Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाबुरामले आफ्नै गुटको भेलामा प्रचण्डमाथि लगाएका आरोप यस्ता छन्

\"prachanda-baburam\"१९ असार, काठमाडौं । आफ्नै गुटको भेलामा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डले नै नचाहेकाले पार्टी भित्रका विवाद समाधान हुन नसकेको आरोप लगाएका छन् । थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा शनिबार भएको भट्टराई पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले आफ्नै अध्यक्ष माथि यस्तो आरोप लगाएका हुन् । ‘‘मैले पश्चिमाञ्चलमा क्षेत्रको नेतृत्व गरेर जाँदा त्यहाँका समानान्तर कमिटीलाई राखेर छलफल गरेँ र विवाद समाधान गरेँ,’ भट्टराईले गोरखाको उदाहरण दिँदै भने, ‘तर, अध्यक्ष्यले नै नेतृत्व गरेर जानु भएका जिल्लाहरु जस्तो कि काठमाडौंमै एकपक्षसँग मात्रै छलफल र प्रशिक्षण चलाइयो ।’ पालुङटार बैठकदेखि नै अध्यक्ष प्रचण्डले देखाएको दोहोरो भूमिकाले पार्टीलाई अहिलेको अवस्थामा ल्याएको भट्टराईको भनाई थियो  । यतिबेला प्रचण्डले मुखले संविधानसभा र मनमा विद्रोह भन्दै दुबै पक्षलाई ठिक्क पार्ने काम गरेको स्मरण गर्दै भट्टराईले स्पष्ट कार्यदिशा लिएर अघि नबढ्दा समस्या आएको बताए । पार्टी भित्रका केही नेतामा बाँकी रहेको युद्धको धङधङीका कारण थप समस्या भएको उनको भनाइ छ । १६ बुँदे बाध्यताको उपज नेता भट्टराईले संविधान निर्माणका सन्दर्भमा गरिएको १६ बुँदे सहमति बाध्यताको सहमति भएको बताए । उनले १६ बुँदे सहमतिमा धेरै कुरा गुमाएको उल्लेख गरे । धेरै कुरा गुमाउँदा–गुमाउँदै पनि अहिलेको परिस्थितिमा त्यसो नगर्दा झन् बढी मूल्य चुकाउनुपर्ने पनि उनले स्पष्ट पारे । अहिलेको १६ बुँदे भन्दा २०६९ जेठ २ गतेको सहमतिअनुसार संविधान बनेको भए धेरै प्रगतिशील संविधान बन्ने उल्लेख गर्दै उनले जेठ २ को सहमतिमा अडिन नसक्दा धेरै गुमाउनुपरेको बताए । अहिलेको सहमतिमा नअडिने हो भने संविधानसभा असफल हुने र ठूलो क्षति व्यहोर्नुपर्ने पनि उनले दाबी गरे । संविधानको मस्यौदामा धेरै कुरा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । जनतामा गएर पुनस् संवाद समितिमा फर्कने र छलफलको क्रममा केही संशोधन गर्ने ठाउँ अझै रहेको पनि नेता भट्टराईले बताए । संवाद समितिपछि संविधानसभामा पनि संशोधन दर्ता गरेर पनि केही प्रावधान संशोधन गर्न सकिने भएकाले सम्भावना अझै रहेको र संघर्ष जारी राख्नुपर्ने पनि उनले बताए । तर संशोधन गर्न नसकिए पनि अहिले फरक मत राखेरै भए पनि संविधान चाहिँ जसरी पनि बनाउनुपर्नेमा भट्टराईले जोड दिए । मौलिक हकका प्रावधानहरु लगायत धेरै कुराहरु पहिलो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गरिएकाले प्रगतिशील रहेको पनि उनले जिकिर गरे । नयाँ परिस्थितिमा नयाँ पार्टी प्रशिक्षणका क्रममा उनले पार्टीलाई नयाँ परिस्थितिअनुसार रुपान्तरण गर्नुपर्ने बताए । पूँजीवादी क्रान्ति मूलतस् सम्पन्न भएको र अब समाजवादको आधार निर्माण गर्नका लागि उत्पादक शक्तिहरुको विकास गरेर अघि बढ्नुपर्ने र समाजवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढ्नुपर्ने पनि उनले बताए । त्यसका लागि पार्टीको विचार र राजनीतिक कार्यदिशा सोहीअनुसार निर्माण गर्नुपर्ने उनको भनाई थियो । अहिलेकै विचार र राजनीतिक कार्यदिशाले अबको कार्यभार पूरा गर्न नसकिने उनले स्पष्ट पारे । नयाँ विचार, नयाँ राजनीतिक कार्यदिशा स्पष्ट भएपछि त्यसलाई लागू गराउन सक्ने नेतृत्व र संगठनले मात्रै अबको कार्यभार पूरा गर्न सक्ने उनले ठम्याइ छ । निश्चित मापदण्ड अनुसारको कार्यशैली पनि हुनुपर्नेमा नेता भट्टराईले जोड दिए । माओवादी भन्दा पनि शिर निहुराउनु पर्ने अवस्था भट्टराईले अहिले पार्टी संगठन नै अस्तव्यस्त अवस्थामा रहेको बताए । ‘माओवादी हुँ भन्दा पनि शिर निहुराउनु पर्ने अवस्था छ, यो सबै हाम्रै कारण भएको हो,’ भट्टराईले भने, ‘अहिलेको आवश्यकता अनुसारको स्पष्ट नीति कार्यक्रम ल्याउन सके फेरि उभार ल्याउन सक्छौं ।’ यसअघि निर्वाचन र भूकम्पका कारण विवाद थामथुम पारेर अघि बढेको भन्दै उनले अब कार्यदिशा स्पष्ट पार्नु पर्ने अघि बढ्नु पर्ने बताए । नेता डा भट्टराईले पार्टीलाई सच्याएर लैजान र संविधानसभाबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार रहेको बताए । उनले पार्टीको मूल नेतृत्वले कमजोरी सुधार गरेर नयाँ ढङ्गको पार्टी निर्माण गर्ने विषयमा स्पष्ट कार्यदिशा अङ्गाल्नुपर्ने अन्यथा पार्टीको साख गिर्ने भन्दै सच्चिएर जान सबै तयार हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘पार्टीलाई सच्याएर लैजाने विषयमा अध्यक्षले मेरो अगाडि सहमति राख्नु हुन्न । हुन्छ पनि भन्नुहुन्छ तर छुट्टिएपछि कसको प्रभावमा परेर हो फेरि त्यो कुरा ओझेलमा पर्छ, खै के कुराले त्यस्तो भइरहेको छ, मैले थाहा पाउन सकेको छैन । तर पार्टीलाई सच्याएर लैजाने विषयमा कोही कसैको दुई मत छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending