Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

भारतीय नक्सा विवादबारे बहस : सरकारको ‘लुते’ विज्ञप्तीले राष्ट्रियता बाँच्दैन्

खबरडबली संवाददाता

काठमाडौं । नेपालको भूमी लिम्पुयाधुरा, कालापानी र लीपूलेक भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा गाभिएपछि यसको चौतर्फी विरोध भइरहेको छ । सुगौली–सन्धिको धारा ५ मा नेपालको पश्चिमी सीमाना काली नदी भनिएता पनि भारतीय पक्षले विभिन्न बखेडा निकाली नेपालको भूमी फिर्ता गर्न आनाकानी गरिरहेको छ । ऐतिहासिक दस्तावेज, विभिन्न समयमा जारी भएको नक्सा, तत्कालिन अधिकारीहरुले एकआपसमा गरेको पत्रचारको आधारमा काली नदीको उद्गमस्थान लिम्पुयाधुरा रहेको प्रष्ट छ । नेपाल सरकारले यहि ऐतिहासिक तथ्यको आधारमा कालापानी क्षेत्र नेपालको भएकोले भारतले जारी गरेको नयाँ नक्सा अमान्य हुने बताइसकेको छ । तर, भारत सरकारले गत शनिवार जारी गरेको नक्सा पुरानै भएकोले नेपालको भूमि नचलाइएको झुटो अफाह फैलाइरहेको छ । सन् १९६२ मा चीन र भारतबीचको युद्ध रोकिएपछि भारतीय फौजले सामरिक रणनीति र सुरक्षाको दृष्टिले उपयुक्त ठाउँको खोजीमा कालापानी र लीपूलेकको बीचमा रहेको घाँटी भेटाएपछि सो ठाउँलाई कब्जा गरेर बसेको देखिन्छ । लीपूलेकलाई आधार मानि ०७२ जेठ १ मा चीन र भारतबीच दुईदेशीय सम्झौतासमेत भएको छ । व्यापार विस्तारको नाममा भएको ४१ बुँदे सम्झौताको २८ नम्बर बुँदामा चीन र भारतबीच व्यापार विस्तार गर्न लीपूलेकमा व्यापारिक नाका खोल्ने सहमति भएको थियो । नेपालको भूमी लीपूलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच सम्झौता हुँदै गर्दा नेपाललाई भने पूर्ण वेवास्ता गरिएको थियो । सो सम्झौतालाई लिएर नेपालले निरन्तर विरोध जनाउँदै आएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार ६० हजार हेक्टरभन्दा बढि नेपाली भूमी भारतले अधिक्रमण गरेको छ । सुस्ता, लिम्पुयाधुरा, कालापानी, लीपू, खुर्दलुटजस्ता धेरै सीमा समस्या नेपालले बर्षौदेखि झेल्दैआएको छ । सीमा समस्यालाई समयमै राज्यसंयन्त्रमार्फत कुटनैतिक पहल गरिनु पथ्र्यो । तर, भारतीय पक्षको हेपाह प्रवृत्ति र नेपाल सरकारको फितलो कुटनीतिक संयन्त्रका कारण दुईदेशबीचको सम्बन्धमा दरार उत्पन्न भइरहेको छ । सीमा विवाद समाधानको लागि दुईदेशबीच परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गरिरहेको भएपनि सुस्ता र कालापानीको विषयमा सहमति अड्किएको परराष्ट्र मन्त्रालयको अधिकारीले जनाएका छन् । खासमा बर्षौंदेखिको नेपाल र भारतबीचको सीमा समस्या सुल्झिन नसक्नुको मुख्य दोषी को हो ? नेपालको कालापानी क्षेत्रमा भारतीय पक्षको स्वार्थ के छ ? विशाल भूमी भएको उदयमान शक्तिराष्ट्र भारतलाई नेपालको भूमी अधिक्रमण गरेर के फाइदा छ ? यसै विषयमा नेकापा नेता देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका नेता धनराज गुरुङ र साझा पार्टीका नेता डाक्टर सूर्यराज आचार्यसँग खबर डबलीकोतर्फबाट गणेश पाण्डेले कुराकानी गरेको सम्पादीत अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies