Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री र गृहमन्त्रीबीच शीतयुद्ध

\"koirala-gautam_20150328084017\"२१ असार काठमाडौं । गृहमन्त्री वामदेव गौतमका कारण प्रधानमन्त्री सुशील कोइराला निकै समस्यामा परेका छन् । पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका गृहमन्त्री वामदेव गौतमको पछिल्लो अभिव्यक्तिले कोइरालालाई झट्कारेको हो । उत्कृष्ट प्रहरीलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रहरी संगठलाई प्रोत्साहीत गर्नुको सट्टा संगठनकै आँच आउने अभिव्यक्ति दिएका थिए । उनले प्रहरी संगठनलाई ‘चोर डाँकासँग मिल्ने गरेको’ आरोप लगाएका थिए । गौतमले पदिय मर्यादाको ख्याल नगरि प्रहरी महानिरिक्षक उपेन्द्र अर्यालको आलोचना मात्रै गरेका थिएनन् । प्रहरी देखि आफूलाई डर लाग्ने गरेको उल्लेख गरेका थिए । गौतमले बोलेको सोही टेप कोइरालाले मागेका हुन् । अन्य मन्त्रीको ध्यानाकर्षणपछि कोइरालाले आफै सुनेर निर्णय गर्छु भन्दै टेप मगाएका थिए । अन्य मन्त्रीलाई समेत कोइरालाले सरकारप्रति टिप्पणी हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्रीले गृहमन्त्री गौतमलाई सरकारलाई अफ्टेरो हुने गरी विवादास्पद अभिव्यक्ति नदिन सचेत गराइसकेका छन् । विभागीय मन्त्रीको हैसियतमा गौतमले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनी माथि कार्वाही केही मन्त्रीले मागप समेत गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले सशस्त्र प्रहरीलाई व्यक्ति पक्राउको अधिकार दिने नियमावली मन्त्रीपरिषद्बाट पारित गराएका थिए । सोही प्रावधानका कारण गृहमन्त्री र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सम्बन्ध चिसिएको थियो । नेपाल प्रहरीको कार्यक्षेत्रलाई मिच्ने गरी आएको नियमावली प्रति अन्य मन्त्री मात्रै होइन प्रधानमन्त्री कोइराला नै रुष्ट छन् । कोइरालाले कानुनमन्त्री नरहरी आचार्यसँग समेत स्पष्टीकरण लिइसकेका छन् । गौतमले विवादीत कानुनी अधिकार राखेर नियमावली पारित गराएपछि कोइरालाले संसोधनको लागि प्रयास समेत थालेका छन् । विवादीत कानुनी अधिकार र विवादीत मुद्दालाई आधार बनाउँदै वामदेवमाथि कार्वाही गर्न केही मन्त्री नै कोइराला माथी दबाब दिइरहेका छन् । गृहमन्त्री गौतमको पछिल्लो अभिव्यक्तीका कारण प्रधामन्त्री कोइरालासँग शीत युद्ध जस्तै भएको छ । कोइराला वामदेवलाई अहिल्यै कार्वाही गरिहाल्ने पक्षमा छैनन् । सत्तारुढ दल नेकपा एमालेलाई चिढ्याउने भन्दा पनि मिलाउने पक्षमा छन् । त्यसैले उनले वामदेव प्रति नरम नीति लिएका छन् । ‘कार्वाही गरिहाल्न पनि अहिल्यै सकिदैन ।’ प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘तर पछिल्लो समय प्रधानमन्त्री ज्युसँग त्यति राम्रो छैन, उहाँ आफ्नै तरिकाले मनलाग्दी गर्दै हिड्नु भएको छ । उहाँको विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीलाई असहज बनाएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending