फाल्गुन ११ गते, २०७१ सोमवार 23rd February, 2015 Mon०९:१७:२० मा प्रकाशित
सैफअलि खान अभिनित चलचित्र “एजेंट बिनोद”का निर्देशक श्रीराम राघवन द्वारा निर्देशित फिल्म “बदलापुर” यो साता बलियुड सिने नगरिमा रिलिज भएको बहुअपेक्षित चलचित्र हो । कथावस्तु सस्पेन्स राखिएको बदलापुरको कथा फिल्मको नाम सँग आधारित छ । बदलापुर शब्दको पुर लाई हटाएर बदला लाई फोकस गरिएको चलचित्र बदलापुरमा चक्लेटी नायकका रुपमा परिचित मोडल वरुण धावन र यामी गौतम को मुख्य भुमिका छ भने, नवाजुद्दिन सिद्दिकी खलनायकको भुमिकामा देखिएका छन् । थ्रिलर कथाबस्तुमा आधारित दिनेश विजान र सुनिल लुल्ला द्वारा निर्मित फिल्ममा सचिन जिगरको सँगित दमदार ढँगको छ ।
बलियुड चलचित्र नगरिमा बदलाको कहानिमा आधारित फिल्महरु धेरै बनेका छन्। “बदलापुर” पनी एउटा यस्तै एकजना व्यत्तिको जिवनमा घटेको बदलाको कहानिमा आधारित फिल्म हो ।
कथावस्तु
“बदलापुर” एक विज्ञापन ऐजेन्सीमा कार्यरत व्यक्ति रघु(वरुण धावन)को बदलाको कहानिमा घुमेकाे हुन्छ । फिल्मको सुरुमै रघुकी श्रीमती मिशा(यामी गौतम) र छोरा रोविनको बैँक डकैतिको क्रममा हत्या हुन्छ । दुई जना चोर लायक(नवाजुद्दिन सिद्दिकी) र हरमन(विनय पाठक) ले घुम्न निस्केकी मिशालाई गोली हानी हत्या गरिदिन्छन् । त्यही बेला कारमा सवार छोरा रोबिनको पनि कारबाट झरेर मृत्यु हुन्छ । घटनाको क्रममा पुलिसले लायकलाई गिरफुतार गरेर जेल हाल्छ र हरमन भने फरार हुन्छ । उता रघु भने आफ्नी पत्नि र छोराको मृत्युको बदला लिन जागिर छोडेर बदलापुर जान्छ । र लायकको रिहाईको पर्खाइमा हुन्छ । १५ बर्ष लामो पर्खाई पछी लायकको रिहाइ हुन्छ । र रघुले बदला लिन सफल हुन्छ । कथामा कलकारहरु झिमेली(हुमा कुरैशी) र शोभा(दिव्या दत्ता) पनी मुख्य भुमिकामा छन् । बदलाले रघुको जिवनमा ठुलै परिवर्तन ल्याइदिन्छ । के परिवर्तन हुन्छ? जान्नका लागी हलसम्मै पुग्ने कष्ट गर्नु पर्छ ।
निर्देशन
श्रीराम राघवनको निर्देशनमा बनेको यो चौथो फिल्म हो । फिल्म निमार्णमा राघवनले निकै ठुलो मेहेनत गरेको देखिन्छ । फिल्मको दोश्रो भागमा कथालाई निकै रफ्तारमा जसरी लिएका छन् त्यसले दर्शकलाई समयको कुनै प्रवाह नै नगराइकन सिटमा बाँधिराख्न मद्दत पु¥याएको छ । निर्देशन काे हिसाबले फिल्म पुरै सफल छ ।
स्टार पर्फोमेन्स
वरुण धवनले बलियुड सिने क्षेत्रमा चक्लेटी हिरोको रुपमा बनाएको छविलाई यो फिल्मबाट ब्रेक थु्र गरेका छन् । फिल्म हेरेपछी दर्शकले उनको मे हुँ तेरा हिरोको रोललाई पुरै फरक देख्नेछन् । फिल्म हेर्दा थाहा हुन्छ वरुणले रघुको भुमिका निर्वाहाका लागी राम्रै मेहेनत गरेका छन् । दर्शकले कतै कतै वरुणले यस्तो सिरियस प्रकारको रोलमा खेल्नका लागी केही थप मेहेनत गर्नुपर्ने पनी महसुस गर्न सक्नेछन् । नवाजुद्दिन को एक्टिङ पनी निकै तारिफ गर्न लाएक छ । उनले फिल्ममा नायकको भुमिकामा अरु कोही पनी नरहेको साबित गरिदिएका छन् । अन्य कलाकारहरु जस्तैः विनय पाठक ले आफ्नो सिरियस भुमिका निर्वाह गरेका छन् । हुमा कुरैशी, दिव्या दत्ता र राधिका आप्टे ले पनी निकै राम्रो कला प्रस्तुत गरेका छन् । तर मुख्य भुमिकामा रहेकी यामी गौतमको भने धेरै सानो समय मात्रै फिल्ममा देखिन पाएकी छन् । जस्ले गर्दा केही कमि रहेको आभास हुन सक्छ ।
सँगितको हिसाबले पनी फिल्म निकै सफल बनेको भन्न सकिन्छ । आतिफ असलमको आवजमा रहेको “जिना जिना” र दिव्यकुमारीको आवाजमा रहेको “जि करदा” फिल्म रिलिज हुनु पुर्वनै निकै चर्चामा आइसकेका थिय ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: