Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सामाजिक सञ्जाल सुन्न र हेर्न नसकिने भएकाे छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदै नभएका विषयलाई सामाजिक सञ्जालमा भाइरल बनाएर नेतालाई हैरानी पारिएको भन्दै गुनासो पोखेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुलाई मार्नुपर्ने, जिउँदै कोपर्ने, रगत पिउनुपर्छ भन्नेलाई के गर्ने भन्दै पत्रकारसँग नै जिज्ञासा राखे। उनले भने, ‘हेर्नै नसक्ने र सुन्नै नसक्ने कुराको जसरी विकास भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ।’ न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएको प्रति उनले दुःख व्यक्त गरे।

नेताहरुले प्रतिवाद गरेर पार लाग्ने विषय नभएको जनाउँदै उनले सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गरे। ‘नेतृत्वमा हुनेहरु हैरान परेशान हुने गरेका छन्। नेताको हालत के भएको होला,पत्रकारले सोच्नुहोला,’ उनको भनाइ थियो।

सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उनले थप भने, ‘यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ। हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ। कहिलेकाहीँ यसो हेरौ भन्ने हुन्छ। हेर्नै नसक्ने हुन्छ। आफै मात्रै खनिएको छ, खनिएको छ। कुनैकुनै कुरा यो त ठिकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि।’

सामाजिक सञ्जाल र मिडियामा आएका नकारात्मक प्रतिक्रियाका विषयमा भारतीय परराष्ट्रमन्त्रीसँग जोडिएको विषयलाई उनले उप्काए। ‘भारतीय परराष्ट्रमन्त्री बसेको होटलमा भन्दा अन्य कुनै होटल वा निवासमा भेट्ने कुरा राख्यौं। तर त्यो मिलाउन नसकेपछि भेट भएन,’ उनले भने, भारतको परराष्ट्रमन्त्रीसँग भेटिएन, तर मिडियामा खुसुक्क भेट्यो लेखे। होइन भन्यो कसैले सुन्नेवाला छैन।

साइनो सम्बन्धै नभएको कुराको प्रचार हुने गरेको भन्दै उनले दुःख व्यक्त गरे। नेपालमा सञ्चारमाध्यमको क्षेत्रमा अभुतपूर्व विकास भएको र अब अनलाइनको समय आएको बताउँदै उनले भने, ‘टिभी हेर्ने घटे। मैले पनि हेर्न छोडेँ। प्रिन्ट मिडिया ओरालो लागे। अस्तित्व धान्न धौधौ छ। हुँदाहुँदा ट्विटर र फेसबुकले अनलाइनलाई पछि पार्ने हो कि जस्तो भएको छ ।’

पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानमा राखिएको बताउँदै उनले सरकार सामाजिक सञ्जाल वा मिडियालाई नियन्त्रण गर्ने पक्षमा नभएको प्रस्ट्याए। पूर्ण प्रेस स्वतन्तत्राविरुद्धको विधेयक आए त्यो स्विकार्य नहुनेमा विश्वस्त तुल्याए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending