Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रधानमन्त्री र गृहमन्त्रीबीच शीतयुद्ध

\"koirala-gautam_20150328084017\"२१ असार काठमाडौं । गृहमन्त्री वामदेव गौतमका कारण प्रधानमन्त्री सुशील कोइराला निकै समस्यामा परेका छन् । पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका गृहमन्त्री वामदेव गौतमको पछिल्लो अभिव्यक्तिले कोइरालालाई झट्कारेको हो । उत्कृष्ट प्रहरीलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रहरी संगठलाई प्रोत्साहीत गर्नुको सट्टा संगठनकै आँच आउने अभिव्यक्ति दिएका थिए । उनले प्रहरी संगठनलाई ‘चोर डाँकासँग मिल्ने गरेको’ आरोप लगाएका थिए । गौतमले पदिय मर्यादाको ख्याल नगरि प्रहरी महानिरिक्षक उपेन्द्र अर्यालको आलोचना मात्रै गरेका थिएनन् । प्रहरी देखि आफूलाई डर लाग्ने गरेको उल्लेख गरेका थिए । गौतमले बोलेको सोही टेप कोइरालाले मागेका हुन् । अन्य मन्त्रीको ध्यानाकर्षणपछि कोइरालाले आफै सुनेर निर्णय गर्छु भन्दै टेप मगाएका थिए । अन्य मन्त्रीलाई समेत कोइरालाले सरकारप्रति टिप्पणी हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्रीले गृहमन्त्री गौतमलाई सरकारलाई अफ्टेरो हुने गरी विवादास्पद अभिव्यक्ति नदिन सचेत गराइसकेका छन् । विभागीय मन्त्रीको हैसियतमा गौतमले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनी माथि कार्वाही केही मन्त्रीले मागप समेत गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले सशस्त्र प्रहरीलाई व्यक्ति पक्राउको अधिकार दिने नियमावली मन्त्रीपरिषद्बाट पारित गराएका थिए । सोही प्रावधानका कारण गृहमन्त्री र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सम्बन्ध चिसिएको थियो । नेपाल प्रहरीको कार्यक्षेत्रलाई मिच्ने गरी आएको नियमावली प्रति अन्य मन्त्री मात्रै होइन प्रधानमन्त्री कोइराला नै रुष्ट छन् । कोइरालाले कानुनमन्त्री नरहरी आचार्यसँग समेत स्पष्टीकरण लिइसकेका छन् । गौतमले विवादीत कानुनी अधिकार राखेर नियमावली पारित गराएपछि कोइरालाले संसोधनको लागि प्रयास समेत थालेका छन् । विवादीत कानुनी अधिकार र विवादीत मुद्दालाई आधार बनाउँदै वामदेवमाथि कार्वाही गर्न केही मन्त्री नै कोइराला माथी दबाब दिइरहेका छन् । गृहमन्त्री गौतमको पछिल्लो अभिव्यक्तीका कारण प्रधामन्त्री कोइरालासँग शीत युद्ध जस्तै भएको छ । कोइराला वामदेवलाई अहिल्यै कार्वाही गरिहाल्ने पक्षमा छैनन् । सत्तारुढ दल नेकपा एमालेलाई चिढ्याउने भन्दा पनि मिलाउने पक्षमा छन् । त्यसैले उनले वामदेव प्रति नरम नीति लिएका छन् । ‘कार्वाही गरिहाल्न पनि अहिल्यै सकिदैन ।’ प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘तर पछिल्लो समय प्रधानमन्त्री ज्युसँग त्यति राम्रो छैन, उहाँ आफ्नै तरिकाले मनलाग्दी गर्दै हिड्नु भएको छ । उहाँको विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीलाई असहज बनाएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending