Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

गृहमन्त्री वामदेव गौतम भन्छन् –प्रहरी नै चोर डाकासँग मिल्छन्

\"bamdevgautam\"१९ असार, काठमाडौं । ‘चोर–डाँका पक्राउ गर्न गएका प्रहरी चोर–डाँकासँगै मिलिदिन्छन् । प्रहरीले पहिला आफ्नै संगठन भित्र अनुशासन कायम राख्नुपर्यो ।’ शुक्रबार उत्कृष्ट प्रहरीलाई पुरस्कार वितरण गर्न पुगेका गृहमन्त्री वामदेव गौतमले प्रहरी माथि नै यस्तो आरोप लगाइदिए । आफू सुप्रिमो हुँदा हुँदै पनि प्रहरी संगठनले नटेरेको प्रति उनको दुःख थियो । आफूलाई नटेरेको प्रति उनले प्रहरी संगठन प्रति रिस पोख्दै भनेका थिए, ‘पहिला म जिल्ला र ग्रामीण क्षेत्रका सबै प्रहरी चौकी निरीक्षण गर्न जान्थेँ, तर अचेल जान्न किन भने मलाई प्रहरीको अनुशासन माथि विश्वास रहेन निरीक्षण भ्रमण जाँदा मलाई चौकीका प्रहरीले किन आएको भन्दै गलहत्याएर निकाले भने मैले के गर्ने ?’ शुक्रबारको यस्तो अभिव्यक्तिपछि गृहमन्त्री गौतम पुन विवादको घेरामा परेका फसेका छन् । उनको अभिव्यक्तिले आफूलाई मात्रै होइन प्रहरी संगठन प्रति नै विवादमा पारेको छैन प्रहरी संगठन प्रतिको जनविश्वासमा समेत प्रश्न उठाएको छ । आफू नेतृत्वको संगठनको बचाउ गर्नुपर्ने गृहमन्त्रीले त्यसको विपरित प्रहरी संगठनकै बेइज्जत हुने गरि अभिव्यक्ति दिएपछि गृहमन्त्री प्रति नै गम्भिर प्रश्न खडा भएको छ । पटक पटक विवादित बनिरहने गौतमको पछिल्लो विवादास्पद अभिव्यक्ति किन आयो ? किन यसरी बोले वामदेव ? गृहमन्त्री वामदेव गौतमलाई सामाजिक सञ्जालमा बोलीको ठेगान नभएको नेताको आरोप लाग्ने गरेको छ । उनको अभिव्यक्तिहरुले पनि यस्ता आरोपहरुलाई पुष्टी गर्दै आएको छ । शुक्रबार प्रहरीका जिम्मेवार अधिकृत माथि नै धज्जी उडाउने गरि बोलेका वामदेवको रिस भने अर्कै थियो । सशस्त्र प्रहरीलाई पक्राउ अधिकार दिने विषयमा नेपाल प्रहरीको विगत देखि नै असन्तुष्टी थियो । प्रहरी संगठनको असन्तुष्टी कायमै रहँदा वामदेवले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउको लागि पुर्जि जारी गर्ने अधिकार दिने नियमावली आफ्नै प्रस्तावमा मन्त्रिपरिषदबाट पारित गराए । आफूले पाएको अधिकार खोस्ने गृहमन्त्रिको कदम प्रति प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको विरोध मात्रै थिएन, सोही कारण गृहमन्त्रीसँगको सम्बन्ध समेत चिसिएको थियो । हप्ताको चार पाँच पटक गौतम निवास धाउने अर्याल पछिल्लो समय हप्ताको एक पटक विरलै जान्छन् । गौतमसँग बहालवाला प्रहरी महानिरिक्षक मात्रै होइन, पुर्व प्रहरी महानिरीक्षक समेत रुष्ट बनेका छन् । प्रहरीको अधिकार खोसीएको प्रति आम प्रहरीका उनी प्रति शंका उब्जेको छ । वामदेवको यहि कदमका कारण उनको प्रहरी संगठनमा विश्वास गुमिसकेको छ । सशस्त्रका एक उच्च अधिकारीका अनुसार गौतम सशस्त्रलाई थप अधिकार दिएर शक्तिशाली बनाउन चहान्छन् । त्यसैले उनले प्रहरी संगठनलाई कमजोर पार्न यस्तो अभिव्यक्ति दिएका हुन् । प्रहरी संगठनभित्र हुने सरुवा बढुवामा गौतम र आइजीपी अर्यालबीच पटक पटक बेमेल हुने गरेको थियो । त्यसोत उनी निकट स्रोतका अनुसार अर्याल र गौतमबीचको सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेको छैन । एसएसपी रमेश खरेललाई कारबाही गर्न लागिपरेका गौतमलाई आइजीपी अर्यालले रोके । सोही रिस पोख्दै उनले शुक्रबारको कार्यक्रममा अर्याल माथि खनिए । ‘गृहमन्त्रीलाई खुलमखुल्ला गालि गर्ने प्रहरी अधिकारी कारबाहीमा परेका छैनन् ।’ उनले भनेका थिए, ‘आइजीपीको आलोचना गर्नेमाथि चाहिँ कारवाही भयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending