Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बाबुराम र भीम रावलको दोहोरी : झापा आन्दोलन र थारु आन्दोलन कस्तो ?

काठमाडौं । केहि दिनदेखि सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपाका नेता एंव पूर्वगृहमन्त्री भीम रावलबीच निकै कटाक्षपूर्ण खालको दोहोरी चलेको छ । गत भदौ ७ मा टिकापुर सभामा भट्टराईले दिएको अभिव्यक्ति पछि यी दुई नेताबीच सामाजिक सञ्जालमा दोहोरी चलेको हो ।

बाबुरामले टिकापुर सभामा दिएको अभिव्यक्तिलाई सामाजिक सद्भाव भड्काउने अराजनीतिक अभिव्यक्ति भएको भन्दै भीम रावलले आलोचना गरेका थिए । उनले भट्टराईलाई साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले बाबुरामलाई ‘कति मानिस मारिएपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् ।

एकलजातीय अहंकारवादी सोंच : बाबुराम

सामाजिक सञ्जालमार्फत नै भट्टराईले भीम रावलको टिप्पणी प्रति आपत्ति जनाउँदै टिप्पणी जातिवादी पाखण्ड भएको बताएका छन् । उनले भीम रावललाई अहंकारवादी एकलजातीय सोंच भएको नामको कम्युनिष्ट भनी टिप्पणी गरेका छन् ।

बाबुरामले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मार्क्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष हैन सपेक्ष हुन्छ भन्छ ! न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्छ ! नाउँ ‘कम्युनिष्ट पार्टी’ राख्ने तर कुरा यस्तो एकलजातीय अहंकारवादी गर्ने ?’

\'झापा आन्दोलन भजन गाएर भएको थियो ?\'

समाजवादीका नेता डा. बाबुराम भट्टराईले भीम रावलको भनाईप्रति पुनः टिप्पणी गर्दै, ‘झापा आन्दोलन भजन गाएर भएको थियो ?’ भनि प्रश्न गरेका छन् । उनले रावललाई थारुहरुको जमीन खोसेर कमैया बनाउने प्रक्रिया कम्युनिज्म हो भनि प्रश्न गरेका छन् । भट्टराईले रावललाई अन्य भाषा भाषीका मानिसहरुको पीडालाई समेत बुझ्न आग्रह गरेका छन् ।

दिल्लीमा दिक्षीत बाबुरामलाई निर्दलीय व्यवस्था र गणतन्त्रमा फरक छुट्याउन गाह्रो हो ? : रावल

विभिन्न जात जाति र भाषा–भाषीहरुको अधिकार प्राप्तीकै लागि झापा आन्दोलन भएको बताउँदै नेकपा नेता भीम रावलले भट्टराईलाई गणतन्त्र र निरंकुश व्यवस्थाभित्रको भेद छुट्याउन नसकेको टिप्पणी गरेका छन् ।

उनले दिल्लीमा शिक्षित भएको व्यक्तिले पनि यति नबुझेको पनि कटाक्ष गरेका छन् । ‘निरंकुश निर्दलीय व्यवस्था विरोधी झापा विद्रोह र बाबुरामजी संलग्न रही बनेको संविधान अन्तरगत उहाँ नै प्रमं र सांसद भइसक्नु भएको व्यवस्था बीचको अन्तर दिल्लीमा शिक्षित व्यक्तिले बुझ्नु हुन्न र ? थारूको जग्गा बाबुरामजीले कम्युनिष्ट रहँदा खोसेको सम्झँदै अरूलाई आरोप लगाउनु भएको हो कि?’ रावलले प्रश्न गरेका छन् ।

यस्तो थियो टिकापुरमा बाबुरामले दिएकाे अभिव्यक्ति , जसकाे आलाेचना सामाजिक सञ्चालमा भयाे

समाजवादीका नेता बाबुराम भट्टराई र नेकपा नेता भीम रावलबीच दोहोरी चल्नुको कारण भट्टराईको टिकापुरमा दिएको अभिव्यक्ति हो । गत भदौ ७ मा थारुवान–थारुहट संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको उद्घाट कार्यक्रममा बोल्दै गर्दा भट्टराईले ०७२ भदौ ७ मा भएको टिकापुर हिंसाको घटना थारुहरुको अधिकार प्राप्तिको आन्दोलन भनि टिप्पणी गरेका थिए । उनले टिकापुर हिंसालाई आधार बनाएर थारुहरुको आन्दोलनलाई सिध्याउने काम भएको बताएका थिए ।

‘२०७२ भदौ ७ गते थारुहरुले आफ्ना माग राख्ने क्रममा टीकापुरमा हिंसात्मक दुःखद घटना भयो, ‘त्यसलाई हिंसाको रुपमा व्याख्या गरेर आन्दोलनलाई सिध्याउने काम भयो, अनि तपाईले झापामा मच्चाएको हिंसालाई चाहिँ कसरी राजनीतिक भनेर व्याख्या गरेको ?’बाबुरामले सत्तारुढ पार्टीलाई प्रश्न गरेका थिए ।

\"\"/
भदाै ७ मा भएकाे टिकापुर सभा ।

भट्टराईले १० वर्षे जनयुद्धलाई राजनीतिक आन्दोलन ठान्ने प्रचण्ड र बादलले टिकापुर घटनालाई लिएर रेशम चौधरीलाई जेल हालेको प्रति आपत्ति जनाए । उनले सो सभामा थारुहरुलाई कोरा शान्तिको पछाडि नहिड्न पनि सुझाएका थिए । उनले अधिकार प्राप्तिका लागि आन्दोलन चर्काउन आह्वान गरेका थिए । ‘सद्भावको नारा आन्दोलनकारीले फैलाउने नभई राज्यले वातावरण तयार गर्नुपर्छ, सद्भावको नारा बाँडेर आन्दोलन सफल हुँदैन, त्यसका लागि फेरि पनि आन्दोलन चर्काउन आवश्यक छ’,भट्टराईले भनेका थिए । उनले सो सभामा बाहुनहरुले अरु जातिलाई भुलाएर एकलौटी राज्य कब्जा गरेको बताएका थिए ।

थारुहरुको राष्ट्रिय सभाको उद्घाट सत्रमा राजपाका नेता लक्ष्मणलाल कर्ण, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरण, थारु अगुवा लक्ष्मण चौधरी, चर्चित पत्रकार खगेन्द्र संग्रौला, किशोर नेपाललगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने बत्ताहरुले थारुहरुलाई आन्दोलनको लागि तयार रहन सुझाएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy