काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै जान्छन् । भनिन्छ, नानीदेखि लागेको बानी । हो जस्तो आनि बानी तपाईंले आफ्ना बच्चालाई सिकाउनुहुन्छ बालबच्चा त्यस्तै हुन्छन ।
उनिहरुले गर्ने व्यवहार पनि त्यस्तै प्रकृतिको हुन्छ । तपाईंले बाल्यकालमा सिकाएको कुरा ठुलो हुँदासम्म पनि उस्तै बनेर जान्छ । त्यसकारण विद्धानहरु बालबच्चालाई सानैदेखि राम्रो शिक्षा दिक्षा र संस्कार सिकाउनुपर्ने बताउँछन् ।
आज हामी तपाईंलाई आफ्ना बालबच्चालाई के सिकाउँदा उनिहरुको भविष्य उज्जल हुन्छ भन्ने केहि टिप्सहरु दिँदै छौं । जान्नुहोस् यी कुरा सिकाउँदा बालबच्चाको भविष्य उज्जल बन्न सक्छ :
१. सही र गलतको फरक छुट्याउन सिकाउनुहोस् : बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।
२. आफुभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस् : सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।
३. धैर्य राख्न सिकाउनुहोस् : आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस। उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस ।
४. आफ्ना कुरा बाँड्न सिकाउनुहोस : बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ।
५. सहयोग गर्न सिकाउनुहोस : यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।
६. समयको कदर गर्न सिकाउनुहोस : आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।
७. धन्यवाद र माफ पाउँ भन्नु सिकाउनुहोस् : बच्चालाई धन्यवाद र माफ पाउँ भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ । यसले बालबच्चामा गल्ती गर्दा महसुस गर्ने र सहयोग पाउँदा कृतज्ञता व्यक्त गर्ने बानी पनि विकास हुन्छ ।
८. प्रार्थना गर्न सिकाउनुहोस : बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।
९. इमान्दार बन्न सिकाउनुहोस : बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...


प्रतिकृया लेख्नुहोस्: