Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

खबरडबली समाचार प्रभाव: ३० लाख नगदसहित एक कठ्ठा जग्गा घुस मागेका डिएसपी हेडक्वार्टर तानिए

\"???????????????????????????????\"१२ असार, रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश कुमार पोखरेल आर्थिक लेनदेन विवादमा मुछिएको समाचार खबरडबली प्रकाशित गरेपछि प्रहरी प्रधान कार्यालयले छानबिनको लागि उनलाई काठमाडौ तानेको छ  । आर्थिक लाभका लिनका लागि कृते मुद्दा खडा गरी एक ब्यक्तीलाई गैरकानुनी रुपमा थुनामा राखी आर्थीक चलखेल गरेको खुलेपछि डिएसपी पोखरेल आर्थिक लेनदेन विवादमा मुछिएको खबरडबलीले शुक्रबार समाचार सार्वजनिक गरेको थियो । आर्थिक लेनदेनबारे प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालसमक्ष गुनासो पुगेपछि आइजीपीको ठाडो निर्देशनमा उनलाई तत्काल काजमा भैरहवास्थित लुम्बिनी अञ्चल प्रहरी कार्यालय तानिएको थियो । उनी अञ्चलमा हाजीर नहुँदै हेडक्वार्टर काज गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनी काज सरुवा भएपनि अझैसम्म जिल्ला प्रहरी कार्यालय छाडेका छैनन् । उनी अहिले पनि जिल्लामा असुली र आर्थीक लेनदेनको विवाद सल्टाउन परामर्शमा व्यस्त छन् । आगामी साउनमा जागिरबाट अवकास हुन लागेका डिएसपी पोखरेलले जिल्लामा आर्थिक लाभ लिन बर्दी र पदीय दुरुपयोग गर्दै प्रहरी संगठनलाई बदनाम गरेको गुनासो बढ्दै गएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआईजी पकंज श्रेष्ठलाई फोनमार्फत डिएसपीलाई तत्काल काज सरुवा गरेर थप अनुसन्धान गर्न आदेश दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । यस्तो छ उनको पछिल्लो कर्तुत पछिल्लो घटना विवरण अनुसार डिएसपी पोखरेलले ठगी र बाउन्स चेकको उजुरी परेका बुटवल उपमहानगरपालिका ७ सुख्खानगरका संजय जिसीलाई यी दुई मुद्दामा थुनामा राख्न नमिल्ने भएपछि अर्को किर्ते मुद्दा प्रहरीमाथी हातपात गरेको अभियोग लगाएर सार्वजनिक मुद्दा चलाएका थिए । ठगी मुद्दा आदलत र बाउन्स चेक राष्ट्र बैंकको कार्यक्षेत्र भित्र पर्दछन् । तर डिएसपी पोखरेलले गत जेठ १५ गते जिसीलाई बुटवलबाट पक्राउ गरी तीन दिनसम्म गैरकानुनी रुपमा थुनामा राखेर जेठ १९ गते प्रहरी माथी गालीगलौज र हुलहुज्जत गरेको किर्ते अभियोग लगाई थप १० दिनसम्म थुनामा राखेका थिए । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यम बहादुर बोहोराले तयार पारेको उक्त प्रतिबेदनमा समेत कुन प्रहरीलाई के गाली गलौज वा हुलहुज्जत गरे भन्ने किटानी उल्लेख छैन । जुन दिन चेकजाचको क्रममा प्रहरी माथी हुलहुज्त तथा गालीगलौज गरेको भनेर सार्वजनिक मुद्दा लगाईएको छ, त्यसको तीनदिन पहिले नै आफू प्रहरी हिरासतमा रहेको पीडित संजय जिसीको दाबी छ । आफूले गर्दै नगरेको अभियोग लगाई गैरकानुनी रुपमा थुनामा राखेर आफूले खरिद गरेको जग्गा फिर्ता गराएर डिएसपीले अर्को पक्षबाट ठूलो आर्थिक लाभ लिएर आफूलाई अन्यायमा पारेको पीडित जिसीले बताए । उनले गत फागुनमा भैरहवास्थित सिद्धार्थनगर नगरपालिका भुजौलीमा राजबहादुर गुरुङसँग १ बिगाह १८ कठ्ठा १३ धुर जग्गा खरीद गरेका थिए । १ करोडमा खरिद गरिएको उक्त जग्गाको बैना स्वरुप २ लाख नगद दिएर ९८ लाखको ब्याक डेटको मितीमा चेक दिएर जिसीले गुरुङ्गबाट जग्गा आफ्नो नाममा गराएका थिए । ‘बैना सहमतीअनुसार चेकको मितीसम्म सबै रकम बुझाउने र रकम भुक्तानी भएपछि पछि चेक फिर्ता गर्ने सहमती भएको थियो’ पीडित जिसीले भने ‘सहमती अनुसार मैले नगद रुपैयाँ दिँदै गएँ आधाभन्दा बढी रकम भुक्तानी भएपछि प्रहरीसगँ मिलेर बाउन्स चेक दिएको भनेर षडयन्त्र रचियो ।’ सहमती अनुसार आफूले आधाभन्दा बढी रकम दिएको र बाँकी रकम पनि तत्काल बुझाउँछु भन्दा भन्दै प्रहरीले झूटो अभियोगमा थुनामा राखेर जबरजस्ती जग्गा फिर्ता गराएको उनको गुनासो छ । उनको मायादेवी ट्रेड ईन्टरप्राईजेज प्रालीको नाममा खरिद भएको उक्त जग्गा प्रहरीले जेठ २८ गते गुरुङकी श्रीमती इन्द्र शोभा माया गुरुङको नाममा फिर्ता गराएको छ । १० दिनसम्म सार्वजनिक मुद्दामा थुनामा राखेर जेठ २८ गते जिल्ला प्रसासन कार्यालय रुपन्देहीबाट २ हजार धरौटी राखी साधारण तारेखमा छुटेका जिसीलाई प्रहरीले आफ्नै गाडीमा राखेर सोझै जिल्ला मालपोत कार्यालय रुपन्देहीमा लगेर जग्गा नामसारी गराएको थियो । यस बापत् डिएसपी पोखरेलले गुरुङसँग ३० लाख रुपैयाँ नगद र १ कठ्ठा जग्गामा डिल गरेको जिल्ला प्रहरी कार्यालय स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy