Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

काभ्रेपमा दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताए । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमीनको खोजीमा छौँ”, नगरप्रमुख खरेलले भने । पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

उनी विसं २०४९ र २०५४ मा नेकपा (एमाले)का तर्फबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नगप्रमुख खरेलले नगरका अगुवालाई सालिक निर्माणार्थ उपयुक्त स्थान पहिचान गर्न आग्रहसमेत गरेका छन् । उनका अनुसार बानियाँको स्मृतिमा चौतारो तथा सापकोटाको सालिक निर्माण गर्न छुट्याइएको बजेटबाट एकै स्थानमा दुवैको सालिक बनाइने भएको हो ।

सापकोटालाई भने करीब २० वर्षअघि पाँचखाल गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले बेपत्ता बनाएको थियो । विसं २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रममा ‘सफाया’ गरेको घोषणा गरिएको थियो ।

सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय थिए। शहीद सापकोटाका पत्नी र दुई छोरी छन् । सापकोटाको पत्नी सरिताले सालिक निर्माणले आफूलाई अनाथ महसुस हुनबाट जोगाएको बताए । सापकोटा परिवारले ‘नेपालका शहीद’मा सूचीकृत गर्न माग गर्दै आएको छ । उहाँको सम्झानामा केही वर्षअघि उनकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending