चितवन । उपराष्ट्रपति नन्द बहादुर पुनले स्वदेशमै उपचार सम्भव रहेकाले यसलाई थप प्रभावकारी बनाउँदै जानु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘सबै उपचार सेवा नेपालमै उपलव्ध छ । विशेष परिस्थितिबाहेक सबैले स्वदेशमै उपचार गराउनु पर्छ, रोग पूर्ण ठीक हुनुमा चिकित्सक र स्वयम् बिरामीमा आत्मविश्वास हुनु पर्छ ।’
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २० औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सबै नागरिकले विशेष परिस्थितिबाहेक स्वदेशमै उपचार गर्नु पर्नेमा जोड दिएका हुन् ।
आफूलाई उपचारका लागि विदेशमा लैजाने तयारी भइरहेको अवस्थामा आफूले नेपालमै उपचार गराएको भन्दै उनले सबै नागरिकले स्वदेशमै उपचार गराउनु पर्ने बताए । क्यान्सरको उपचार स्वदेशमै सम्भव रहेकाले यसलाई थप प्रभावकारी बनाउँदै जानु पर्नेमा उपराष्ट्रपति पुनले जोड दिए ।
उनले अन्य देशबाट क्यान्सर उपचारका लागि नेपाल आउने वातावरण बनाउन केही सुधार आवश्यक रहेको उल्लेख गरे । अझै पनि क्यान्सर उपचारका लागि विदेशमा जाने प्रचलन नरोकिँदा अर्बौं रुपैयाँ विदेश गइरहेको भन्दै उपराष्ट्रपति पुनले यसलाई रोक्नु पर्नेमा जोड दिए ।
उनले थप सेवा बिस्तार गर्दै क्यान्सर अस्पताललाई क्यान्सर इन्ष्टिच्युट बनाउनु पर्नेमा जोड दिएका छन् । क्यान्सर इन्ष्टिच्युट बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । नेपालको गर्व गर्नलायक अस्पतालको रुपमा विकास गर्न र सेवासुविधा बिस्तारका लागि आफूले सक्दो सहयोग गर्ने पुनले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: