Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

गुण्डागर्दीमा संलग्न ‘कान्छी’ र मानव बेचबिखनमा संलग्न ‘मोटी’ पक्राउ

२० असार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा भरतपुर–९ बस्ने वर्ष २८ का ‘कान्छी’ भनिने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ । यसअघि पनि पटकपटक मुद्दा खेपेर जेल बसी छुटेका कार्कीलाई गुण्डागर्दीमा संलग्न रहेको भदै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि हाल लागुऔषधसम्बन्धी मुद्दासमेत रहेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष मुग्लिन बजारमा उनले प्रयोग गर्ने गरेको ग१च ४८६० नं को गाडी जाँच गर्दा गाडीमा लुकाई राखेको अवस्थामा ४०० ग्राम गाजा फेला परेको थियो । सो क्रममा गाडी चालकलाई पक्राउ गरिएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ । २०६६ सालमा राजेश कुमाललाई खुकुरी हानी गम्भीर घाइते बनाइ ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई उनी २०६८ साल जेठ महिनामा छुटेका थिए । २०६८ सालमै कविलास गाविस–५ केरावारीमा सञ्जय लामालाई गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए । २०७० सालमै पनि कुटपिटको आरोपमा पक्राउ परी रु पाँच हजार धरौटीमा छुटेका थिए । मानव बेचबिखन संलग्न ‘मोटी’ पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङले मानव बेचबिखनमा संलग्न मोरङको पथरी स्थायी घर भइ ललितपुरको ठेचुमा डेरा गरी बस्ने ३२ वर्षीय ‘मोटी’ भनिने शान्ता लिम्बूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मोरङको बयरबन–८ बस्ने वर्ष २१ की दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन बस्तीकी वर्ष २१ की कोपिला तामाङ, म्याग्दी सिंह गाविस–६ बस्ने ३८ वर्षीया मनमाया विक, उदयपुर राजाबास गाईघाट–१५ बस्ने २३ वर्षीया सुमिका दनुवार र सप्तरी ढिकली बथनाहा–७ बस्ने २५ वर्षीया मगलीदेवी रामलाई प्रहरीले उद्धार गरेको थियो । उनीहरुलाई वैदेशिक रोजगारमा पठाई दिने भन्दै भारत लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी र केआइ नेपालको सहयोगमा गत जेठ १९ गते उद्धार गरिएको थियो । उद्धार गरिएका महिलाहरुले दिएको जाहेरी र वयानको आधारमा लिम्बूलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालले जानकारी दिनुभयो । लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडल नेतृत्वको टोलीले शनिबार विराटनगर–६ बाट पक्राउ गरेको थियो । आव २०७१÷७२ मा १४६ जना महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । जसमा १२ देखि १८ वर्ष सम्मका ४२ बालिका, १२ देखि १५ सम्मका १७ बालक र १८ देखि ३८ सम्मका ८८ जना महिला रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE