Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एकै दिन सयवटा सिटी सफारी कारबाहीमा

\"Jhapa\"२१ असार, झापा । बिनादर्ता सञ्चालित सयवटा सिटी सफारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आइतबार एकै दिन कार्वाही गरेको छ । राजमार्ग र भित्री सहायक सडकखण्डमा जताततै इजाजत नै नलिई सिटी सफारी चलाउने क्रम बढेको र त्यसले दुर्घटना निम्त्याउने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सिटी सफारीलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक रोशन आचार्यले बताए । उनले भने, ‘सिटी सफारीले पनि दुर्घटना गराउने हुँदा बिनादर्ता चलाइएका सिटी सफारीले दुर्घटना गराएर भागे त्यसको जवाफदेही को हुने तसर्थ हामीले बिनादर्ता चलाएका सिटी सफारीलाई कार्वाही गरेका हौँ ।’ ट्राफिक प्रहरीले झापाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सयवटा सिटी सफारीमध्ये एक–दुई जनाले आइतबार नै दर्ता गरेर सफारी लगेका छन् भने अधिकांश सिटी सफारी ट्राफिक प्रहरी परिसरमै लामबद्ध गरेर राखिएको छ । यातायात व्यवस्था कार्यालय मेचीले सिटी सफारीको दर्ता प्रक्रिया सुरु गरे पनि चालकले अटेर गरेर दर्ता नगर्दा समस्या उत्पन्न भएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले केही दिनभित्र नगरपालिकासँग सरसल्लाह गरी रुट परमिट र लाइसेन्सको व्यवस्था गरेर मात्र सिटी सफारीलाई सञ्चालन गर्न दिने व्यवस्था गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख आचार्यले बताए । यातायात व्यवस्था कार्यालय मेचीले मे१ह नम्बर प्रदान गर्दै सिटी सफारीलाई दर्ता गर्न सुरु गरेको र अहिलेसम्म ५७६ वटा सिटी सफारी दर्ता भइसकेको यातायात व्यवस्था कार्यालय मेचीले जनाएको छ । सिटी सफारीको बिक्री गर्दै आएका कनकाई इन्टरप्राइजेजका सञ्चालक विष्णु सिग्देलले यातायात व्यवस्था कार्यालय मेचीले सहजै सिटी सफारीको दर्ता गरिदिए केही दिनभित्रै यो समस्या सुल्झिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending