मेडिकल शिक्षाको वेथितिबारे बहस : शिक्षा र स्वास्थ्यलाई व्यापारिकरण गर्नु नै गलत !
मंसिर १० गते, २०७६ मगलवार 26th November, 2019 Tue१६:५९:०१ मा प्रकाशित
काठमाडौं । चिकित्सा शिक्षामा देखिएको चरम विकृतिलाई हल गरी सुधारको माग राख्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका तत्कालिन प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन शुरु गरेको पनि १० बर्ष बितिसकेको छ । १० बर्षमा ७ जना प्रधानमन्त्रीहरु फेरीसकेका छन् तर उनको मागले अझै मुर्तरुप लिनसकेको छैन ।
मेडिकल क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गरी चिकित्सा शिक्षालाई साधारण जनताले पढ्न सक्ने गरी सर्वशुलभ बनाइनु पर्ने माग राख्दै डाक्टर केसीले ०६९ असार २१ गते तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा अनसन शुरु गरेका थिए । त्यसयता उनले १७ औं पटक अनसन बसिसकेका छन् । उनको मागले आंशिक सफलता पाए पनि चिकित्सा क्षेत्रलाई माफियातन्त्रबाट मुक्त गरी विद्यार्थीलाई गुणस्तरीय र सर्वशुलभ शिक्षा दिने अवस्था अझै सिर्जना भएको छैन ।
डाक्टर केसीका यिनै मागलाई सम्बोधन गर्न वि.सं. ०७१ साल पुष १८ गते त्रिविका तत्कालिन उपकुलपति प्रा.डा. केदारभक्त माथेमाको संयोजकमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको थियो । यस कार्यदलले चिकित्सा शिक्षामा देखिएको समस्यालाई बिस्तृत रुपमा अध्ययन गरी सुधारको प्रावधानसहितको प्रतिवेदन ०७२ साल असारमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाई प्रतिवेदन बुझाएको थियो ।
माथेमा कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन । प्रतिवेदन कार्यन्वयप्रति सरकारको उदासिनताले कतै मेडिकल माफिया र सरकारबीच साँठगाँठ भएको त छैन भन्ने आशंका जनस्तरबाट उठ्न थालेको छ ।
डाक्टर बन्ने अभिलाषा लिएर उच्च शिक्षा पढ्न आएका एमबिबिएसका विद्यार्थीहरु अहिले विभिन्न मेडिकल कलेजमा चर्को मूल्य तिरेर पढ्न बाध्य छन् । मेडिकल कलेजले लिएको चर्को मुल्यको विरोधमा विद्यार्थी, अविभावक पठनपाठन ठप्प गरेर चरणबद्धरुपमा आन्दोलन गर्दै आएका छन् । मेडिकल कलेजले प्रत्येक विद्यार्थीबाट सात लाखदेखि २२ लाखसम्म अतिरिक्त शुल्क लिने गरेको भन्दै तत्काल शुल्क फिर्ता लिन मेडिकल संचालक र सरकारलाई दबाब दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क तत्काल फिर्ता लिन आग्रह गरिएपनि मेडिकल संचालकले कुनै चासो देखाएका छैन । चिकित्सा क्षेत्रमा देखिएको बिक्रृति, कमजोरीलाई दिर्घकालीन रुपमा समाधान गरी सुधार ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा चिकित्सा शिक्षा सेवा सुधार उच्चस्तरीय कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, चितवन मेडिकल कलेजमा एमविबिएस अध्ययनरत विद्यार्थी प्रकाश चन्द र नेकपाकी नेतृ रामकुमारी झाँक्रिसँग खबर डबलीको तर्फबाट कुराकानी गरिएको सम्पादीत अंश :
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: