Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

वायु प्रदुषण : श्वास होइन जहर लिँदैछन् भारतीय नागरिक

काठमाडाैं । वायु प्रदुषणको कारण दिल्ली–एनसीआरको स्थिति एकदमै खतरनाक बन्दै गएको छ । शनिबार साँझसम्म ४०२ मा रहेको वायु गुण सूचांक आईतबार झनै बढेर ४४७ सम्म पुग्यो । आइतबार हल्का वर्षा भएपनि त्यसले खासै असर गरेन । दिल्लीको सबैभन्दा बढी भीडभाड हुने ठाउँहरु मध्ये आईटीओ क्षेत्रमा सबैभन्दा बढी वायू प्रदूषणको स्तर भेटियाे । साे क्षेत्रमा ४८६ सम्म वायू प्रदुषणकाे स्तर मापन गरिएको थियाे । आईतबार दिउसो सो क्षेत्रमा भिजिविलिटीको अवस्था पनि एकदमै कम थियो । धेरै मानिसहरुको घरमा धुँवै धुँवाको महसुस गरिएकाे थियाे ।

सरकारले घोषणा गरेको हेल्थ इमरजेन्सीको कारण दिल्ली–एनसीआरका धेरै निर्माण कामहरु बन्द भएपनि प्रदुषण भने बढिरहेको छ । आश्चर्यको कुरा, राजधानीको मुख्य आवादी क्षेत्र (आईटीओ)को वायु प्रदुषण स्तर आनन्द बिहार र अलीपुरभन्दा उच्च छ । एयर क्वालिटी सूचांकमा आनन्द बिहारमा ४७८ र अलीपुरमा ४६३ पाइएकाे छ ।

वायु प्रदुषणको अवस्था गम्भीर बन्दै गएपछि दिल्लीका चिकित्सकहरुले निकै चिन्ता व्यक्त गरेका छन् । स्वस्थ मानिसमा पनि यसले गम्भीर समस्या सिर्जना गरेको भन्दै चिन्ता देखाएका हुन् । चिकित्सकहरुले वायु प्रदुषणको कारण सबैभन्दा बढि बालबालिका प्रभावीत भएको बताएका छन् । क्यान्सर, दम र फोक्सोसँग सम्बन्धित बिरामीहरुको लागि दिल्ली मृत्युको शहर उनीहरुको भनाई छ । अर्कोतर्फ सरकारले एक अर्कोलाई दोष देखाउने बाहेक समाधानको पहल गर्न सकेको छैन् ।

\"हेल्थ

वायु प्रदुषणप्रति जिम्मेवार को ?

दिल्ली–एनसीआरमा प्रदुषणको समस्या उच्च भएसँगै एक अर्कालाई दोष दिने मात्रै राजनीतिक खेल सुरु भएको छ । राजनीतिक पार्टी र सरोकारवाला निकाय एक अर्कोलाई दोष दिँदै आफुँ उम्किरहेका छन् । तर सम्बन्धित हावा विषाक्त हुनुको वास्तविक कारणप्रति मौन छन् ।

वास्तवमा, दिल्ली–एनसीआरको हावा पहिलो पटक मात्रै विषाक्त भएको होइन् । प्रत्येक दिपावलीपछि दिल्ली–एनसीआरको छेउछाउमा धुवाँ आउँछ र नवजात शिशुदेखि वृद्धहरुलाई समस्यामा पार्छ । यो पनि साँचो हो कि दिल्ली–एनसीआरको ६५ प्रतिशतभन्दा बढि वायू प्रदुषणको कारण स्थानिय स्रोतहरु नै हुन् । पर्यावरण प्रदूषण ९रोकथाम व नियंत्रण० प्राधिकरण (ईपीसीए)को तथ्यले पनि यसलाई स्वीकार गरेको छ ।

दोस्रो पञ्जाब र हरियाणाका किसानहरुले जलाउने पराल पनि हो । यी राज्यहरुमा किसानहरुले जलाउने परालको धुँवाले पनि हावालाई दुषित बनाएको प्रष्ट हो । तर वायु प्रदूषणको ५ देखि ८ प्रतिशत मात्रै हिस्सा परालको भएको तथ्यहरु प्रष्ट छ ।

दिपावलीमा पडकाईने खतरनाक पटकाहरुले पनि वायु प्रदुषणमा निकै भूमिका खेलेको छ । यसबीच दिल्ली, फरीदाबाद, नोएडा, गुडगाउँमा निर्माणकार्य बन्द गर्न गरिएपनि प्रदुषणको मात्रा भने कम भएको छैन् ।

\"वायु
एनर्जी पोलिसी इन्टीट्यूटको प्रतिवेदनमा भारतको वायुमा भएको प्रदुषणको कारण प्रत्येक व्यक्तिको उमेर ७ वर्षले कम हुँदै गएको उल्लेख छ ।

श्वास होइन् जहर लिँदै छन् नागरिक

शिकागो विश्वविद्यालयको एनर्जी पोलिसी इन्टीट्यूटको प्रतिवेदनमा भारतको वायुमा भएको प्रदुषणको कारण प्रत्येक व्यक्तिको उमेर ७ वर्षले कम हुँदै गएको उल्लेख छ । सन् १९९८ देखि २०१६ को बीचमा ७२ प्रतिसम्मसम्म वायु प्रदुषणमा बृद्धि भएको प्रतिवेदनले जनाएको छ । जहरिलो वायुको कारण पछिल्लो समयमा भारतमा धेरै मानिसहरु मुटुसम्बन्धी रोगबाट ग्रसीत हुँदै पनि बताइएको छ ।

शुद्ध हावाको लागि राजनीति

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाले स्कुले बच्चाहरुलाई वायु प्रदुषण हटाउन भन्दै हरियाणा र पंजाबका मुख्यमन्त्रीलाई चिठ्ठी लेख्न सल्लाह दिए । जबकि केजरीवाल आफैंले वातावरणीय प्रदुषण सम्बन्धी केन्द्रीय पर्यावरण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेका थिए । जसमा उनले वायु प्रदुषणको गम्भीर समस्या सुल्झाउनको लागि विशेष अनुरोध गरेका छन् ।

\"Image
विधाथीलाई माक्स वितरण गर्दै मुख्यमन्त्री अरबिन्द केजरीवाल ।

यसैबीच दिल्लीका बीजेपी अध्यक्ष मनोज तिवारीले केजरीवालाई वायु प्रदूषणमा राजनीति गरेको आरोप लगाएका छन् । उनले दिल्ली सरकारले वितरण गरेको माक्सप्रति गम्भिर प्रश्न पनि उठाएका छन् । उनले केजरीवाललाई माक्सको राजनीति गरेको भन्दै आरोप लगाएका छन् ।

समाधानको विषयमा दिल्ली सरकार र केन्द्रीय सरकारबीच पहल होइन् राजनीतिको खेल मात्रै देखिएको छ । केहि दिनअघि भाजपा सांसदले दिल्ली सरकारविरुद्ध गरेको अनशनले पनि यसलाई पुष्टि गर्छ ।

विकल्प के ?

वायु प्रदुषणको कारण निम्न र मध्यम वर्गका मानिसहरु बढि प्रभावित भएका छन् । सामान्य काम गर्ने मजदुर तथा कर्मचारीहरु प्रभावित छन् । उनिहरु वायु प्रदुषणबाट जोगिन आवश्यक उपयाहरुको पनि प्रयोग गर्न सक्दैनन् । यस्तो अवस्थामा बच्चा र बृद्धाहरुलाई झनै जोखिम थपिएको छ । आँखाको जलन, टाउको दुखाई र श्वासको समस्याहरु अहिले उनिहरुका लागि सामान्य जस्तै बनेको छ । तर सरकार पुरै मौन छ । (लेख एजेन्सीको सहयोगमा तयार गरिएको हो)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy