Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एमाओवादीमा विवाद : कुन नेता कसको पक्षमा ?

\"prachanda-baburam\" २० असार, काठमाडौं । केही समय मत्थर भएपनि एमाओवादीमा पुनः विवाद बल्झिएको छ । विवादको सुरुवात पहिल्यै भएतापनि खासगरि शनिबार बरिष्ठ नेता बाबुराम भट्टराई पक्षले छुट्टै भेला आयोजना गरेपछि विवाद सतहमा देखिएको हो । यसअघि प्रचण्ड पक्षले पनि राजधानीमा छुट्टै भेला गरिसकेको छ । विचार र पार्टी एउटै भएतापनि एमाओवादी भित्र दुई समानान्तर कमिटिहरु सक्रिय छन् । माओवादी भित्र देखिएको पछिल्लो विवाद नयाँ भने होइन । युद्धकाल देखि नै प्रचण्ड,बाबुरामको सम्बन्धमा उतार चडाबहरु आउने गरेका थिए । संस्थापन पक्ष र वरिष्ठ नेता बाबुराम भट्टराईका समानान्तर कमिटिहरु विभिन्न जिल्लामा समेत क्रियाशिल छन् । केन्द्रदेखि गाउँ तहसम्म माओवादीका कार्यकर्ताहरु संस्थापन र वरिष्ठ नेता भट्टराई पक्षमा विभक्त छन् । एमाओवादी भित्र संख्यात्मक हिसाबले संस्थापन पक्ष निकै बलियो छ । अध्यक्ष प्रचण्डलाई उच्च तहका नेता मात्रै होइन अधिकांश कार्यकर्ताको बलियो साथ छ । संगनात्मक हिसाबले निकै कमजोर देखिएका बाबुरामका पक्षमा निकै थोरै कार्यकर्ता छन् । प्रचण्डलाई हाइलेभलको साथ प्रचण्डसँग अधिकांश पदाधिकारी साथमा छन् । पार्टी महासचिव कृष्ण बहादुर महरा प्रचण्ड निकट मानिन्छन् । त्यस्तै गरी सचिव वर्षमान पुन अनन्त पनि प्रचण्ड निकट नेता हुन् । हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, पुर्व जनसेना कमाण्डर नन्द किशोर पुन पासाङ्,र लोकेन्द्र विष्ट मगर प्रचण्डका निकट सहयोगी नेताहरु हुन् । दिवंगत नेता तथा पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटी प्रचण्डका निकै नजिकका नेता थिए । बाबुरामको पक्षमा को–को छन् ? सर्वसाधरण बीच निकै लोकप्रीय रहेका वरिष्ठ नेता बाबुराम भट्टराई संगठनीक रुपमा निकै कमजोर छन् । उनको पक्षमा केन्द्रीय समितिमा थोरै केन्द्रीय सदस्यको साथ छ । पार्टी सचिव टोप बहादुर रायमाझी बाबुराम निकट नेताको रुपमा चिनिन्छन् । एमाओवादी नेता तथा पत्नि हिसिला यमि बाबुराम निकट नेता हुन् । त्यस्तै देवेन्द्र पौडेल, तथा केन्द्रीय सदस्य गंगा कार्की प्रचण्ड निकट नेता हुन् । नारायणकाजीको छुट्टै समुह एकता प्रक्रियाबाट आएका उपाध्यक्ष नारायणकाजि श्रेष्ठका आफ्नै गुट छन् । उनको पक्षमा एकता प्रक्रियाबाट आएका नेताहरु छन् । सचिव गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुको श्रेष्ठलाई साथ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending