Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेसँगै वरिष्ठ नेता माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य, भिम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव ल्याएका छन् ।

नेता नेपालले नेकपाको सचिवालयमा महिला सहभागीता नभएको, तत्कालिन एमालेको सबै भन्दा पुरानो,  प्रभावशाली नेतृ तथा दोश्रो कार्यकाल उपाध्यक्षमा निर्वाचित भएकाले अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका हुन् ।

एमालेमा सबै भन्दा धेरै मत ल्याएर उपाध्यक्ष जितेका भिम रावल र दोश्रो कार्यकाल पदाधिकारी निर्वाचित भएका युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको माग छ ।
‘एउटै महाधिवेशनबाट जितेका एक जना उपाध्यक्षले सचिवालयसहित किसान महासंघ, संगठन विभाग र उपाध्यक्षको जिम्मेवारी पाउने अरुले कुनै भूमिका नपाउने भन्ने कुरा न्यायोचित भएन, अष्टलक्ष्मी, युवराज ज्ञवाली र भिम रावललाई सचिवालयमा ल्याउनुपर्छ’, नेता नेपालले सचिवालय बैठकमा भनेका थिए । नेता नेपालको प्रस्ताव माथी आजै बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुनेछ । हाल नेकपामा अध्यक्षद्धय केपी ओली र प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, राम बहादुर थापा र बिष्णु पौडेल सचिवालयमा छन् ।

गौतमलाई उपाध्यक्ष बनाउने र झलनाथ खनाललाई तेस्रो वरियताको कुरा आएपछि नेपाल चिडिएका छन् । शाक्य, ज्ञावली र रावलका अलावा नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षको प्रस्ताव आइतबार बैठकमा लैजानका लागी आफुपक्षिय नेताहरुसँग छलफल गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending