Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

युएइमा हृदयघातका कारण एक नेपालीको मृत्यु

\"Bimal१५ असार, यूएई ।  रोजगारीको सिलसिलामा १४ वर्ष अघि यूएई आएका बर्दिबास–४,  गौरीडाँडा, महोत्तरीका ४१ वर्षीय विमल विष्टको हृदयाघातका कारण मृत्यु भएको छ । रास अल खेमाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा सोमबार बिहान ८ः५० मा निधन भएको सहकर्मी टी।एन शर्माले जानकारी दिएका  छन् । अघिल्लो दिन सामान्य अवस्थामा सुतेका विष्ट रातको समयमा अलि ठूलो  आवाजमा घुरेको सोही कोठामा रहेका सहकर्मी नेपालीहरुले बताए । बिहान असहज अवस्थामा भेटिएका विष्टको उपचारका लागि आएको एम्बुलेन्सले प्राथमिक उपचार गर्ने क्रममा मृत घोषित गरेको सहयोगी शर्माले जानकारी दिए । विष्टको शवलाई स्थानीय सैफ अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शर्माका अनुसार कम्पनीले आवश्यक कागजात तयार पारी एक हप्ताभित्रै विष्टको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ । विष्टका तीन छोरीमध्ये जेठी छोरीले भर्खरै एसएलसी पास गरेको र उनका एक छोरा तीन वर्षका रहेको यूएईमै सेक्युरिटीमा काम गर्ने मृतकका भाइ विराट विष्टले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका कारण लामो समय यूएईमा बसेका विष्ट उच्च रक्तचापले पीडित भए पनि खानपिनमा विशेष ध्यान दिने गरेको सहकर्मीहरुले बताए । सबैसँग मिल्न सक्ने, हाँसखेल गर्न सदा अग्रसर बन्ने रसिक स्वभावका विष्टको असामयिक निधनले रास अल खेमाको नेपाली समुदाय स्तब्ध भएको सोही एरियामा बसोबास गर्ने नेपाल पत्रकार महासंघ, यूएईका कोषाध्यक्ष मेघराज सापकोटाले बताएका छन् । विष्टको निधनले परिवारमा पर्न गएको तत्कालको समस्या सभाधान गर्न राख अल खेमाबाट सहयोग अभियान चलाउने सहयोगी शर्माले जानकारी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies