काठमाडौं । पछिल्ला केहि वर्षहरुमा रक्सी स्वास्थ्यको लागि फाईदाजनक भन्ने पनि चर्चा चलिरहेको छ । विशेष गरि रेड वाईनलाई । रेड वाईनलाई दिर्घरोगी र मुटुरोगीको लागी फाईदा गर्ने चर्चा पनि चलाईको छ । तर, के मदिरा स्वास्थ्यको लागि साँच्चिकै राम्रो कुरा हो त ?
अध्ययनमा क्यान्सरको कारणमा मदिरा पनि भेटिएको छ । यो अनुसन्धानबाट पुष्टि पनि भईसकेको छ । नियमित धूम्रपान गर्नेलाई भन्दा सातामा एक पटक मदिरा पिउनेलाई क्यान्सरको जोखिम बढि भएको भेटिएको छ । अनुसन्धानले एक पटक मदिरा पिउनु र पाँच पटक चुरोट पिउनु बराबर भएको देखाएको छ । अझ यो महिलाको लागि बढि हानिकारक पनि देखिएको छ ।
ब्रिटेनको पब्लिक हेल्थ विभागका डायरेक्टर तथा रिसर्चर मार्क बेलिस रक्सी स्वास्थ्यको लागि फाईदाजनक भएको भनि रक्सी उत्पादकले नै प्रचार गरेको बताउँछन् । क्यान्सरको लागि जोखिम युक्त पदार्थ रक्सी हो भन्ने कुरा स्वीकारेमा रक्सी उद्योगलाई घाटा हुने कारण त्यसो नभनिएको उनको बुझाई छ ।
रेड वाइन स्वास्थ्यको लागि फाइदाजनक भनि कसले प्रचार गर्यो ?
रेड वाइन पिउनु स्वास्थ्यको लागि फाइदाजनक छ भनि सन् १९७० को दशकमा प्रचार भएको थियो । त्यस समय फ्रान्सका वैज्ञानिकहरुले फ्रान्सका मानिस अन्य देशका भन्दा कम हृदय रोगी भनि पत्ता लगाएका थिए । वैज्ञानिकहरुले हृदयरोगको जोखिम कम हुनुको पछाडि वाईनको कारण भएको बताएका थिए ।
वैज्ञानिकहरुले वजनको समस्याको साथसाथै हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम कम गर्न वाइनको भूमिका हुने दाबा गरेका थिए । वैज्ञानिकहरुको गरेको यस दाबीलाई नै विश्वभर प्रचार गरिएको थियो ।
५४ रिसर्चमा घाटा मात्रै देखियो
सन् २००६ मा रक्सीबाट हुने फाईदा या बेफाइदाको विषयमा ५४ खालका बेग्ला बेग्लै अनुसन्धान भएको थियो । अध्ययनमा रक्सी पिउँदा मुटु रोगको जोखिम कम हुने भन्ने कुनै तथ्य फेला परेको थिएन ।
रिसर्चर हेलेना कोनीबियर रक्सी पिउँदा मुटुमा प्रत्यक्ष प्रभाव हुने बताउँछिन् । उनी रक्सी पिउँदा मुटुको प्रेसर अस्वभाविक बढ्ने कारण मुटुरोगको जोखिम पनि बढि हुने बताउँछिन् ।
अनुसन्धानकर्ता बढि रक्सी पिउँदा सिधा कलेजो तथा किड्नीमा समेत जोखिम हुने पनि बताउँछन् । उनिहरुको रक्सीको फाइदा पनि केहि देखिएपनि त्योभन्दा धेरै गुणा बढि बेफाइदा भएको बताउँछन् । (एजेन्सीबाट)
प्रतिकृया लेख्नुहोस्: