काठमाडौं । केन्द्रिय महाधिवेशन भएको ४ वर्ष बित्नै लाग्दासमेत नेपाली कांग्रेसको केन्द्रिय समितिले पूर्णता पाउन सकेको छैन् । कतिपय महत्वपूर्ण विभागहरु गठन हुन सकेका छैनन् । पार्टीभित्र अति महत्वपूर्ण मानिने भातृ संगठनहरु भ्रदगोल अवस्थामा छन् । वर्षौंदेखि नियमित अधिवेशन हुन नसक्दा भातृसंगठनहरु नेतृत्व विहिन र भ्रदगोल अवस्थामा पुगेका हुन् । मुलुक संघीय मोडेलमा गईसक्दासमेत कांग्रेसको संगठनात्मक तथा संरचनात्मक ढाँचा पुरानै अवस्थामा छ । देशकै पुरानो लाकतान्त्रिक पार्टी नेपाली काँग्रेस अस्तव्यस्त र अन्यौलमा गुर्जदा झुण्डहरुको समुह जस्तो बन्न पुगेको छ । पार्टीलाई पुनतार्जकी दिन भन्दै भर्खरैमात्र दुई चरणको राष्ट्रिय जागरण अभियान पनि सम्पन्न गरेको कांग्रेसले दशैंतिहार अगावै विभागहरुलाई पूर्णता दिने भनिएपनि पार्टीभित्रको गुटउपगुटका कारण यसले मूर्तरुप पाउन सकेको छैन । संस्थापक नेता बीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अंगिकार गर्दै आएको कांग्रेस पार्टी अन्र्तघात, गुटगत झुण्ड, एजेण्डाबिहिन नेतृत्व कारण ०७४ सालको चुनावमा नराम्रो हार व्यहोरेको थियो । राष्ट्रिय राजनीतिमा शसक्त भूमिका निर्वाह गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले संसदमा पनि निरिह देखिन्छ । नेपाली कांग्रेस पार्टी नीति र सिद्धान्तभन्दा पनि संस्थापक गुट, कोइराला गुट र सिटौला गुट गरी तीन गुट विभाजित भएको छ । आन्तरिक विवादकै बीच दुई चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको कांग्रेसले पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य गरी आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन सक्ला ? नजिकिदै गरेको उपनिर्वाचनलाई सर्वेक्षणकोरुपमा हेरेको कांग्रेसले चुनाव अघिनै पार्टीलाई चलायमान बनाउने विभाग, समिति गठन गर्न सक्ला ? बषौं रोकिएको भातृसंस्थाहरुको अधिवेशन गरी पार्टीलाई पूर्नताजकी दिन सक्ला ? यसै विषयमा खबर डबलीको तर्फबाट गणेश पाण्डेले कांग्रेसका नेतात्रय डाक्टर प्रकाशशरण महत, धनराज गुरुङ र प्रदिप पौडेलसँग कुराकानी गरेका छन् । कांग्रेसका नेतात्रय महत, गुरुङ र पौडेलसँग गरिएको बहसको सम्पादित अंश ।
प्रतिकृया लेख्नुहोस्: