काठमाडौं । एकपटक आचार्य विनोबा भावेको निवासमा उनलाई भेट्न एक जँड्याहा आइपुग्यो । उसले आचार्यलाई हात जोडेर भन्यो, ‘महात्माजी, यो रक्सीले मलाई मार्ने भयो । म यसलाई छाड्न चाहन्छु, तर यसले मेरो पिछा कहिल्यै छोड्दैन । त्यसैले तपाईं कुनै यस्तो उपाय बताउनुस्, जसले गर्दा यो रक्सीले मेरो पिछा छोडोस् ।’ आचार्य विनोबाले त्यस जँड्याहालाई अर्को दिन आउनू भन्दै बिदा गरे ।
त्यो मानिस जाँदाजाँदै आचार्यले भने, ‘भोलि आउँदा तपाईं मलाई बाहिरैबाट बोलाउनुस्, म आफैँ बाहिर आउनेछु।’
अर्को दिन त्यो जँड्याहा आयो र उसले बाहिरबाटै आचार्य विनोबालाई बोलायो । तर, आचार्य बाहिर निस्केनन् । बरु भित्रबाट उनको आवाज आयो, ‘हेर न मित्र, म कसरी बाहिर आऊँ ? यो खम्बाले मेरो पिछा छोडिरहेको छैन । म यसको जालबाट उम्किनै नसक्ने भएँ ।’
त्यो मानिसले आश्चर्य मान्दै भित्र चियाएर हे-यो, त्यहाँको दृश्य देखेर ऊ छक्क प-यो । भित्र आचार्य विनोबा खम्बा समातेर बसेका थिए । अनि उनी भनिरहेका थिए, यो खम्बाले मलाई छोड्नै मानिरहेको छैन । त्यो सब देखेपछि त्यस मानिसले आश्चर्य मान्दै भन्यो, ‘महात्मा, तपाईंले पनि कस्तो कुरा गर्नुभएको ? तपाईंले नै यो खम्बालाई समाइरहनुभएको छ अनि तपाईं नै भनिरहनुभएको छ कि यसले मलाई छोडिरहेको छैन । यसले तपाईंलाई समाएको हैन, तपाईंले यसलाई पो समाउनुएको छ । तपाईंले यसलाई छोड्नुभयो भने त यसले पनि तपाईंलाई छोडिहाल्छ नि ।’
यो सुनेपछि आचार्य मुस्कुराए र उसलाई सम्झाउँदै भने, ‘जसरी मैले यो खम्बा समाइरहेको थिएँ, त्यसैगरी तिमीले पनि रक्सीलाई समाइरहेका छौ । रक्सीले तिमीलाई हैन, बरु तिमीले रक्सी छोडिरहेका छैनौ । यसैले तिमीले रक्सी छोड्यौ भने रक्सीले पनि तिम्रो पिछा आफसेआफ छोड्नेछ ।’
आचार्यको यस्तो भनाइ सुनेपछि त्यस मानिसले त्यही दिनदेखि रक्सी पिउन छोडिदियो ।
स्रोत : सामाजिक सञ्जाल
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: