Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रचण्डको भारत भ्रमणः के सुध्रेला सम्बन्ध ?

\"prachanda_modi\"२१ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २९ असारदेखि भारत भ्रमणमा निस्कँदैछन् । नेपालमा संविधान लेखनमा दलहरुले सहमति जुटाएर प्रक्रियालाई अघि बढाइरहेको बेला प्रमुख प्रतिपक्षी दलका नेता, संविधानसभाको तेस्रो ठूलो दल, पूर्व प्रधानमन्त्रीका रुपमा भारत जान लागेका प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रचण्डले २९ असारदेखि २ साउनसम्म भारतको भ्रमण गर्नेछन् । १६ बुँदे सहमतिपछि दलहरुबीच विश्वासको वातावरण बन्दै नेपाल संविधान निर्माणमा अग्रसर भएपछि त्यस विषयमा प्रष्ट हुन पनि मोदीले प्रचण्डलाई भ्रमणको लागि निम्ता दिएको आँकलन विश्लेषकहरको छ । कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच २५ जेठमा १६ बुँदे सहमति भएपछि आठ वर्षदेखिको संविधान बनाउने प्रयासले मूर्त रुप लिएको थियो । सोही सहमतिसँगै दलहरुले संविधान निर्माणको लागि प्रारम्भिक मस्यौदा बनाएर संविधानसभामा छलफल गरिरहेका छन् । भारत जाने टुंगो लागे पनि त्यहाँ रहँदा को–को नेतासँग भेटघाट हुने अझै टुंगो नलागेको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काको भनाई छ । यद्धपी  भ्रमणमा उच्चस्तरीय भेटघाट हुने भने खड्काले बताए । भेटघाटको तालिका केही समयमा आउने उनले जानकारी दिए । एमाओवादी प्रवत्ता दिननाथ शर्माले भने भेटघाटमा भारत, चिन र नेपालबिच त्रिदेशिय समझदारी, दुई पक्षिय हितका बारेमा छलफल हुने बताए । १६ बुँदेप्रति भारतको असन्तुष्टी रहेको र प्रचण्ड फकाउन जान जान लागेको हो भनि सोध्दा शर्माले भने ‘१६ बुँदेबाट को रिसाउँछ र को खुशाउँछ भन्ने सवाल नै होइन, त्यो हाम्रो आन्तरिक मामला हो । अहिले भेटघाट दुईपक्षिय हित र विकासमै केन्द्रित हुन्छ ।’ प्रचण्डले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित, भाजपाका उच्च नेता, कांग्रेस आईका उच्च नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटगर्ने  बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदी केही समयअघि चीन भ्रमणमा जाँदा राष्ट्रपति सी जिनपिङले तीन देशबीच समझदारी हुनुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि तीन देश मिलेर रणनीतिक साझेदार बन्दै अघि बढ्ने विषयमा पनि छलफल भइरहेको छ । १२ वैशाखको भूकम्पपछि नेपाललाई सबैभन्दा धेरै सहयोग घोषणा गर्नेमा गर्नेमा चीन र भारत छन् । भूकम्पले नेपालका १४ भन्दा धेरै जिल्ला क्षतिग्रस्त भएपछि पुनर्निर्माणका गर्नका लागि पनि तीन देश मिलेर अघि बढ्नुपर्ने पक्षमा एमाओवादी छ । प्रचण्ड नेपाल, भारत, चीनबीच रणनीतिक समझदारी निर्माण हुनुपर्ने र मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् । तीन देश मिलेर अघि बढे नेपालमा राजनीतिक स्थिरता हुने र विकासको गतिमा अघि बढ्न सकिने भएकोले अहिले त्रिदेशीय रणनीतिक समझदारी हुनुपर्ने पक्षमा प्रचण्ड छन् । केहि समय अघि भारतिय प्रधानमन्त्री र चिनिँया राष्टपति सिजिङपिङको भेटमा त्रिदेशिय सम्बन्धका बारेमा छलफल चलेपनि यो विषयमा १ वर्षअघि प्रचण्डले चिन भ्रमणको क्रममा प्रस्ताव गरेका थिए । मोदी सरकार नेपालको सम्बन्धमा साइलेन्स् कुटनितिमा छ भन्नेहरुको मत बढिरहेको बेला मोदीले तेस्रो दलका तर नेपालको राजनीतिक निर्णयमा मुख्य भुमिका राख्ने प्रचण्डलाई भ्रमणको निम्ता दिनुको खास कारणहरुबारे भने खुल्दै जाने छ । भारतले प्रचण्डलाई र प्रचण्डले भारतलाई एकअर्कामा विश्वास भन्दा शंका बढी गर्ने सम्बन्धलाई यो भ्रमणले विश्वासमा परिणत गर्ने अपेक्षा दुवैको हुनसक्छ । मोदी सरकार र प्रचण्ड नेतृत्वको एमाओवादी यसअघि रहेका शंका र अविश्वसको सम्बन्ध सुधार गर्न चाहेको कुरा भने निम्ता र भ्रमणले स्पष्ट पारेकाे छ ।   प्रचण्ड नेपाल, भारत, चीनबीच रणनीतिक समझदारी निर्माण हुनुपर्ने र  तीन देश मिलेर अघि बढे नेपालमा राजनीतिक स्थिरता हुने र विकासको गतिमा अघि बढ्न सकिने भएकोले अहिले त्रिदेशीय रणनीतिक समझदारी हुनुपर्ने पक्षमा प्रचण्ड छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending