Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दोलखा र सिन्धुपाल्चोकका सडक पहिरोको उच्च खतरामा

[caption id=\"attachment_26852\" align=\"alignleft\" width=\"500\"]\"file file photo[/caption] १६ असार,चरिकोट । दोलखा र सिन्धुपाल्चोकका सडक पहिरोको उच्च खतरामा रहेको छ । सिन्धुपाल्चोकको वनदेउदेखि कोदारी जोड्ने अरनिको राजमार्गको ५५ किलोमिटर सडकको ९० प्रतिशत भाग सडक पहिरोको उच्च जोखिम एवम् खतरामा रहेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । सामरिक महत्वको अरनिको राजमार्गको बलेफीदेखि बाह्रबिसेसम्मको १७ किलोमिटर तथा बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकको माथिको भागमा रहेको ठूलाठूला पहाड भूकम्पको कारण चिरा परेकाले निरन्तरको वर्षाबाट पहिरो खसिरहेको र भोटेकोसीले सडकको तल्लो भागमा समेत कटान गरिरहेकाले उच्च जोखिममा रहेको कार्यालयका प्रमुख कमलेशकुमार कर्णले बताए । काठमाडौँ पुतलीसडकबाट ११४ किलोमिटर रहेको अरनिको राजमार्गको ८७ किलोमिटरमा रहेको महभिर, १०१ किलोमिटरमा रहेको चाकु, १०८ किलोमिटरमा रहेको लार्चा खण्डमा माथिको पहाड चिरा परेकाले जोखिम बढाएको, सिन्धुपाल्चोकको जुरेखण्डमा लेदो माटो बगिरहेको र भोटेकोसीले सडकको तल्लो भागमा निरन्तर कटान गरिरहेकाले समस्या थपेको उहाँले बताए । त्यसैगरी सिन्धुपाल्चोकको लामोसाँगुदेखि दोलखाको मिल्तीखोलासम्मको ९२ किलामिटर पुष्पलाल लोकमार्ग पनि पहिरोको जोखिममा रहेको सो कार्यालयले जनाएको छ । पुष्पलाल लोकमार्गको बोच, चर्नावती र साखिने सडकखण्डमा पर्ने करिब पाँच किलोमिटर तथा भिरकोट मालुखोला सडकखण्डमा पर्ने करिब सात किलोमिटर सडक पहिरोको जोखिममा रहेको इन्जिनियर सुवराज न्यौपानेले बताए । तामाकोसी जिरी सडकखण्डको ३८ किलोमिटर र वनदेउ चौताराको २५ किलोमिटर सडकखण्डमा भने पहिरोको जोखिम अन्य सडकको तुलनामा कम रहेको कार्यालयले जनाएको छ । त्यसैगरी निरन्तरको वर्षा र पहिरोको कारण बाह्रबिसेमा रहेको भोटेकोसीको पुल धस्सिएको, लार्चा र भैरवकुण्डमा रहेको पुलको रेलिङमा क्षति पुगेको तथा रामेछाप दोलखाको सिमानामा रहेको रस्नालुको पुलको जमिन केही फाटेको इन्जिनियर रमेशकुमार दृष्टिले बताए । विनाशकारी भूकम्पपछि दोलखा र सिन्धुपाल्चोकमा रहेको मुख्य सडकको विभिन्न भागमा निरन्तर पहिरो खसिरहेको भए पनि कार्यालयले सकेसम्म तत्काल पहिरो हटाएर सडक सुचारु गर्दै आएको तर वर्षायाममा कार्यालयसँग भएको सामान र जनशक्तिले सबै ठाउँमा काम गर्न सहज नहुने डिभिजन प्रमुख कर्ण भन्छन् । कार्यालयसँग अहिले दुईवटा डोजर, तीनवटा लोडर, दुईवटा स्काभेटर र दुईवटा ब्याक हो रहेको तथा चार इन्जिनियर र तीन सव इन्जिनियर रहेको कार्यालयले जनाएको छ । सडक क्षेत्र र जोखिमको हिसाबले डिभिजन सडक कार्यालयसँग भएको मेसिन औजार तथा जनशक्ति प्रयाप्त छैन डिभिजन प्रमुख भन्छन्– “त्यसैले कुनै ठाउँमा पहिरोले सडक अवरुद्ध गर्यो भने चाहेर पनि तत्काल सुचारु गर्ने अवस्था रहँदैन ।” अहिले विभागले आपत्कालीन अवस्थामा पेट्रोलियम पदार्थ खरिद र अन्य काम गर्न रु एक करोड ४० लाख बजेट निकासा गरेको तर त्यो पनि पर्याप्त नरहेको उनको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending