वामदेवले एकपटक झलनाथको झोला बोके अर्को पटक केपीको । यसरी झोला फेर्नुमा औसरको खोजी थियो । गृहको खजना केपीको झोलाको सट्टामा प्राप्त उपहार नै हो । त्यसो त उनको समयमा गृह गृह हुँदैन । यो आभुषण हुन्छ, यो डान्सबार हुन्छ यो तस्करी हुन्छ यो रमिता हुन्छ, यिनै रमिताका कान्छा भाइ हुन्, पराजुली ।वामदेवले एक पटक झलनाथको झोला बोके अर्को पटक केपीको । यसरी झोला फेर्नुमा औसरको खोजी थियो । गृहको खजना केपीको झोलाको सट्टमा प्राप्त उपहार नै हो । त्यसो त उनको समयमा गृह गृह हुँदैन । यो आभुषण हुन्छ, यो डान्सबार हुन्छ, यो तस्करी हुन्छ, यो रमीता हुन्छ, यिनै रमिताका कान्छा भाइ हुन् पराजुली । तर नेपालका पाँचतारे मिडियाले यो प्रकरणमा न यो साइनोबारे चासो राखे न उनको नियतमा आइनो गरे । तर यो हेभीवेट मुकावलामा यिनीहरु फेसबुकेहरुका अगाडी शर्मनाक ढंगले पराजित भए । यिनको मौनतापूर्ण पक्षधरताले धुलो चाट्यो र रसिकमन्त्री सिंहदरवार छोडेर बाहिरिए । नेपालको राजनिति गुटिय स्वार्थको अधिनस्थ छ । एमालेमा पनि यो लुतो नहुने कुरै भएन । कृषिमन्त्री गुटका थिए तर शक्तिशाली गुटका थिएनन् त्यसैले विवादमा तानिए, उनको रक्षामा केपी ओलीको कद नथपिनेमा केपी प्रष्टै थिए, त्यसकारण कृपासुरको अक्षम्य अपराधको तुलनामा उनको अंगालो अपराध एमालेजनको आँखामा महाअपराध ठहरियो । कृपासुरको अपराधमा कुनै विरोधको सिन्को नभाँच्ने एमालेका भगीनी संगठनहरु पराजुलीको अपराधमा सडकमा लहरिए । उनको पुत्ला दहन गरियो र उनको एमालेसँगको सम्बन्धलाई पोल्न खोजीयो । उनी पोलीए वा पीर्सोलीए त्यो अलगै विषय भएता पनि संविधानसभाको हलमा प्रस्तावित संविधानको मस्यौदामा महिलाका लागी प्रस्तावित अधिकारको पक्षमा चु पनि नबोल्ने एमालेका महिला नेतृहरु पराजुलीको अपराधमा यसरी खनिए मानाैं उनले एमालेको उभयलिगी चरित्रमा ठूलै धक्का दिएका होउन् । एमालेमा यो प्रकरण मन्त्री पदबाट हटाउनेबाट बढेर सदस्यताबाट निष्कासनको उच्चाइसम्म पुग्यो । यो हेर्दा लाग्छ, एमालेमा कृपासुर भन्ने केपीको कृपा प्राप्त महासय छन्, तिनले गरेको अपराध अपराध हुँदैन । तिनले आचरण सिक्नु पर्दैन । तिनि मन्त्रीपदका एकमात्र सुहाँउदिला पात्र हुन् । यसले एमालेको वर्ग र व्यवहार तथा आचरण बोल्छ भन्ने आरोप अब आरोप मात्र रहेन । धेरै मानिसलाई के भ्रम नहोस् भने पराजुलीका बारेमा पीडित महिलाका नाममा गरिएको पत्रकार सम्मेलन स्वस्फूर्त पत्रकार सम्मेलन होइन, यो एमालेको स्थानीय कमिटीलाई केपी ओलीले गरेको निर्देशनानुसार मन्चन गरिएको हो । आफैं बोक्सी आफैं झाँक्री भन्ने नेपाली उखान कतै लागु हुन्छ भने त्यो एमालेको धरातल हो । नेपालका हेवीवेट मिडियाले यो नाटक पनि देखेनन् । देखेको भए लेख्न पर्ने नलेख्दा नदेखेको भन्न सकिन्छ । मान्छेहरु भन्छन्, पराजुलीलाई एमालेले जानी बुझिकन यो कर्म गर्न लगाएको हो । उनीहरुको तर्क छ, संविधान सभामा महिला अधिकारको पक्षमा एक धु्रवीकरण बन्दै गएको बेला एमाले यसबाट भाग्ने जस्केलो खोजीरहेको थियो । जब जस्केलो भेटिएन तब मुलपानीमा कृषिमन्त्रीको नाटक मन्चन गरियो ।
मानिसलाई के भ्रम नहोस् भने पराजुलीका बारेमा पीडित महिलाका नाममा गरिएको पत्रकार सम्मेलन स्वस्फूर्त पत्रकार सम्मेलन होइन यो एमालेको स्थानीय कमिटीलाई केपी ओलीले गरेको निर्देशनानुसार मन्चन गरिएको हो । आफै बोक्सी आफै झाँक्री भन्ने नेपाली उखान कतै लागु हुन्छ भने त्यो एमालेको धरातल हो ।यसले राम कुमारीहरुलाई विषयभन्दा टाढा जाने अवसर जुटायो । विद्यार्थीहरुमा महिला अधिकारका पक्षमा बन्दै गरेको एकतालाई विखण्डन गरायो । एमालेले आफू महिला पक्षीय भएको प्रमाणीत गर्न मैदानमा उतारेका यी खेलाडीले आफ्नो केपी सरको आदेशको राम्रैसँग पालना गरे । यसले ‘र’ र ‘वा’ को लडाईंलाई मज्जाले ढाक्यो । संविधानका मसिना विषयमा भइरहेको बहसलाई समेत कोशौं पर धकेलिदियो । न पुर्ननिर्माण न मजदुर पक्षीय संविधान एमालेको चटकीले मानिसहरुका दिमागमा प्राथमीकताको तहलाई भत्काएर क्षणिक आवेगको आगो लगाइदियो । यो विषयान्तर गर्ने एमाले काइदा हो । एमाले भाग्दा पनि बाहना बनाएर भाग्छ भन्ने निष्कर्षको यो एक सहि तस्बिर हो । राजनीतिमा यो एक जब्बर धुर्त्याईं हो जुन धुर्त्याईं एमालेका लागी नौलो होइन ।
त्यसो त एमाले बहादुरिता पूर्वक भग्न सिपालु छ संविधान सभाको निर्वाचनमा एमाओवादीको पहिचानको मुद्दालाइ चोर्न बहुपहिचान उल्लेखित नेपालको तस्बिर बोकेर दौडिएको एमाले काग्रेस संगको हनिमुन पछि यो अडानबाट बहादुरितापूर्वक भाग्यो । कार्यकारी राष्ट्रपतीका विरुद्ध कार्यकारी प्रधानमन्त्रीको चिट चोरिएको घोषणा पत्रमा चुनाव लडेको एमाले कांग्रेसको संसदवादको स्वादमा लहसिए पछि एकाएक छेपारोले रंग फेरे झैं भयो । एमालेसँग फेर्नका लागि प्रशस्त रंगहरु छन् ।नेपालका मिडिया र एमालेको यो एकरुपले यो स्थानमा देखाएको चलाखी हाम्रो प्रचार यन्त्रको बिडम्बना हो । त्यसो त एमाले बहादुरीता पूर्वक भाग्न सिपालु छ संविधान सभाको निर्वाचनमा एमाओवादीको पहिचानको मुद्दालाई चोर्न बहुपहिचान उल्लेखीत नेपालको तस्बिर बोकेर दौडिएको एमाले कांग्रेससँगको हनिमुन पछि यो अडानबबाट बहादुरीतापूर्वक भाग्यो । कार्यकारी राष्ट्रपतीका विरुद्ध कार्यकारी प्रधानमन्त्रीको चिट चोरिएको घोषणा पत्रमा चुनाव लडेको एमाले कांग्रेसको संसदवादको स्वादमा लहसिएपछि एकाएक छेपारोले रंग फेरे झैं भयो । एमालेसँग फेर्नका लागी प्रशस्त रंगहरु छन् । कांग्रेससँग यो संसदवादी हो जनताका विचमा समाजवादी यसकारण सायद एमालेले उभयलिगीको नाम पाएको हो । कान्तिपुरले एमालेलाई कहिल्यै सम्झाइदिन जरुरी ठानेन, उसको घोषणा पत्र के हो ? कृषिमन्त्री कुन पर्टीका सदस्य हुन् यो पनि तिनलाई थाहा भएन । अर्को मिडियाले लेखेन सुन र नुनको खेलमा वामदेवको कमाइ कति हो ? कृपासुर कसका मानिस हुन् ? उनी मन्त्री बन्नका लागी योग्य छन् वा छैनन् यो विषय बहसको बनाइएन । बरु कृपासुरबाट विज्ञापन र सोमार्फत नाफाको अपेक्षा राखियो । गृहसंगको लगन गाँठो बन्लाकी भन्ने अपेक्षामा एनसेलको जस्तै अर्को ठाउँमा निगाहको भर परियो । तर पछिल्लो पराजुली घटनाक्रमले भन्छ, अब सूचनाको सम्प्रेषणको अधिनायकत्व नेपालमा पनि विस्थापनको चरणमा छ । हेभीवेटहरु हार्दैछन् र हार्नुपर्नेछ ।
प्रतिकृया लेख्नुहोस्: