Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

हातमा किताब होइन, रक्सीका बोतल बोकेर विद्यालय जान्छन् यहाँका विद्यार्थी

\"parbat\"२१ असार, पर्वत । सुन्दा पनि पत्यार नलाग्न सक्छ स्कूले विद्यार्थी रक्सीका खाली बोतल बोकेर विद्यालय जान्छन भनेर । तर पर्वतको चित्रे गाविस–१ आडारेस्थित पञ्चकोसी प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी दिनहुँ खाली रक्सीका बोतल बोकेर विद्यालय पुग्ने गर्छन् त्यो पनि कम गुणस्तरको । विद्यालयमा विद्यार्थीले नियमित रुपमा रक्सीका खाली बोतलसहित विद्यालय जानुपर्ने कारण भने अर्कै छ । गाउँमा कम गुणस्तरको रक्सी सेवन गर्ने पुरुषको सङ्ख्या बढ्न थालेपछि नियन्त्रणका लागि स्कूले विद्यार्थीले सक्रियता देखाएका हुन् । कम गुणस्तरका सोफी, बटारे, खोइला बिक्र्रेजस्ता रक्सी सेवन गर्दा स्वास्थ्यसमेत बिग्रन थालेपछि यस्तो अभियान थालिएको विद्यालयका शिक्षक मधुसोदन अधिकारीले बताए । ‘अभिभावकले कम गुणस्तरका रक्सी सेवन गर्दा स्वास्थ्यसमेत बिग्रने र आर्थिक नोक्सानी हुन थालेपछि नियन्त्रणका लागि विद्यार्थी परिचालन गरिएको हो’, उनले भने, ‘अभियानपछि गाउँमा रक्सी सेवन गर्ने पुरुषको सङ्ख्यामा कमी आउने विश्वास लिएका छौँ ।’ विद्यालयले यो शैक्षिकसत्रको शुरुवातदेखि यस्तो अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा एउटा विद्यार्थीले महिना दिनमा ५६ वटासम्म सोफी ब्रान्डको रक्सीका खाली बोतल विद्यालयमा बुझाएका छन् । सबैभन्दा बढी रक्सीका बोतल बोकेर विद्यालय आउने विद्यार्थीलाई विद्यालयले सजाय होइन उल्टै पुरस्कृतसमेत गर्दै आएको छ । पुरस्कार पनि गाउँमा सबैभन्दा बढी रक्सी सेवन गर्ने पुरुषबाट वितरण गराउने योजना विद्यालयको छ । अहिलेसम्म अभियानका बारेमा अभिभावकलाई भने पत्तो छैन । ‘सबैभन्दा बढी रक्सी सेवन गर्ने अभिभावकलाई विद्यालयमा बोलाएर पुरस्कार वितरण गराउने योजनामा छौं’, विद्यालयकी प्रधानाध्यापक सुशिलादेबी गुरुङले भनिन् । यसबाट अभिभावकमा हीनताबोध भएर रक्सीको कुलत छाड्ने वातावरण बनाउने अभियानलाई गाविस र स्रोतकेन्द्रभर पु¥याउने योजना रहेको प्रअ गुरुङले बताए । गाउँमा घरेलु रक्सीका बोतल ठूला हुने र घरमै बनाइएको घरेलु रक्सी ल्याउन कठिन भएकाले बजारबाट आउने कम गुणस्तरका रक्सीका बोतल सङ्कलन गरेर अभियान थालिएको शिक्षक अधिकारीको भनाइ छ । यो अभियानको निरन्तरताका क्रममा घरेलु तथा अन्य ब्रान्डका रक्सीका बोतल पनि नियन्त्रण गर्ने अभियान पनि थालिने उनको भनाइ छ । ‘अहिले सुरुवात मात्रै हो’, उनले भनिन्, ‘समाजलाई सभ्य बनाउनका लागि यसलाई थप प्रभावकारी बनाउने योजनामा छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending