसकेका छन् । उनी भन्छन्, ‘मैले साउन १५ गते नेपाल वायुसेवा निगमलाई वाह ! नेपाल वायुसेवा निगम बनाउँछु भनेको थिए । त्यसैले मैले धेरै बैठक निगमकै पदाधिकारीसँग गरे । समाधान खोज्नका लागि कार्यदल पनि बनाएको छु ।\' योजनाको फेहरिस्त छ उनीसँग ।

कार्यान्वयन गर्ने चुनौती
माथि नै भनिसकियो, भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्रीसम्म नपुग्ने देश हो यो । यहाँको कर्मचारीतन्त्र राजनीतिक नेतृत्वभन्दा बढी शक्तिशाली छ । हाल रिटायर्ड पर्यटन मन्त्रालयकै पूर्वसचिव भन्छन्, \'अझ दलाल तन्त्र त कर्मचारीतन्त्र भन्दा बढी शक्तिशाली छन् । यस्तो अवस्थामा मन्त्रीज्यूलाई आफ्ना योजना कार्यान्वयन गर्न प्रशस्त चुनौती हुनेछ ।\'

भट्टराई पहिलोपटक मन्त्री बनेका छन् यसैले उनीसँग मन्त्रालय सम्हालेको या नजिकबाट काम गरेको कुनै अनुभव छैन । यो उनीमाथिको थप चुनौती हो । अनुभवहीनताबाहेक पर्यटन मन्त्रालयमा उनका सामु देखिने केही मुख्य चुनौतीहरूको सामना गर्नुपर्नेछ उनले ।

पहिलो हो पर्यटन वर्ष २०२० को सफलता । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउनुपर्नेछ । यसलाई मन्त्रालय मात्र होइन, सरकारकै सफलतासँग जोडेर हेर्ने गरिएको छ । सन् २०१८ मा नेपालमा १० लाख हाराहारी पर्यटकहरू आए ।

२ वर्षमा यो संख्या २० लाख पुर्याएर नेपाल पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हो भन्ने संदेश विश्वलाई दिनु भनेको सानो चुनौती होइन । भट्टराईले यो चुनौती कसरी पार लगाउनेछन्, त्यो आगामी दिनमा देखिदै जानेछ ।

भट्टराई सामु दोस्रो चुनौतीका रूपमा नेपाल वायुसेवा निगमलाई युरोपको कालो सूचीबाट बाहिर निकाल्नु हो । लगातार ६ वर्षसम्म कालोसूचीमा रहेको नेपाल वायुसेवा निगम आन्तरिक रूपमा पनि पटक-पटक बदनाम भइरहेको छ । एक वर्षअघि आएका दुईवटा वाइडबडी विमान गन्तव्य अभावमा छोटो दूरीमा उड्न बाध्य छन् भने घाटाको रकम अर्बौंमा पुगिसकेको छ ।

हुन त मन्त्री भट्टराईले पदभार ग्रहण गर्दाखेरि नै नेपाल वायुसेवा निगमलाई ‘वाह!’ भन्ने बनाउँछु भनेर सार्वजनिक प्रतिवद्धता जनाएका छन् । त्यतिले मात्र पुग्नेवाला छैन । यसमा उनको लगनशीलता, पारदर्शिता र इमान्दारीता झल्किनुपर्नेछ । फेरि छोटो समयमा सबै भइहाल्छ भन्ने पनि हुँदैन । यही चुनौतीलाई हल गरे भने भट्टराईमाथि गरिएको अपेक्षामाथि न्याय हुनेछ ।

यी लगायत भट्टराईसँग चुनौतीका अन्य पहाडहरू पनि धेरै छन् । सरकारले पछिल्लो समयमा ल्याएका विवादित विधेयक र कतिपय निर्णयका कारण सरकार रक्षात्मक स्थितिमा पुगेको कहीं कतैबाट छुपेको छैन । भट्टराई पनि यो विषयलाई हुबहु जान्दछन् । भट्टराईको हातमा सरकारको सफलता टिकेको छ ।

युवाका आशा
भट्टराईका समकक्षी राजनीतिज्ञ नेपाली कांग्रेसका नेता गगन थापाले भट्टराईको सफलता नयाँ पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको भन्दै शुभकामना दिए ।

फेसबुकमा एक स्ट्याटस लेख्दै गगनले भने, ‘दाइ ! संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरी मुरी शुभकामना ।\'

त्यस्तै नेकपाका अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि भट्टराईलाई मर्मस्पर्शी शुभकामना दिए । भट्टराईले आजसम्म लिएका सबै जिम्मेवारी पूरा गरेको भन्दै पर्यटनमन्त्रीका रूपमा पनि त्यही अनुसार जिम्मेवारी पूरा हुनेछ भन्ने अपेक्षा भुसालको छ ।

बुधवार फेसबुकमा एक स्ट्याटस लेख्दै भुसालले भने, ‘कमरेड योगेश भट्टराई, तपाईंलाई बधाई छ । तपाईंले आजसम्म लिएका हरेक ज़िम्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो ज़िम्मेवारी पनि त्यही योग्यताका साथ सम्पन्न हुनेछ । हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन् । र, हामी जानुपर्ने टाढा छ ।’

अर्की युवा नेतृ रामकुमारी झाँक्रीले भट्टराईलाई आगोको भुंग्रोमा परेको भन्दै सचेत गराइन् । यी त सामान्य उदाहरणहरू भए, सामाजिक सञ्जाल प्रयोग गर्ने हजारौं युवायुवतीहरूले भट्टराईलाई सफलताको शुभकामना दिएका छन् । हजारौं शुभकामनाको भारी बोकेका भट्टराईले कामबाट सबै शुभकामनामाथि न्याय गर्लान् या नगर्लान् त्यो निश्चय पनि भविष्यको काँधमा छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy