Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रदेश प्रमुख नियुक्तिमा सरकारले गलत नजिर बसाल्यो, सत्ता साझेदारलाई पनि पत्तो दिएन

काठमाडौं । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय सहितको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठायो । सोही पत्रको आधारमा संविधानको धारा १६५ उपधारा १ को ‘ख’ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरिन् । सोमबार सातै प्रदेशमा सरकार अनुकुलका नयाँ अनुहारले जिम्मेवारी पाइसकेका छन् ।

सरकारले प्रदेश प्रमुख हटाएर नराम्रो नजिर बसाल्यो

प्रदेशप्रमुखलाई हटाउने वा राख्ने कुरा सरकारको स्वविवेकको कुरा हो । नेपालको संविधानअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जुनसुकै अवस्थामा पनि प्रदेश प्रमुखलाई पदमुक्त गर्न सक्छ । संविधानअनुसार सरकारको निर्णय गैरकानूनी नभएपनि नेपालमा पहिलो पटक अभ्यासमा आएको प्रदेश प्रमुखलाई हटाएर सरकारले राजनीतिक संस्कार देखाउन नसकेको कतिपय संवैधानिक कानूनका जानकारले बताएका छन् ।

संविधान विद् डाक्टर भीमार्जुन आचार्यले सेरिमुनियलको भुमिकामा रहेका प्रदेश प्रमुखलाई हटाएर सरकारले नराम्रो संस्कारको नजिर स्थिापित गरेको बताएका छन् । अघिल्लो सरकारले गरेको नियुक्ति भटाभट अर्को सरकारले उल्टाउदै जाँदा संघीयता नै धरापमा पर्न सक्ने उनको तर्क छ ।

प्रतिपक्ष आक्रोशित

सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । प्रदेश प्रमुखलाई हटाएर सरकार निरंकुस कम्युनिष्ट सर्वसत्तावादतर्फ उन्मुख भइरहेको उसको आरोप छ । कांग्रेसले सरकारले अति असहिष्णु व्यवहार प्रर्दशन गरेको आरोप लगाएको छ । कांग्रेसले सरकारले व्यवहारले आगामी सरकारको गतिविधिमा सहयोग नगर्ने पनि चेतावनी दिएको छ ।

तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएको २२ महिनसम्म पनि प्रदेश प्रमुखलाई निरन्तरता दिएर सरकारले राजनीतिक इमान्दारीता देखाएको भन्दै सरकारको बचाउ गरेका छन् ।

माधव नेपालको नोट अफ डिसेन्ट

प्रदेश प्रमुखको पदमुक्त र नियुक्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल समाजवादी नेपाल र आफ्नै सहयात्री माधब नेपालसँग कुनै परामर्श नगरेकोले नियुक्ति प्रति तिव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग परामर्श गरी नियुक्तिमा आफ्ना ४ जना र पूर्वमाओवादीका ३ जनाको नाम सिफारीस गरी राष्ट्रपति कार्यलयमा पठाएका थिए । यसप्रति तिव्र असन्तुष्टि जनाउँदै नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधव नेपालले फरक मत राखेका छन् ।

यसबारेमा जानकारी दिदै नेता युवराज ज्ञवालीले भने, ‘पार्टीभित्र एकपक्षलाई पेल्ने हिसावले ओली जी हिड्नु भएको छ । यो उहाँको दम्भ हो । हामी सामुहिक नेतृत्वमा विश्वास गर्छौ, ओली जीले जुन दम्भ देखाएका छन् । यो पार्टीको विधान र लोकतान्त्रिक आचरण विपरित छ ।’ महत्पूर्ण निर्णयमा पार्टीभित्र छलफल र सहमति लिए मात्र पार्टी गतिशिल बन्ने उनको तर्क थियो ।

सत्ता साझेदार समाजवादी अती असन्तुष्ट

दुईबुँदे सहमति गरेर ओली नेतृत्वको सरकारमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले प्रदेश प्रमुखको पदमुक्त र नियुक्तिमा आफुसँग कुनै परामर्श नगरेकोमा दुखेसो व्यक्त गरेको छ । समाजवादीले सरकार आफुलाई बाइपास गरी निरङकुशतर्फ उन्मुख भएको गम्भिर आरोपसमेत लगाएको छ ।

सो पार्टीका उपाध्यक्ष रकम चेमजोङले खबरडबली सँग कुराकानी गर्दै भने, ‘सरकारले प्रदेश प्रमुख नियुक्तिमा सत्तासाझेदार दलसँग कुनै छलफल नगरी एकलौटी ढंगले प्रस्तुत भएको छ । यो उसको निरङकुशता लाद्ने प्रस्थान विन्दु हो । नेकपाले जुन किसिमबाट बहुमतको दम्भ हामीमाथि लाद्न खोज्यो । किमार्थ हामीलाई स्वीकार हुदैन । यस विषयमा छिट्टै केन्द्रिय कमिटिको बैठक राखी सत्ताबाट बाहिरीने विषयमा निर्णय गछौं ।’

सरकार बेमौसमिको बाजा बजाउँदै उल्टो गतिमा हिडिरहेको आरोप लगाउँदै सरकार नसच्चिए ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy