Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हङ्‍कङ तनाव: एघारौँ हप्ता पनि प्रदर्शन जारी, चीनले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने आशङ्का

हङ्‍कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ।

प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्‌कङ विमानस्थल पुन: सञ्चालनमा आएको छ।

मङ्गलवार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्‌कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो। मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो।

त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए। प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए।

एक प्रदर्शनकारीले आफूहरूसँग हतियार भएको अस्वीकार गर्दै भने, \"यहाँ नारा लागेको छ। मैले त कुनै हतियार देखिनँ। उनीहरू केवल शान्तिपूर्ण रूपमा नाराबाजी गरिरहेका छन्।\"

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट धर्नाकारीलाई हटाउन अदालतले विमानस्थलको अधिकारीहरूलाई अनुमति दिएको छ।

चीनले के गर्ला?
यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्‌कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।

चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ।

कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन्।

तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्‍कङमा सैनिक कारबाही गर्ला त?

बेसिक ल भनिने हङ्‍कङको सङ्क्षिप्त संविधान यसबारे प्रस्ट छ। सो संविधान सन् १९९७ मा यूकेले सो भूभाग चीनलाई हस्तान्तरण गरेपछि लागु भएको हो।

चिनियाँ सैनिक हस्तक्षेप त्यतिखेर मात्र हुनसक्छ जतिखेर हङ्‍कङ सरकारले त्यसका लागि आग्रह गर्नेछ र त्यसको उद्देश्य \"सार्वजनिक कानुन व्यवस्था कायम गर्न र विपद्‌मा राहत पुर्‍याउन\" हुनेछ।

बेइजिङलाई समर्थन गर्ने हङ्‍कङ सरकारले पनि त्यस्तो आग्रह गर्न खोज्ला भन्ने कुरा असोचनीय भएको अधिकांश विश्लेषक ठान्छन्।

सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्‍कङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ। त्यसले हङ्‍कङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ।

के भन्छ चीन?
सन् १९९७ यता हङ्‍कङमा चिनियाँ जनमुति सेनाका झन्डै पाँच हजार सैनिक छन्।

चीन अध्येता एडम नी भन्छन् - हङ्‍कङस्थित चिनियाँ सेनाको ग्यारिसन केवल चीनको सार्वभौमिकताको प्रतीकको रूपमा राखिएको छ।दलेर प्रदर्शनमा घुसपैठ गरेको स्वीकार
तर जुलाई ३१ मा सो ग्यारिसनले मौनता भङ्ग गर्दै एउटा भिडिओ सार्वजनिक गर्‍यो। त्यो भिडिओमा \'सबै परिणामका लागि तिमी नै जिम्मेवार\' भन्दै सैनिकहरू प्रदर्शनकारीतर्फ लम्किएको देखिन्छ।

त्यसलाई चीनको एउटा चेतावनीको रूपमा अर्थ्याइयो।

कतिपयले त्यसलाई चीनले हस्तक्षेप गर्ने डर देखाएर प्रदर्शनकारीलाई गलाउन खोजेको प्रयासको रूपमा हेरे।

हालसम्म चीनको हङ्‍कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्नेमा विश्वास प्रकट गरिरहेको छ।

तर सो कार्यालयका प्रवक्ताले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै आगोसँग खेल्नेहरू त्यसैमा खरानी हुने बताएका थिए।

सैनिक हस्तक्षेपका अतिरिक्त चीनले राजनीतिक दबाव तथा प्रदर्शनकारीहरूलाई व्यक्तिगत निसानामा पार्ने जस्ता कार्य पनि गर्न सक्नेछ।

बिबिसि, नेपालीबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending