Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

काभ्रेमा विद्यालय भवन निर्माण तीव्र, २०५ भवन हस्तान्तरण

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।

चौथो ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ सम्म आइपुग्दा काभ्रेपलाञ्चोकमा विसं २०७२ को भूकम्पपश्चात भइरहेको विद्यालय भवन पुनःनिर्माणको क्रममा विद्यालय व्यवस्थापन समितिबाट निर्माण भइरहेका २१९ विद्यालय भवनमध्ये सम्पन्न भएर १७७ हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । अरु बाँकी भवन प्रायः निर्माणको अन्तिम चरणमा रहेको र अब छिट्टै हस्तान्तरण गर्ने अभियानमा जुटिरहेको उनको भनाइ छ ।

त्यस्तै एशियाली विकास बैंक (एडिबी) को सहयोगमा जिल्लामा ४७ विद्यालय भवन निर्माण गर्ने जिम्मा पाएकामा अहिलेसम्ममा २८ निर्माण सम्पन्नपश्चात हस्तान्तरण गरिसकेको र बाँकी १९ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

एकाइ (शिक्षा)का इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६ को अवसर पारेर जिल्लामा भूकम्पपछि पुनःनिर्माण गरिएका विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुका साथै बाँकी निर्माणाधीन भवन सम्झौताअनुसार तोकिएको समायमै निर्माणकार्य सम्पन्न गरी हस्तान्तरणको प्रक्रियामा लान आवश्यक निर्देशन दिइएको छ । स्थापना दिवसलाई अभियानकै रुपमा लिएर सम्पन्न भइसकेका विद्यालय भवन हस्तान्तरण गर्ने कामलाई उत्तिकै महत्वका साथ अगाडि बढाएको श्रेष्ठले बताए ।

भारतीय दूतावासले निर्माण गर्ने भनिएको १० विद्यालय भने अझै निर्माणकार्य शुरु भएको छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार ती विद्यालय भवनका लागि ठेक्का आह्वान भइसकेको र केही हप्तापछि निर्माण कम्पनी छनोट भएर कार्यान्वयनमा अगाडि बढ्ने जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending