Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मेलम्ची खानेपानी आयोजना : मुख्य सचिवले गर्दा प्रधानमन्त्री अफ्ठेराेमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए ।

आजको नागरिक दैनिकमा खबर छ - मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति नोट बुकमा लेख्न लगाएको थिए तर त्यसको केही समयमै मेलम्चीको ठेक्का पाएको इटालियन कम्पनी सिएमसी नेपालबाट भाग्यो,‘प्रधानमन्त्रीले बैठकमा भनेका थिए,‘सचिवले ठेकेदार कम्पनी भाग्नुभन्दा अघिकै मितिमा आयोना सम्पन्न हुने ब्रिफिङ गरेका थिए । सचिवले मलाई ढाँटे । जिम्मेवार व्यक्तिले गलत ब्रिफिङ गर्दा रहेछन् । राजनीतिक तहबाट सरकारलाई बदनाम गर्ने खेल पहिलेदेखि नै हुँदै आएको हे तर पछिल्लो समय सरकारी निकायबाटै भएको छ ।’

प्रधानमन्त्रीले सरकारलाई ढाँटेको भनेर खानेपानी सचिवलाई देखाएपनि यो सचिवमा मात्र सीमित छैन् । मेलम्ची खानेपानीलगायतका आयोजनामा खानेपानीमन्त्री बिना मगर र तत्कालिन मचिव ठाकुरबीच स्वार्थ नमिलेका कारण विवाद बढेपछि मन्त्रालयअन्तर्गतका आयोजनाका उच्च अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई यस विषयमा जानकारी गराएका थिए तर रेग्मीले यो कुरा प्रधानमन्त्रीसमक्ष पु¥याएनन् ।

‘मन्त्री र सचिवको झगडाले आयोजना पनि प्रभावित हुने भएपछि हामीले यस विषयमा मुख्य सचिवलाई पनि जानकारी गराएका थियौ,’ आयोजनाका एक वरिष्ठ कर्मचारीले भने,‘तर पछि कम्पनी भागीसकेपछि प्रधानमन्त्री ज्यूले आचर्य व्यक्त गर्नुभयो । मुख्य सचिवले यो विषयलाई किन संवेदनशील रुपमा लिनभएन, हामी पनि आश्चर्यमा छौं ।’

यस्ता धेरै काममा नीति र कार्यान्वयनबीच पुलको रुपमा काम गर्नुपर्ने मुख्य सचिव र प्रधानमन्त्रीबीच समन्वय नहुँदा सरकारका थुप्रै निर्णय निष्प्रभावी र विवादित बन्ने गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE